काठमाडौं । ‘ओहो ! कति चिसो पानी हात कटक्कै काट्ने लुगा धुन साह्रै गाह्रो भयो । चिसो पानीमा साबुन लगाएर कपडा मिच्दामिच्दै हात काठ्याङग्रीयो । ग्यासमा पानी तताएर लुगा धुन पनि सम्भव नहुने तर नधोइ पनि भाको छैन ’ एक साता अगाडी लुगा धुदै गुनासो गर्ने ललितपुरको बालकुमाकी सविता कार्कीको भनाई हो यो ।
अत्याधिक चिसोले लुगा धुन कठिन भएपछि भएपछि दुई दिन अगाडी मात्र ५३ हजार ८ सय ९० रुपैयाँमा ७ किलो क्षमताको वासिङ मेसिन किनेर ल्याइन् । वासिङ मेशिन ल्याएपछि चिसोसँग खेल्नुपर्ने बाध्यताबाट मात्रै होइन समयको पनि बचत भएको उनी बताउछिन् ।
काठमाडौ उपत्यकामा चिसो बढेसँगै कार्की जस्तै वासिङ मेशिन किन्ने ग्राहकहरु बढेको इलेक्ट्रोनिक्श व्यवसायीहरु बताउछन् । बजारमा अहिले सिजी, एलजी, गोदरेज, सामसुङ, एलजी, पानासोनिक, यासुदा, हिमस्टार,ओर्लपुल, केल्भिनेटरलगायत ब्रान्डका वासिङ मेसिनको बिक्री बढेको छ ।
ग्राहकले आफ्नो परिवारको संख्या अनुसार ६ केजी देखि २० केजी सम्मका मेसिन खरिद गर्न सक्ने व्यवसायीहरुको भनाई छ । बजारमा गत वर्षको तुलनामा यो वर्ष ३० प्रतिशतले बृद्धी भएरकोे र अझ माग बढ्दै गएको व्यवसायीहरु बताउछन् । सीजीले ६ केजी देखि १२ केजी सम्मका वासिङ मेसिन बजारमा ल्याएको सेल्स म्यानेजर हरिचन्द« अर्यालले बताए ।
उनले भने ‘गुणस्तरीय तर, कम मुल्यका मेसिन उच्च वर्ग देखि मध्यमवर्गका परिवारले पनि प्रयोग गर्ने सक्ने गरी हामीले बजारमा उपलब्ध गराएका छौ ।’ उनका अनुसार सिजीले टप लोड पुर्ण स्वचालित देखि फ्रन्ट लोड, ड्रायर वासिङ मेसिन २० हजार देखि ९० हजार सम्मका छन् । बजारमा अहिले ८ देखि १० केजीको मेसिन माग बढी छन् ।
साना कपडा देखि ठूला–ठूला बल्याङकेटसम्म धुन मिल्ने वासिङ मेसिनको माग पनि बढ्न थालेको छ । ग्राहकहरुले पानी खपत कम हुने, आवाज कम आउने, छिटोछरितो वासिङ गर्ने र विद्युत पनि कम खपत गर्ने भएकाले फ्रन्टलोड मेसिन बढी मन पराउछन् ।
वासिङ मेसिनको प्रयोग गर्दा
घरको वासिङ मेसिन राख्ने स्थानमा बिद्युतको पहुच छ÷छैन ध्यान दिनुपर्छ ।
आफ्नो क्षमता र परिवारको संख्या अनुसार कति क्षमताको मेशिन चाहिने पहिले नै ध्यान दिनुपर्छ । एक पटक प्रयोग गरिसकेपछि मेशिन परिबर्तन गर्न कठिन हुन्छ ।
मेशिन खरिद गर्दा ब्राण्ड, आधिकारिक डिलर तथा मेशिनमा वारेन्टी÷ग्यारेन्टीको सुविधाजस्ता बिषयमा ध्यान दिनुपर्छ ।
मेसिन जडान गरेपछि प्रयोग गर्ने तरिकाबा बिषयमा कम्पनीका प्रविधिसँग कसरी जानकारी लिनुपर्छ ।
मेसिन चलाउनु अघि पछाडी पट्टी रहेका चार ओटा नट निकाल्न बिर्सनु हुदैन । यसलाई नखोली स्टल गर्दा मेसिनको ड्रम टुट्ने सम्भावना हुन्छ ।