काठमाडौं। मिस युनिभर्स नेपाल २०२४ को आयोजक ग्लोबल ग्ल्यामर भेन्चरले शीर्ष २५ प्रतियोगीको स्यास सेरेमोनी (ब्याच नम्बर वितरण) सम्पन्न गरेको छ। प्रारम्भिक राउन्डबाट छनोट भएका ६० मध्ये २५ प्रतियोगीलाई मिस युनिभर्स नेपालको नेसनल डाइरेक्टर संगीता पुरी र कोरियोग्राफर दिक्पाल कार्कीले स्यास वितरण गरेका हुन्।
यसपालिको मिस युनिभर्स नेपाल २०२४ मा बोल्न र सुन्न नसक्ने प्रतियोगी सुजल बमको पनि सहभागिता छ। त्यस्तै ट्रान्सजेन्डर, विवाहित, गैरआवासीय नेपाली महिला र डाक्टर, इन्जिनियर र पाइलटलगायत विभिन्न पेसाका महिलाको उत्साहजनक र समावेशी सहभागिता रहेको छ।
कार्यक्रममा प्रतियोगी सम्पदा घिमिरेलाई नम्बर १, छोतेन फुन्ट्सोलाई नम्बर २, श्रीयंका थापालाई ३, अनुष्का वस्तीलाई ४, सुजल बमलाई ५, नेहा चौधरीलाई ६, मनिषा परियारलाई ७, स्मृति सिंहलाई ८, एलिना गुरुङलाई ९, रेनाता कट्टेललाई १०, तुलसा नेपाललाई ११, नियुक्ति अर्जाललाई १२, ऋतिषा मानन्धरलाई १३ नम्बरको स्यास वितरण गरिएको छ।
त्यसैगरी पूजा बाँस्तोलालाई १४, खुसी दत्तराजलाई १५, आयुषा कार्कीलाई १६, अस्मि ढकाललाई १७, शिवानी कर्णलाई १८, गजल कर्णलाई १९, करेन मुर्रेलाई २०, संयुक्ता मल्ललाई २१, अक्षिता चेट्टीलाई २२, नितु पुनलाई २३, ताशी गुरुङलाई २४, समृद्धि केसीलाई २५ सास वितरण गरिएको छ।
कार्यक्रममा सहभागी निना उपाध्यायले मिस युनिभर्सका सबै प्रतियोगीलाई धन्यवाद दिँदै आफूले १३ वर्षको हुँदा महिला सशक्तीकरणको कुरा गर्दा जेल जानुपरेको प्रसंग सुनाइन्।
शीर्ष २५ प्रतिस्पर्धीलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय अन्तर्राष्ट्रिय इमेज कन्सल्ट्यान्ट एवम् पेजेन्ट कोच एलेक्जेन्डर गोन्जालेज र पेजन्ट एनलिस्ट लुइस पोर्तेलिसजस्ता अन्य राष्ट्रिय प्रशिक्षकले व्यक्तित्व विकास, वाक–कला, पब्लिक स्पिकिंग, वित्तीय व्यवस्थापनलगायत विभिन्न जीवनोपयोगी सीप सिकाउनेछन्।
मिस युनिभर्स नेपाल २०२४ को ग्रान्ड फिनाले आगामी सेप्टेम्बर पहिलो साता हुँदै छ। विजेताले नोभेम्बरमा मेक्सिकोमा हुने मिस युनिभर्स २०२४ का लागि १०० देशका स्पर्धीसँग प्रतिस्पर्धा गर्नेछिन्।