काठमाडौं । गृह मन्त्रालयले नेपालमा मनसुन भित्रिएको २ण्८ जेठयता प्राकृतिक विपत्तिमा परी १४३ जनाको मृत्यु भएको विवरण सार्वजनिक गरेको छ।
विभिन्न स्थानमा आएको बाढीपहिरोलगायत विपद्मा परी सोमबार दिउँसोसम्म १४३ जनाको मृत्यु भएको र ४७ जना बेपत्ता भएको गृहले बताएको हो।
बाढीपहिरोलगायतका विपद्बाट कोसी प्रदेशमा २२ जना, मधेसमा ६, बागमतीमा ३१ जनाको मृत्यु भएको छ।
यस्तै, गण्डकीमा ४२, लुम्बिनीमा २४, कर्णालीमा ८ र सुदूरपश्चिममा १० जनाको मृत्यु भएको छ।
विपद्मा परी १६१ जना घाइते भएका छन् भने ७१ जनाको उद्दार गरिएको छ।
यो अवधिमा विपद्का घटनाबाट ४ हजार ४२ घरपरिवार विस्थापित भएका छन्।
बाढीका कारण १८४ घर डुबानमा परेका छन्। २४१ वटा घर, ८८ वटा गोठ, ४३ वटा पुल, २ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ। ६०८ वटा पशु चौपायको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।