काठमाडौं। अनावश्यक टिकाटिप्पणीहरुका कारण तिब्र उतारचढाव झेलेको सेयर बजार गत साता सामान्य बृद्धि भयो। असार १७ गते पछिको साप्ताहिक कारोबारमा गत साताको बृद्धि सबैभन्दा कम हो। राजनीतिक परिवर्तन हल्ला, हल्ला यथार्थमा परिणत र चालू आर्थिक वर्षको मौद्रिक नीतिका कारण उच्च दरमा बढिरहेको नेप्से गत साता धर्मराउने तहमा पुुग्यो। अघिल्लो साता २७५५.६२ अंकमा रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) गत साताको ४ कारोबार दिनमा १०.७६ अंकले बढेर २७६६.३८ बिन्दुमा रोकिएको छ। अघिल्लो साता पाँच कारोबार दिनमा नेप्से १८७.४९ अंक बढेको थियो।
गत आइतबार नेप्से ४०.७६ अंकले बढेको थियो। तर, सोमबार प्रतिनिधिसभामा पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महत र स्वतन्त्र सांसद अमरेशकुमार सिंहले नेप्सेको बृद्धि अस्वभाविक मात्रै बताएनन्, अमरेसले त कतिपय कम्पनीको नामै तोकेर अस्वाभाविक वृद्धि भएकाले छानबिन गर्नुपर्ने बताए। त्यसअघि नेकपा माओवादी केन्द्रका सांसद राजन दाहालले पनि सेयर बजारको पछिल्लो वृद्धिबारे नकरात्मक टिप्पणी गरेका थिए।
त्यसैको परिणाम मंगलबार नेप्सेमा १४५.०५ अंकको अस्वभाविक गिरावट आयो। सेयर लगानीकर्ता संघसंगठन र सामाजिक सञ्जालमा सेयर बजारका विषयमा नकारात्मक टिप्पणी गर्ने सांसदहरुको चर्को आलोचना भयो। बुधबार नेप्से १०८.३५ अंकले बढ्यो। गत साता सोमबार सार्वजनिक विदा थियो। बिहीबार भने नेप्से ६.७० अंकले बढ्यो। गत साताको अस्थिर बजारका कारण लगानीकर्तामा नकरात्मक प्रभाव पर्ने त होइन भन्ने त्रास छ। यसले लगानीकर्ताको मनोबल कमजोर भएको बुुझाइ कतिपयको छ।
एक महिना अघिदेखी निरन्तर बढेको बजार गत साता धर्मराएपछि लगानीकर्ताको मनोबल पनि धर्मराएको छ। यसअघि पटक पटक २८०० अंकको परिक्षण गरेको छ तर, २८०० माथि रोकिन सकेको छैन। ‘इन्ट्रा डे’ कारोबार छोडेर पछिल्लो ५ कारोबार दिनममध्ये ४ दिन २८०० को परीक्षण गरेको छ।
नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे भने सेयर बजारका विषयमा गलत ढंगले अभिव्यक्ति दिएकाहरुले आफ्नो बोली सच्याइसकेकाले बजारले थप गति पक्रने विश्वासमा छन्। ‘बजार घटबढ हुनु स्वभाविक हो। तर, अस्वभाविक ढंगमा कम्पनीको नामै तोकेर बजारलाई प्रभावित पार्ने काम गत साता भयो।
यद्यपि, त्यसको विरोध भएपछि अभिव्यक्ति दिनेहरुले सच्याइसकेका छन्। बजार प्रभावित पार्ने अभिव्यक्तिलाई भने निरुत्साहित गर्नुपर्छ,’ अध्यक्ष पाण्डे भन्छन्, ‘बजार लगातार बढ्ने मात्र हुँदैन। घटेको परिवेशलाई पनि पचाउनुु पर्छ। अर्थमन्त्री विष्णुुप्रसाद पौडेलले बजारका लागि सकरात्मक कुरा गर्नु भएको छ। यसले सेयर बजारलाई अझै राम्रो गर्छ।’
नेप्से सूचक सामान्य बढेपनि गत साता कारोबार रकममा भने नयाँ रेकर्ड बनेको छ। मंगलबार २३ अर्ब ५० करोड रुपैयाँबराबरको सेयर किनबेच भएर नयाँ रेकर्ड बनेको छ। यसअघि साउन १६ गते २०७८ साउन ३१ मा उच्च कारोबार (२१ अर्ब ५३ करोड) को रेकर्ड तोड्दै २१ अर्ब ७१ करोडको सेयर किनबेच भएको थियो। यद्यपी गत साता ४ दिनमा ८२ अर्ब ६९ करोडको कारोबार भएको थियो। अघिल्लो साता ५ दिनमा १ खर्ब १ अर्ब १ करोडको सेयर किनबेच भएको थियो। लगातार नेप्से सूचक र कारोबार रकममा देखिएको वृद्धिले सेयर बजार धेरैको चासोभित्र परेको छ।
नेपाल धितोपत्र लगानीकर्ता संघका अध्यक्ष प्रकाश रजौरे बजारका विषयमा आइरहेका सकारात्मक÷नकारात्मक अभिव्यक्तिहरुबाट अलग भएर स्वतन्त्र रुपमा कारोबार गर्नुपर्ने बताउँछन्। ‘सेयर बजारलाई नियमन गर्ने, कानुनीरुपमा बलियो बनाउने, गलत भएको भए अनुसन्धान गर्ने र कारवाही प्रक्रिया अघि बढाउने हो। तर, सार्वजनिकरुपमा बजारका विषयमा नकरात्मक हल्ला फैलाउने काम कसैबाट हुनुहुँदैन, जुन गत साता देखियो,’ अध्यक्ष रजौरे भन्छन्, ‘सेयर बजारलाई स्वतन्त्र ढंगबाट अगाडि बढ्न दिनुपर्छ। नियामकहरु बाहिरबाट परिचालित हुनुुुहँुदैन। कसैले केही अफवाह चलाउँदैमा लगानीकर्ता विचलित हुनुहुँदैन। लगानीकर्ताको मनोबल हौसिएर बढेको बजार अबाञ्च्छित गतिविधिले छोटो समयै धेरै अंकले घट्न सक्छ।’
एक महिना अघिदेखी निरन्तर बढेको बजार गत साता धर्मराएपछि लगानीकर्ताको मनोबल पनि धर्मराएको छ। यसअघि पटक पटक २८०० अंकको परिक्षण गरेको छ तर, २८०० माथि रोकिन सकेको छैन। ‘इन्ट्रा डे’ कारोबार छोडेर पछिल्लो ५ कारोबार दिनममध्ये ४ दिन २८०० को परीक्षण गरेको छ।
अघिल्लो बिहीबार २८०५.५७ बिन्दुमा चढेको नेप्से सोमबार २८०६.६९, मंगलबार २८१५.९४ र विहीबार २८११.१५ बिन्दुमा चढेर बजार फर्किएको छ। दैनिक कारोबारमा नेप्से २८०० बिन्दुुमाथि रोकिएको खण्डमा ३२०० पछ्याउने लगानीकर्ताको विश्वास छ। होइन भने नेप्से २०० बिन्दुुभन्दा बढीले घट्ने अनुमान गरिएको छ। यद्यपी लगानीकर्ताले सूचक कता गयो भन्दा पनि आफ्नो पोर्टफोलियोको अवस्था र जोखिम हेरेर लगानी गर्नुपर्छ।