काठमाडौं। नबिल बैंकले देशव्यापी ‘नबिल दिगो पाइला’ वाकाथन गरेको छ। दिगो भविष्यको प्रतिबद्धतासहित जनचेतना जगाउने उद्देश्यले वाकाथन गरिएको हो।
स्थापनाको ४०औं वार्षिकोत्सव अवसरमा बैंकले दिगो भविष्य निर्माणको प्रतिबद्धता जनाउँदै शनिबार बिहान देशव्यापी वाकाथन आयोजना गरेको हो।
वाकाथन शुभारम्भ गर्दै बैंक अध्यक्ष उपेन्द्र पौड्यालले नबिलले ४० वर्षअगाडि नै दिगो पाइला चालेका कारण आजको दिनसम्म आइपुगेको र आगामी दिनमा यसलाई निरन्तरता दिँदै जाने प्रतिबद्धता जनाए।
प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले दिगो भविष्यको प्रतिबद्धतासहित देशव्यापी वाकाथन आयोजना गरिएको जानकारी दिए। वाकाथनले दिगो भविष्यका लागि प्रतिबद्धता र यसबारे जनचेतना जगाउन थप सहयोग हुने विश्वास उनले व्यक्त ग गरे।
वाकाथनका अवसरमा बैंक अध्यक्ष पौड्याल, सञ्चालक अनन्त पौड्याल, प्रमुख कार्यकारी अधिकृत ढुंगाना, वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सुजित शाक्य, नायव प्रमुख कार्यकारी अधिकृतद्वय मनोज ज्ञवाली र भूपेन्द्र पाण्डे, विभिन्न विभागका प्रमुखलगायत काठमाडौं उपत्यकाका विभिन्न शाखामा कार्यरत करिब ११ सय कर्मचारी उपस्थित थिए।
शनिबार बिहान ७ः३५ बजे दरबारमार्गको तीनधारास्थित केन्द्रीय कार्यालयबाट सुरु भएको वाकाथन कमलादी, घन्टाघर, भद्रकाली मन्दिर, सहिद गेट, न्यूरोड गेट, वसन्तपुर दरबार स्क्वायर हुँदै पुनः केन्द्रीय कार्यालय पुगेर टुंगिएको थियो।
बैंकका अनुसार नारायणगढ, बिराटनगर, बिर्तामोड, वीरगञ्ज, जनकपुर, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत, धनगढी, हेटौँडा र दाङमा पनि एकैसाथ आज बिहान वाकाथन आयोजना गरिएको थियो। हाल बैंकले २६८ शाखा र ३१६ एटिएममार्फत बैंकिङ सेवा दिँदै आएको छ।