जापान । जापानको ओसाकामा पहिलो पटक नेपाली फेष्टिभल पहिलो एभेरेष्ट फुड एण्ड कल्चर फेष्टा २०२४ भव्य रुपमा सम्पन्न भएको छ।
करिब ५ हजार नेपाली तथा अन्य विदेशी नागरिकको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो। गैर आवसीय नेपाली संघ (एनआरएनए) जापानका उपाध्यक्ष कृष्ण गैरेको प्रमुख आतिथ्यता एवं नेपाली दूतावास ओसाकाका कन्सुलर रेउसेकी इमानीसीको विशिष्ट आतिथ्यतामा तथा डिस्कभरी सर्पोटका कार्यकारी प्रमुख सोता मासुईको सभापतित्वमा कार्यक्रम उद्घाटन भएको थियो।
नेपाल र नेपालीको पहिचान कला, संस्कृतिलाई जापानी समुदायमा चिनाउने उदेश्यले जुलाई २७ तारिकमा भएको कार्यक्रममा करिब २० स्टलमा नेपाल, नेपालीको पहिचानसहितका खाना, कपडा, कोसेलीका पसल, नेपालको पर्यटन सम्बन्धी जानकारी दिने स्टल तथा रेमिटेन्सलगायत स्टल रहेको आयोजक संस्थाका कार्यक्रम व्यवस्थापक लाक्पा दोङले जानकारी दिए।
नेपाली गीत/संगीत तथा नृत्यमा नेपाली तथा जापानी निकै रमाएका थिए। पहिलो पटक आयोजान भएको कार्यक्रम कान्साईबासी नेपाली तथा जापानी निकै खुशी भएको कार्यक्रमा सहभागी सेजल गुरुङले बताए। नेपाली खाना र कल्चर निकै राम्रो लागेको र आगामी दिनमा यस्ता कार्यक्र ओसाकामा भए अरु जापानी नागरीकले पनि थाहा पाइ हेर्ने जापानी नागारीक हितोरी युमाले बताए।
कार्यक्रम डिस्कभरी सपोर्टको आयोजना तथा तामाङ समाज जापान कान्साई समितिको सहआयोजना एवं गैरआवसीय नेपाली संघ एनआरएनए कान्साईको सर्पोटमा र जापानमा रहेका विभिन्न नेपाली समाजको सहकार्यमा भएको हो।
कार्यक्रममा छिटो मःमः खाने प्रतियोगितामा अर्जुन अधिकारीले जापानी यन २० हजार हात पार्न सफल भएका थिए। पहिलो एभेरेष्ट फुड एण्ड कल्चर फेष्टा २०२४ को बरेमा भएको स्पिच कन्टेस्ट प्रतियोगितामा मेलिना सिंह ठकुरीले पहिलो स्थान हात पार्न सफल भई ३० हजार जापानी यन जितिन्। २० जना सहभागीले लक्की चिठ्ठामार्फत विभिन्न उपहार जितेका थिए।
उद्घाटन कार्यक्रमा सामाजिक अभियान्ता नरेन्द्र बस्नेत दिनेश, एनआरएनए जापानका सचिव दिलिप कडेल, एनआरएन कान्साईका संयोजक हरि प्रसाद कडेल, उपसंयोजक टिआर गौडेल भिम काउछा, गल्कोट समाज जापान कांसाईका अध्यक्ष नरबहादुर थापा, दोलखा समाज जापान कांसाईका अध्यक्ष अन्जानकुमार बस्नेत, धादिङ समाज जापान कांसाईका अध्यक्ष दिपक भण्डारी, नेपाली जन प्रगतिशिल मञ्च कान्साइका सचिव कुमार कुवर, बेनी एफसीका ब्यवस्थापक मनोज बानिँया, बेन्तेन्च्यो एफसीका संयोजक अर्जून श्रेष्ठलगायतको सहभागीता रहेको थियो।