काठमाडौं। मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले ‘सधैं अन’प्रतिको प्रतिवद्धताबमोजिम ‘बिज सधैं अन’का ग्राहकलाई गुणस्तरीय कन्टेन्ट उपलब्ध गराउन लायन्स्गेट प्लेसँग सहकार्य थालनी गरेको छ।
लायन्स्गेट प्ले लायन्स्गेट इन्डिया र स्टार्जबाट पाइने प्रिमियम स्ट्रिमिङ सेवा हो। यो प्लेटफर्ममा दर्शकलाई बाँधिराख्ने खाले फ्रान्चाइजी, प्रिमियरलगायत थुप्रै प्रिमियम कन्टेन्टको ठूलो लाइब्रेरी रहेको छ।
सहकार्यको उद्देश्य बिज सधैं अनको सदस्यता लिएका ग्राहकलाई बन्डल सेवाका रुपमा विशेष सामग्रीमा पहुँच दिएर उनीहरुको अनुभव अभिवृद्धि गर्दै ग्राहक संलग्नता र सन्तुष्टि बढाउनु रहेको कम्पनीले जनाएको छ।
‘लायन्स्गेट प्ले हाम्रा ‘बिज सधैं अन’का ग्राहकका विशेष अफर हो । एक प्रकारले यो एक विशेष टिकट नै हो जसले हाम्रा ग्राहकहरुलाई विश्वको अग्रणी पब्लिकल्ली ट्रेडेड कन्टेन्ट कम्पनीहरु मध्येको एक लायन्स्गेटको वृहद् संग्रहमा पहुँच दिन्छ’, एनसेलका हेड अफ बिजनेस सोलुसन्स् रञ्जन शर्माले भने, ‘स्ट्रिमिङ पार्टनरका रुपमा लायन्स्गेटसँग सहकार्य सुरु भएपछि हालसम्म हामीले बिज सधैं अनका ग्राहकबाट प्लेटफर्मबारे धेरै सकारात्मक प्रतिक्रिया प्राप्त गरेका छौं।’
लायन्स्गेट प्लेले विभिन्न विधामा थुप्रै प्रकारका स्वाद र प्राथमिकताका सामग्रीमा पहुँच दिन्छ। यसमा हलिउडका हिट फिल्मदेखि लिएर, टिभी शोहरु, लायन्स्गेट ब्यानरमा बनेका ओरिजिनल कन्टेन्ट, वृत्तचित्र, बालबालिका र पारिवारिक सामग्री र विश्वका दर्शकले मन पराउने अन्तर्राष्ट्रिय चलचित्र रहेका छन्।
‘विश्वस्तरीय स्ट्रिमिङ अनुभव प्रदान गर्दै एनसेलसँगको सहकार्यमा नेपालमा लायन्स्गेट प्ले ल्याउन पाउँदा खुसी छौं’, लायन्स्गेट प्ले एसियाका अध्यक्ष रोहित जैनले भने, ‘समीक्षकले प्रशंसा गरेका विभिन्न चलचित्र र शृंखलासहित हाम्रा सामग्रीको बृहत् संग्रह देशभरका मनोरञ्जनप्रेमीका लागि मुख्य गन्तव्य बन्नेमा विश्वस्त छौं।’