काठमाडौं । गत शुक्रबारदेखि अमेरिका र इरानबीच द्वन्द्व बढदै गएको छ । यसले मध्यपुर्वी देशको अर्थतन्त्रमा नै प्रभाव पार्ने देखिएको छ । यहि कारण बहुमुल्य पहेँलो धातु सुनको मुल्यले अन्तर्राष्ट्रिय बजारसँगै नेपाली बजारमा हरेक दिन रेकर्ड कायम गर्न थालेको छ । इरानले जवाफी कार्वाही गर्दे इराकमा रहेका अमेरिकी सैन्य क्यापमाथि मिसाइल प्रहार गरिरहेको छ ।
केहि दिनदेखि निरन्तर बढीरहेको सुनको मुल्य अझ उकालो लाग्दै प्रतितोला ८० हजारको हाराहारीमा पुग्ने सम्भावना देखिएको व्यवसायीहरु बताउछन् ।
बुधबार सुनले प्रतितोला ७६ हजार ५०० रुपैयाँ पुगेर ऐतिहासिक नयाँ रेकर्ड कायम गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुनको मुल्य ७६ हजार २०० रुपैयाँ कायम भएको छ ।
बुधबार अन्तराष्ट्रिय बजारमा सुनको मुल्य प्रतिऔंस १ हजार ५८४.२९ डलर पुगेको छ । यही अनुसार जाने हो भने सुनको मुल्य १ हजार ६०० डलरदेखि २ हजार डलरसम्म पुग्ने अनुमान व्यवसायीको छ ।
नेपाली बजारमा गत भदौदेखि सुनको मुल्य बढ्दै आएको छ । त्यती बेला अमेरिका र चीनबीचको व्यापारीक द्वन्द्वले सुनको मुल्य बढाएको थियो । त्यतिबेला केहि बढेको सुनको मुल्य घट्न नपाउदै पुनः अमेरिका र इरानबीच मनमुटाव देखिएको छ । दुई मुलुकबीच अहिल सैन्य द्वन्द्व नै भइसकेको अवस्था छ ।
दूई राष्ट्रबीच द्वन्द्व बढ्दा अन्तर्राष्ट्रिय अर्थतन्त्रलाई नै असर परेको छ । जसले गर्दा ठूला लगानीकर्ताहरु आफ्नो लगानी बचाउन सबैभन्दा सुरक्षित मानिएको सुनमा लगानी गर्ने थालेका छन् । यसले अन्तर्राष्ट्रिय बजारमा सुनको माग बढाएसँगै मुल्य पनि बढ्न थालेको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए ।
अमेरिका र इरानको द्वन्द्व चाडै समाधान हुने छाटकाट देखिदैन । सोहि कारण सुनको मुल्य अझै बढ्न सक्ने उनको अनुमान छ । पूर्वअध्यक्ष शाक्य भन्छन् ‘२०२० लागेपछि सुनको मुल्य १ हजार ६०० डलर क्रस गर्ने अन्तर्राष्ट्रिय बजारको आँकलन थियो । यस्तै रहेमा नेपाली बजारमा सुनको मुल्य ८० हजार भन्दा माथि पुग्ने देखिन्छ ।’
सुनको मुल्य आकासिंदै गएकाले नेपालमा सुनचाँदीको व्यवसाय नै धरासायी हुने देखिएको पूर्वअध्यक्ष शाक्य बताए । सुन तोलाको ७० हजार पुगेदेखि नै मन्द रहेको सुनचाँदी व्यवसाय अहिले झन् ठप्प भएको उनको भनाई छ । माघदेखि विवाहको सिजन सुरु हुने छ । सुन महंगो भएपछि सिजनमा पनि कारोबार कमी हुने संभावना रहेको व्यवसायीले बताएका छन ।
चार्डपर्व र विबाहमा बढी खपत हुने सुनको व्यवसाय आर्थिक वर्ष २०७६÷०७७ लागेसँगै खासै चित्त बुझ्दो नभएको व्यवसायीहरु बताउछन् । मंसिरमा केही सुधार आए पनि अहिले सुनको मुल्य अत्याधिक बढेकाले दैनिक १० किलो पनि खपत हुन छाडेको व्यापारीहरु बताउछन् । सामान्य अवस्थामा दैनिक २५ देखि ३० किलोसम्म बिक्री हुने गर्छ । नेपाल राष्ट्र बैंकले दैनिक २० किलोसम्म सुन दिदै आएको छ ।
सुनको मुल्य बढेपछि पसलमा सुन किन्न भन्दा बेच्न आउने बढेको लक्की ज्वेलर्सका बिक्री प्रवन्धक सुरेन्द« रेग्मीले बताए । उनले भने ‘अब यस्तै भएमा पसलका कर्मचारीलाई तलब दिन समेत कठिन हुने भएको छ ।’