काठमाडौं। चिनियाँ कार निर्माता अवतार र अमेरिकन कार निर्माता टेस्लासँग प्रिमियम लक्जरी कार उत्पादन गर्दै आएको अनुभव छ। यी दुवै गाडी प्रिमियम सेग्मेन्टका एसयूभी हुन्।
मूल्यको हिसाबमा अवतार–११ भन्दा टेस्ला मोडल वाई केही महँगो छ। तर, नेपाली बजारमा आगामी दिनमा प्रिमियम सेग्मेन्टतर्फ यी दुई एसयूभीको उच्च प्रतिस्पर्धा हुने देखिन्छ।
टेस्ला र अवतार दुवै ब्रान्डमा रियर ह्वील र अल ह्वील ड्राइभ अप्सन रहेको छ। अमेरिकी ब्रान्ड टेस्ला अरेट इन्टरनेसनले बिक्री वितरण गर्दै आएको छ भने चिनियाँ ब्रान्ड अवतार सिजी मोटर्स र एमएडब्लु वृद्धि दुई व्यावसायिक घराना मिलेर नेपालमा बिक्री वितरण गर्नेछन्।
टेस्ला मोडल वाई नेपाली ग्राहकले प्रयोग गरिसकेका छन् भने अवतार आगामी नाडा अटो शो २०२४ मा प्रदर्शनीका लागि राखिनेछ। यसपछि भने अवतार नेपालीले प्रयोग गर्न पाउनेछन्।
अवतारको प्रवेशसँगै यी दुई बीच उच्च प्रतिस्पर्धा हुने देखिन्छ। यी दुई प्रिमियम सेग्मेन्टको गाडीमा कुनको फिचर कस्तो छ र कुन रोज्ने भन्ने द्धिविधा ग्राहकमा हुनसक्छ। टेस्ला र अवतार दुवै ब्रान्ड फिचर तथा रेन्जमा अब्बल रहेका छन्। दुई ब्रान्डबीच फिचर तथा मूल्यमा थुप्रै फरक छन्। यस्तै, यी दुवै ब्रान्ड अब्बल भएकाले व्यवसायमा उच्च प्रतिस्पर्धामा उत्रने पनि देखिन्छ।
ब्याट्री तथा मोटर
अवतार–११ मा रियर ह्विल र अल ह्विल ड्राइभ अप्सनमा उपलब्ध रहेको छ। यसको रियर ह्ील ड्राइभमा २३० किलोवाटको मोटर जडान गरिएको छ भने ९०.३८ किलोवाट आवरको ब्याट्री रहेको छ। अल ह्ील ड्राइभमा ४२५ किलोवाटको मोटर जडान गरिएको छ। भने ११६.७९ किलोवाट आवरको को ब्याट्री अप्सन दिइएको छ। यसमा टर्नाेटरी लिथियम ब्याट्री प्रयोग गरिएको छ।
टेस्ला मोडल वाई रियर ह्ील र अल ह्ील ड्राइभ सिस्टममा उपलब्ध छ। अर्थात्, लङ र स्टान्डर्ड रेन्जका दुई भेरियन्ट रहेका छन्। यसको अल ह्वील ड्राइभमा २९१ किलोवाटको डुअल मोटर जडान गरिएको छ। भने ७५ किलोवाट आवरको ब्याट्री पाउन सकिन्छ।
यसको रियर ह्ीवल ड्राइभमा २०९ किलोवाटको मोटर छ भने ५४ किलोवाट आवरको ब्याट्री रहेको छ। टेस्ला मोडल वाईमा लिथियम–आयोन ब्याट्री प्रयोग गरिएको छ। यसको ब्याट्रीमा ८ वर्ष वा १ लाख ८० हजार किलोमिटर वारेन्टी दिइएको छ।
रेन्ज
दुई मोडल बिच रेन्जमा फरक रहेको छ। रियर ह्ील ड्राइभमा जडान गरिएको ब्याट्रीले ५५५ किलोमिटर रेन्ज दिन्छ भने अल ह्ील ड्राइभमा भएको ब्याट्रीले ६८० किलोमिटर रेन्ज दिने सीएलटीसीले प्रमाणित गरेको छ।
त्यस्तै टेस्लाको मोडल वाईमा ७५ किलोवाट आवरको ब्याट्री जडान गरिएको मोडलले ५२५ किलोमिटर रेन्ज दिन्छ। भने ५४ किलोवाट आवरको ब्याट्रीले ४०० किलोमिटर रेन्ज दिने डब्लुआइटिपीले प्रमाणित गरेको छ।
चार्जिङ समय
कम्पनीले अवतार–११ मोडल ७५० हाइभोल्टेज प्लेटफर्ममा बनाएको हो। हाइभोल्टेज प्लेटफर्ममा बनेको कारण यसले २४० किलोवाटको फास्ट चार्जर सपोर्ट गर्छ। यसलाई १० मिनेट चार्जगर्दा २०० किलोमिटर रेन्ज टपअप गर्न सकिन्छ।
टेस्ला मोडल वाईलाई एसी होम चार्जर र डिसी फास्ट चार्जर प्रयोग गर्न सकिन्छ। डिसी फास्ट चार्जरले १५ मिनेट चार्ज गर्दा २०० किलोमिटर गुडाउन सकिन्छ।
आकार
सीएचएन प्लेटफर्ममा बनेको अवतार एसयूभीको लम्बाई ४८८० एमएम, चौडाई १९७० एमएम, र उचाई १६०१ एमएम रहेको छ। भने यसको ह्वीलबेस २९७५ एमएम छ।
टेस्ला मोडल वाईको लम्बाइ ४७५० एमएम, चौडाई १९२० एमएम, र उचाई १६२३ एमएम रहेको छ। यसको ह्वीलबेस २८९१ एमएम छ।
मूल्य
चिनियाँ विद्युतीय ब्रान्ड अवतारको मूल्य टेस्लाको भन्दा कम रहेको छ। अवतार–११ मो मूल्य १ करोड ४५ लाख निर्धारण गरिएको छ।
अमेरिकी विद्युतीय ब्रान्ड टेस्ला मोडल वाईको नेपाली बजारमा स्टान्डड रेन्जको १ करोड ९० लाख तोकिएको छ भने लङ रेन्जको २ करोड ४० लाख रुपैयाँ निर्धारण गरिएको छ।
क्याबिन फिचर
अवतारको इन्टेरियरमा १०.२५ इन्चको डिजिटल इन्ट्रुमेन्ट क्लस्टर, १५.६ इन्चको इन्फोटेन्मेन्ट स्क्रीन दिएको छ। पछाडि बस्ने यात्रुको लागि छुट्टै १०.२५ इन्चको डिस्प्ले स्क्रीन समेत दिइएको छ।
यस प्रिमियम एसयूभीमा २ वटा वायरलेस मोबाइल चार्जिङ प्याड, रोड न्वाइज क्यान्सिलेसन तथा एक्टिभ साउण्ड इनह्याचमेन्ट सिस्टम सहितको १४ वटा स्पीकर पाउन सकिन्छ।
हुबावेको जोयन्ट भेन्चरमा बनेकाले यो ईभीमा टेक्नोलोजीको प्रयोग भरपुर गरिएको छ। यसमा ३४ वटा फरक सेन्सर छ, जसले कम्प्लेक्स इन्टेलीजेन्ट ड्राइभलाई सहज बनाउँछ। अवतार–११ ईभीमा ३ वटा लाइडार रहेको छ। यसले हाइवे ड्राइभ र साँघुरा बाटाहरूमा पनि चालकलाई कुनै समस्या नहुने कम्पनीले जनाएको छ।
टेस्ला मोडल वाईमा २० इन्चको अलोय ह्वील, पावर एड्जस्टेवल अगाडि र पछाडिको सिट, सबै हिटेड सिट, प्रिमियम अडियो सहितको १३ वटा उफर, एलइडी फगल्याम्प, १५ इन्चको इन्फर्मेशन डिस्प्ले रहेको छ। यसमा १५ वाटको वायरलेस चार्जर रहेको छ।
टेस्लाले विशेषतः सुरक्षालाई ध्यानमा राखेर तयार गरेको मोडल वाईमा इम्प्याक्ट प्रोटेक्सन, निकै बलियो बडी स्टक्चर र लो सेन्टर अफ ग्राभिटी पाउन सकिन्छ। यसका अलावा कम्पनीले यसमा टेक्नोलोजीमा आधारित ५० भन्दा धेरै सुरक्षा फिचर दिएको छ। यसमा ३ वटा ड्राइभिङ मोड उपलब्ध छ।