काठमाडौं। सानिमा बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको रिपोर्ट सार्वजनिक गरेको छ । रिपोर्ट अनुसार बैंकले गत आर्थिक वर्ष २ अर्ब ३८ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ८.५९ प्रतिशत कम हो । अघिल्लो वर्ष यसले २ अर्ब ६० करोड रुपैयाँ नाफा कमाएको थियो ।
इम्पेयरमेन्ट चार्ज बढ्दा नाफामा दबाब परेको हो । यता, बैंकको खुद ब्याज आम्दानी पनि घटेको छ । ६ अर्ब ४७ करोड रहेको उक्त आम्दानी ४.६४ प्रतिशत घटेर ६ अर्ब १७ करोड रुपैयाँ कायम भएको छ । यता, सञ्चालन नाफा पनि ८.७३ प्रतिशतले घटेको छ । बैंकको इम्पेयमेन्ट चार्ज ४१.९० प्रतिशत बढेर १ अर्ब ४९ करोड ४३ लाख रुपैयाँ पुगेको छ ।
चक्ता पुँजी १३ अर्ब ५८ करोड १५ लाख २५ हजार रुपैयाँ रहेको सानिमाको जगेडा कोषमा ५ अर्ब ९६ करोड रुपैयाँ जम्मा रहेको छ । यता, यसको वितरणयोग्य नाफा १ अर्ब ४१ करोड रुपैयाँ देखिएको छ । उक्त रकमले यसले १०.४० प्रतिशत लाभांश दिन सक्नेछ । बैंकको प्रतिसेयर आम्दानी १७.५४ रुपैयाँ र प्रतिसेयर नेटवर्थ भने १५४.३५ रुपैयाँ छ । एनपीएल १.७३ प्रतिशत कायम भएको छ ।
समीक्षा अवधिमा बैंकले १ खर्ब ९७ अर्ब १९ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५९ अर्ब ४९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। जसवापत बैंकले ६ अर्ब १७ करोड ८० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। साथै उक्त अवधिमा बैंकले ७ अर्ब ९४ करोड रुपैयाँ खुद संचालन आम्दानी र ६ अर्ब ४३ करोड रुपैयाँ खुद संचालन नाफा गरेको छ।
गत आवमा बैंकको निष्कृय कर्जा अनुपात ०.१२ प्रतिशत बिन्दुले घटेर ०.५१ प्रतिशत कायम भएको छ। उक्त अवधिमा बैंकको बेसरेट ७.८३ प्रतिशत, स्प्रेडरेट ४ प्रतिशत र कर्जा निक्षेप अनुपात ८०.५३ प्रतिशत रहेको छ। साथै गत आवमा बैंकको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ५४ पपैसा प्रतिसेयर नेथवर्क १ सय ५४ रुपैयाँ ३५ पैसा र मूल्य आम्दानी अनुपात १५.९१ प्रतिशत रहेको छ।