काठमाडौं। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक स्वामित्वको एनआईएमबी एस क्यापिटलले मर्चेन्ट बैकिङ तथा इन्भेष्टमेन्ट बैकिङ क्षेत्रमा सेवा सुरुआतको १२ वर्ष पूरा गरेको छ।
धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त मर्चेन्ट बैंकर कम्पनीले आईपीओ जारी तथा बिक्री व्यवस्थापन, सेयर रजिष्ट्रार, डिम्याट सेवा, प्रत्याभूति सेवा र लगानी व्यवस्थापनलगायत सुविधा दिँदै आएको छ।
एनआईएमबी एस क्यापिटलले सन् २०१४ मा नेपालको पहिलो म्युचुअल फण्ड योजना र २०१९ मा पहिलो खुलारुपी म्युचुअल फण्ड लन्च गरेको थियो।
वार्षिकोत्सव अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवान्तबहादुर पाँडेले भविष्यमा पनि लगानीकर्ता तथा ग्राहक लगानीमा उच्चतम आम्दानीको प्रतिबद्धता व्यक्त गरे।
हाल एनआईएमबी एस क्यापिटलले १० अर्बभन्दा बढी मूल्यांकन भएका पाँच वटा म्युचुअल फण्डहरूको व्यवस्थापन र लगानी व्यवस्थापन सेवा अन्तर्गत लगानीकर्ताको ६ अर्बभन्दा बढी रकमको लगानी व्यवस्थापन गर्दै नेपालको वित्तीय क्षेत्रमा आफूलाई अग्र स्थानमा राख्न सफल छ।
हालसम्म ४१ लाख बढी ग्राहकलाई सेवा दिएको, ५० हजार बढी डिम्याट खाता व्यवस्थापन गर्नुका साथै २०० बढी आईपीओ÷एफपीओ जारी गर्न सफल भएको कम्पनीका अध्यक्ष सचिन टिवडेवालले जानकारी दिए।
एनआईएमबी एस क्यापिटलले प्राइभेट इक्विटी र भेन्चर क्यापिटल फन्ड प्रबन्धकको रूपमा समेत धितोपत्र बोर्डबाट इजाजतपत्र पाएको छ।