काठमाडौं। नेपालमा मनसुन सुरु भएको दिन जेठ २८ देखि निरन्तर परेको वर्षापछि आएको बाढीपहिरोलगायत प्राकृतिका विपद्मा परेर हालसम्म १७० जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ।
बाढीपहिरोलगायत कारण काठमाडौं उपत्यकामा ३ जना, कोसी प्रदेशमा २५, मधेस ६, बागमतीमा ३१, गण्डकी ५४, लुम्बिनीमा ३३, कर्णालीमा ८ र सुदूरपश्चिममा १० जना गरी १७० जनाको मृत्यु भएको विवरण प्रहरीले सार्वजनिक गरेको हो।
बाढीपहिरोमा परेर काठमाडौं उपत्यकामा ११, कोसीमा ३७, मधेसमा १०, बागमतीा १९, गण्डकीमा ४६, लुम्बिनीा १३, कर्णालीमा ५३ र सुदूरपश्चिम प्रदेशमा १४ जना गरी २०३ घाइते भएका छन्।घाइतेको उपचार स्थानीय अस्पताल तथा काठमाडौंमा भइरहेको प्रहरीको भनाइ छ।
प्रहरीका अनुसार काठमाडौं उपत्यकामा २८, कोसीमा ४९, बागमतीमा १२, गण्डकीमा १४, लुम्बिनीमा २, कर्णालीा २ र सुदूरपश्चिम प्रदेशमा ५ जना गरी ११२ जनाको उद्धार गरिएको छ।
बाढीपहिरोमा परेर कोसीमा २, बागमतीमा ४१, गण्डकीमा २, लुम्बिनीमा १, कर्णालीमा १ र सुदूरपश्चिम प्रदेशमा १ गरी ४८ बेपत्ता भएको प्रहरीको विवरणमा उल्लेख छ।
बाढीका कारण ३८४ घर डुबानमा परेका छन् भने २७० घर, १०२ गोठ, ४३ पुल, २ विद्यालय र २ सरकारी कार्यालयमा क्षति पुगेको छ। विपद् घटनाबाट ४ हजार २९७ घर परिवार विस्थापित भएको प्रहरीले जनाएको छ।