काठमाडौं । नेपाली बजारमा ट्रु डार्मा ब्राण्डको ‘ट्रु स्किन’ नामक सौन्दर्य सामग्री सार्वजनिक भएको छ। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच उक्त सौन्दर्य समाग्री लन्च भएको हो। बलिवुड अभिनेत्री सन्जिदा शेख र नेपाली अभिनेत्री केकी अधिकारीको उपस्थितिमा ट्रु स्किनको प्रोडक्ट नेपाली बजारमा लन्च भएको हो। शेख चर्चित वेभ सिरिज हिरामण्डीको अभिनेत्री हुन्। नेपाली अभिनेत्री अधिकारी भने ट्रु स्किनको ब्राण्ड एम्बेसडरसमेत हुन्।
शेखले प्रोडक्ट लन्च कार्यक्रममा धेरै ब्राण्डको सामग्री प्रयोग गरे पनि ट्रु स्किन आफूलाई उत्तम लागेको बताइन्। ‘मैले धेरै प्रोडक्ट सौन्दर्यका धेरै सामाग्री हेरेको छु। तर,‘ट्रु स्किनजस्तो राम्रो अरु भेटिन। यसको प्रयोगले सबैलाई फाइदा पुग्नेछ’ उनले भनिन्।
ब्राण्डको १६ वटा प्रोडक्ट रहेको छ। लक्जरीयस ५० यसपीएफ प्लस क्रिम, लक्जरीयस ५० यसपीएफ पल्स जेल, बेबी डिएम मस्टुराईजिङ क्रिम, ग्लो ह्वाईटिङ क्रिम, भिटामीन सी क्रिम, एक्टीभ सावर जेल, एक्टीभ फेस वास, ग्लो फेस वास, ड्रिमा मस्टुराईजिङ लोस्न, कोज स्याम्फु, रिटिनल सिरम, ट्रिउ हेयर गेन, कोलभिट स्क्रिन लाईटिनिङ, लक्सर किलिन्जर, ग्लो ह्यान्ड फुट क्रिम र कोकोनट ओईल बजारमा सार्वजनिक भएको हो।
नेपाली ब्राण्ड रहेको ट्रु डार्माले नेपाली सौन्दर्य सामग्री उत्पादन गर्ने गरेको ब्राण्डका निर्देशक सुशान्त मुरारकाले बताए। ट्रु स्किन, ट्रुडर्मा कम्पनीको नयाँ उत्पादन रहेको बताउँदै मुरारकाले छालाको हेरचाह र सौन्दर्यको क्षेत्रमा नयाँ परिवर्तन ल्याउने विश्वास व्यक्त गरे।
प्रोडक्टलाई विशेषगरी प्राकृतिक तत्वहरूमाथि आधारित बनाइएको मुरारकाले जानकारी दिए। यी प्रोडक्टले छालालाई स्वस्थ, चम्किलो र ताजा राख्न मद्दत गर्ने उनको भनाइ छ। ‘यो उत्पादनले नेपाली उपभोक्ताको आवश्यकतालाई सम्बोधन गर्नेछ। छालालाई स्वस्थ र आकर्षक बनाउने पुरा विश्वास छ,’ उनले भने।