काठमाडौं । विजय मोटर्सले जापानी ब्रान्ड सुबारुको हाइब्रिड क्रसओभर एसयूभी क्रसट्रेक नेपालमा सार्वजनिक गरेको छ। सुबारुको आधिकारीक बिक्रेता विजय मोटर्सले उपत्यकामा आइतबार एक कार्यक्रमबीच नयाँ हाइब्रिड मोडल सार्वजनिक गरेको हो।
सुबारु नेपालमा पहिलेदेखि उपलब्ध ब्रान्ड हो। सुबारुको हाइब्रिड क्रसट्रेकमा २.० लिटर बक्सर फोर सिलिन्डर पेट्रोल इन्जिन रहेको छ। इन्जिनले अधिकतम १५० पीएस पावर प्रदान गर्छ।
इलेक्ट्रीक मोटरको पावर भने १२.३ किलोवाट छ। दुबै मोटर्सको संयुक्त पावर १२२ किलोवाट छ। अल ह्वील ड्राइभमा उपलब्ध क्रसओभर एसयूभीको टर्निङ सर्कल १०.८ मिटर छ।
सुबारुको हाइब्रिड गाडीमा चालकसहित पाँच जनाले आरामदायी यात्रा गर्न सक्ने छन्। गाडीमा २२० एमएमको उच्च ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ।
यसको लम्बाइ ४४९५ एमएम, चौडाइ १८०० एमएम र उचाइ १६०० एमएम छ। यसमा २६७० एमएम लामो ह्विलवेस दिइएको छ।
सुबारुको ड्यासबोर्डको बीचमा भएको ११.४ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, अटोमेटीक क्लाइमेट कन्ट्रोल, वायरलेस कार प्ले र एन्ड्रोइड अटो, १० वटा कार्डनको स्पीकर पाउन सकिन्छ।
एडास फिचर सहित उपलब्ध क्रसट्रेकले ग्लोबल एनक्यापमा ५ स्टार सेफ्टी रेटिङ पाएको छ। यसको हाइब्रिड टेक्नोलोजीको कम्बाइन रेन्ज प्रति ६.५ लिटर पेट्रोलबाट १०० किलोमिटर रहेको छ। बिजय मोटर्सले यसको मूल्य १ करोड ६९ लाख रुपैयाँ तोकेर बिक्री सुरू गरेको हो।
त्यसैगरी कम्पनीले अर्को २.५ लिटर इन्जिनमा आउटब्याक टुरिङ आइसाईट भेरियन्ट पनि ल्याएको छ। यसमा रहेको इन्जिनले १८८ पीएस पावर प्रदान गर्छ।