काठमाडौं । अविरल वर्षासँगै गत जेठ २८ देखि देशका विभिन्न स्थानमा आएको बाढी-पहिरो जन्य विपदऔमा परी हालसम्म १ सय ६७ जनाले ज्यान गुमाएका छन्।
काठमाडौं उपत्यकामा तीन, कोशी प्रदेशमा २५ , मधेस प्रदेशमा ६, बागमती प्रदेशमा ३०, गण्डकी प्रदेशमा ५२, लुम्बिनी प्रदेशमा ३३, कर्णाली प्रदेशमा ८ र सुदूरपश्चिम प्रदेशमा १० जनागरी जम्मा १ सय ६७ जनाले जनाले ज्यान गुमाएको प्रहरीले जनाएको छ।
बाढी-पहिरोमा परी १ सय ९९ जना घाइते भएका छन्। घाइते हुनेमा उपत्यकामा ११, कोशी प्रदेशमा ३७, मधेस प्रदेशमा १०, बागमती प्रदेशमा १९, गण्डकी प्रदेशमा ४४, लुम्बिनी प्रदेशमा १३, कर्णाली प्रदेशमा ५१ र सुदूरपश्चिम प्रदेशमा १४ जना छन्।
बाढी-पहिरामापरी काठमाडौं उपत्यकामा २८, कोशी प्रदेशमा ४९, बागमती प्रदेशमा १२, गण्डकी प्रदेशमा १४, कर्णाली प्रदेशमा २ जना र सुदूरपश्चिम प्रदेशमा ५ जनागरी जम्मा १ सय १० जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ।
यस्तै बाढी-पहिरोमा कोशी प्रदेशमा २, बागमती प्रदेशमा ४२, गण्डकी प्रदेशमा ४, कर्णाली प्रदेशमा १ र सुदूरपश्चिम प्रदेशमा १ जनागरी ५० जना बेपत्ता भएका छन्।
बाढीको कारण ३ सय ८४ घर डुबानमा परेका छन्। बाढी पहिरोले २ सय ६८ घर, १ सय गोठ, ४३ पुल, २ विद्यालय र २ सरकारी कार्यालयमा क्षति पुर्याएको प्रहरीको तथ्यांकमा उल्लेख छ।
बाढी पहिरोले ७ सय ६३ वटा पशुचौपायाको मृत्यु भएको छ। ४ हजार २ सय ७२ घरपरिवार विस्थापित भएका छन्।
कस्तो रहला आजको मौसम?
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तर तर्फ अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा मधेस प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
आज राति देशभर आंशिक देखि साधरणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।