काठमाडौं । नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ हुन्डाई क्रेटा सार्वजनिक गरेको छ।
लक्ष्मी हुन्डाईले नेपालमा सन् २०१५ बाट क्रेटाको बिक्री सुरु गरेको थियो। गज्जबको डिजाइन, उत्कृष्ट प्रदर्शन, हरेक भूभागमा गुड्न सक्ने र हरेक उमेरका ग्राहकलाई सुहाउने हुँदा धेरैको रोजाइ र यात्रा को साथी बन्न मिड साइज एसयूभी सेगमेन्टमा क्रेटा सफल हुँदै गएको कम्पनीको भनाइ छ।
मिड साइज एसयूभी सेगमेन्टमा आएको नयाँ क्रेटामा विभिन्न फिचर्स तथा थप सुविधा रहेका छन्।
नयाँ क्रेटाको अगाडि भागमा प्यारामेट्रिक ब्ल्याक क्रोम ग्रिल, स्लीक क्वाड बीम एलईडी हेडल्याम्प र नयाँ डिजाइनको बम्पर राखिएको छ। यसमा आकर्षक साइड लाइन र नयाँ एलोय ह्वील पनि छन्।
त्यसैगरी पछाडि भागमा कनेक्टिङ एलईडी टेललाइट सेटअप र री–डिजाइन बम्पर समावेश गरिएको छ। गाडीको भित्री भागमा कालो र खैरो थिममा यसको ड्यासबोर्ड पूर्णतः नयाँ छ भने इन्फोटेनमेन्ट सिस्टम र डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर पहिलेको भन्दा निकै आकर्षक छ।
यसमा दुवै स्कृन समान १०।२५ इन्चका छन्। ८ स्पीकर बोस साउन्ड सिस्टम, एम्बर एम्बियेन्ट लाइटिंग, प्यानोरामिक सनरूफ, भेन्टिलेटेड सिट र डुअल(जोन अटोमेटिक क्लाइमेट कन्ट्रोल जस्ता विशेषता समावेश छन्। यसले यस गाडीलाई थप आरामदायी, उत्साहजनक र साहसपूर्ण ड्राइभिङ अनुभव दिने विश्वास कम्पनीको छ।
नयाँ क्रेटामा ३० भन्दा बढी उन्नत सुरक्षा सुविधा दिइएको छ। यसमा ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, सराउन्ड भ्यू मोनिटर ९एसभीएम०, ब्लाइन्ड ( स्पट भ्यू मोनिटर ९बिभीएम०, अटो होल्ड सहितको इलेक्ट्रिक पार्किङ ब्रेक, र टायर प्रेशर मोनिटरिङ्ग सिस्टम ९हाइलाइन०ले चालक सुरक्षालाई शीर्ष प्राथमिकतामा राखेको कम्पनीको दाबी छ।
एडास फिचरअन्तर्गत लेन किप एण्ड फलोइङ असिस्ट, लेन डिपार्चर वार्निङ, एडाप्टिभ क्रुज कन्ट्रोल, फ्रन्ट कोलिसन एभाइडेन्स, ब्लाइन्ड स्पट भ्यू मनिटर र ड्राइभर अटेन्सन वार्निङजस्ता महत्वपूर्ण फिचर उपलब्ध छन्।
१।५ लिटर पेट्रोल र १।५ लिटर डिजेल इन्जिनहरुले नयाँ क्रेटालाई अझ शक्तिशाली बनाएको छ। गियर ट्रान्समिसनको विकल्पमा एमटी, एटी र आइभीटी उपलब्ध छन्। नेपालकै उत्तम एसयूभीको रुपमा स्थापित भइसकेको पुरानो क्रेटा मोडलको तुलनामा थुप्रै उन्नत सुविधा र विकल्प थपिएकाले हुन्डाई क्रेटाले पनि ग्राहकको मन जित्न सफल हुने कम्पनीको विश्वास छ।
नयाँ हुन्डाई क्रेटा इ, इपीएल, एस ९ओ०, एसएक्स, एस ९ओ०, सीभीटी, एसएक्स टीच, एसएक्स टीच सीभीटी र एसएसक्स ९ओ० सीभीटी भेरिएन्ट तथा ६ भिन्न रंगमा उपलब्ध छ।
नयाँ हुन्डाई क्रेटाको सुरूआती मूल्य ५५ लाख ९६ तोकिएको कम्पनीले जनाएको छ।