काठमाडौं । सुपथ मूल्यका सुविधा सम्पन्न स्मार्टफोन बजारमा फेला पार्न निकै चुनौतिपूर्ण हुन्छ। सामान्यतया बजारका स्मार्टफोनमा जति धेरै सुविधा भयो त्यतिनै मूल्य उच्च हुन्छ। जसले गर्दा आफ्नो खल्ती खाली नगरी चाहेको सबै सुविधायुक्त फोन किन्न गाह्रो छ।
अहिलेको आधुनिक युगमा ग्राहक सुपथ मूल्यमा अधिकतम् सुविधा भएको स्मार्टफोन खरिद गर्न चाहन्छन्। गेमिङ, फोटोग्राफी र अन्य दैनिक कार्रू निर्वाध रूपमा धान्न सक्ने फोनको विकासमा पूरा विश्वका वैज्ञानिक लागेका छन्। आविश्कारको दौडमा स्मार्टफोन उद्योगले फट्को मार्दैछ। यसको फल स्वरुप हामीले थप किफायती मूल्यमा सुविधायुक्त स्मार्टफोनहरूको प्रयोग गर्न पाईरहेका छौं।
के हो अलराउण्डर स्मार्टफोन?
हेर्दा आकर्षक र राम्रो चल्ने स्मार्टफोन जुन बजारमा सुपथ मूल्यमा सहजै प्राप्त गर्न सकिन्छ त्यस्तो फोनलाई नै अलराउण्डर स्मार्टफोन भन्दा फरक पर्दैन। यी सबै सुविधासहित बजारमा आएको छ रेड्मी १३। यो स्मार्टफोनमा प्रयोग भएको हेलियो जी ९१ अल्ट्रा प्रोसेसर, १०८ एमपीको सुपर क्लियर क्यामेरा, ६.७९ इन्चको फुल एचडी प्लस डट डिस्प्ले, ५०३० एमएचको ब्याट्रीको र ३३ वाटको चार्जर जस्ता अत्याधुनिक प्रविधिले सर्वसाधरणको मन जित्न सफल भएको छ। फोन ६ जिबी प्लस १२८ जिबी र ८ जिबी प्लस २५६ जिबी गरी दुई भेरियन्टमा उपलब्ध छ।
रेड्मी १३ को मिडियाटेक हेलियो जि ९१ अल्ट्रा एडभान्स्ड चिपसेटले विभिन्न कार्यहरूलाई सजिलैसँग हेन्डल गर्छ। यसमा भएको ६.७९ इन्चको फुल एचडी प्लस डट डिस्प्ले र ९० हर्जको सम्मको रिफ्रेस रेटले प्रयोगकर्तालाई भिडियो हेर्न, गेम खेल्न, र सामाजिक सन्जाल प्रयोग गर्न एकदमै सहजता प्रदान गर्दछ। यस फोनको डिस्प्लेले ब्लू लाइट फिल्टर गर्छ। जस कारण लामो समयसम्म फोन चलाउँदा आँखालाई गारो बनाउँदैन। उत्कृष्ट क्यामारा सेटअपसहित रेड्मी १३ बाट उत्कृष्ट फोटो र भिडियो खिच्न सकिन्छ।
यसको रियर क्यामेरामा १०८ मेगापिक्सेलको सामसङ आइसोसेल एचएम ६ क्यामेरा समावेश छ। यस स्मार्टफोनको ३० एफपिइएसमा १०८० पि एचडी भिडियो मोड र ७२० पि एचडी भिडियो मोडले भिडियोमा रुची राख्नेहरुका लागि थप मजा प्रदान गर्दछ।
५,०३० एमएचको ब्याट्रीले प्रयोगकर्तालाई घरी-घरी चार्ज गर्नपर्ने झन्झटबाट मुक्त राख्छ भने ३३ वाटको चार्जरले चाँही फोनलाई थोरै समयमै चार्ज गर्छ। आकर्षक हुनुका साथै टिकाउ पनि भएको रेड्मी १३ ले एक अलराउण्डर स्मार्टफोनको रुपमा बजारमा चर्चा कमाउँदैछ।
बजार उपलब्धताः
रेड्मी १३ ६ जिबी प्लस १२८ जिबी र ८ जिबी प्लस २५६ जिबी भेरियन्टमा मिडनाइट ब्ल्याक, पर्ल पिंक र ओशन ब्लू रंगहरूमा उपलब्ध छन्।
६ जिबी प्लस १२८ जिबी र ८ जिबी प्लस २५६ जिबी भेरियन्टमका मुल्यहरु क्रमशः १८ हजार ९९९ र २१,९९९ रहेको छ।