काठमाडौं। स्काईवेल ईटी–५ गएको वैशाखमा जी मोटर्स प्रालिले नेपाल भित्र्याएको विद्युतीय प्रिमियम ब्रान्ड हो। नेपालमा थुप्रै प्रिमियम ईभी ब्रान्ड भित्रिइसकेका छन्। स्काईवेल ईटी–५ पावर, फिचर, सुविधालगायत हरेक पक्षमा अन्य ब्रान्डभन्दा अब्बल मानिने गरेको छ।
कम्पनीले गुणस्तर तथा आधुनिक प्रविधिलाई आकर्षक ढंगले प्रस्तुत गरेका कारण तुलनात्मक रुपमा अन्य ब्रान्डभन्दा उत्कृष्ट रहेको दाबी गर्दै आएको छ।
नेपालमा महँगा र विश्वका चर्चित ब्रान्डको प्रवेश दिनप्रतिदिन बढ्दै गइरहेको छ। दुई दर्जन बढी ईभी ब्रान्डको प्रवेश हुँदा प्रिमियम ब्रान्डको हिस्सा पनि सकारात्मक छ। पछिल्लो समय नेपालमा युरोप, अमेरिका, चीनमा बनेका प्रिमियम गाडी धमाधम भित्रिरहेका छन्। टेस्ला, बीएमडब्लु, आउडी, किया, चांगन, स्काईवेललगायतका प्रिमियम ब्रान्डले नेपाली ईभी बजारमा नयाँ उत्साह थपेका छन्।
प्रिमियम ईभी ब्रान्डमा पनि कुन उत्कृष्ट भन्ने प्रश्न आउने गर्दछ। यद्यपि, यो विषयको निर्धारण भने सवारीसाधनको रेन्ज, ब्याट्री क्षमता, वारेन्टीलगायतका विषयले गर्दछ। प्रिमियम सेग्मेन्टमा नेपाल आएका ईभीमा कनेक्टिभीटी, सेक्युरिटी, इन्टेलिजेन्ट स्टाइलिस, अटो पार्किङजस्ता फिचर भएको गाडी पाउन मुस्किल छ। तर, जी मोटर्सले भित्र्याएको स्काईवेल ईटी–५ भने यी फिचरले भरिपूर्ण छ।
स्काईवेल इटी–५को नेपालका लागि आधिकारीक वितरक जी मोटर्स प्रालिका प्रबन्ध निर्देशक कैलाशबाबु गेलाल अन्य प्रिमियम ब्रान्डको तुलनामा यस गाडीमा उल्लेख्य नयाँ र आधुनिक फिचर भएको बताउँछन्। गेलालका अनुसार स्काईवेल इटी–५मा घरबाट बाहिर रहेको समय इन्डक्सन चुलो प्रयोग गर्न सकिने आधुनिक विशेषताका साथमा अन्य थुप्रै नयाँ–नयाँ सुविधा छन्।
‘प्रिमियम सेग्मेन्टको स्काईवेल इटी–५मा रहेको अटो पार्किङलाई पनि एउटा एडभान्टेज र युनिक फिचरको रुपमा लिन सकिन्छ,’ गेलाल भन्छन्, ‘यसमा मेट्रिक्स लेजर हेडलाइट, रियर मोसन सेन्सर बेस्ड रियर टेलगेट ओपनर, फूल साइज प्यानारोमिक सनरुफ र मुनरुफ, लक्जरी टुलेभल फोल्डेबल रियर सिट पनि छ।’ अन्य सवारीसाधनको तुलनामा स्काईवेल इटी–५ले प्राविधिक रुपमा फरक अनुभूति दिलाउने गेलालको तर्क छ।
पावरफुल ब्याट्री एवं मोटर
स्काईवेलमा ८६ किलोवाट आवरको हाइडेन्सीटी लिथिएम टर्नाेटरी ब्याट्री र १५० किलोवाटको इलेक्ट्रिक मोटर जडान गरिएको छ। यस प्रिमियम ईभीमा भएको पावरफुल ब्याट्री तथा मोटरले अर्काे ईभी गाडीमा चार्ज गर्न मिल्छ। कम्पनीका अनुसार आईसी इन्जिन गाडीमा बीच बाटोमा गाडीबाट १ लिटर पेट्रोल निकालेर अन्य गाडीलाई सापटी दिन मिल्नेजस्तै सुविधा यस गाडीको चार्जिङमा पनि रहेको छ। अर्थात्, स्काईवेल ईटी–५ प्रिमियम लक्जरी गाडीबाट अर्को गाडीमा सहजै चार्ज गर्न सकिन्छ।
अटो पार्किङ
ईटी–५ ले सेफ्टीमा ५ स्टार रेटिङ प्राप्त गरेको छ। स्काईवेलको प्रिमियम लक्जरी एसयूभीमा कारले आफैं अटो पार्किङ गर्ने विशेषता रहेको छ। यसमा ग्राहकले अटो पार्किङ इनेबल गरी कारलाई स्वचालित रुपमा पार्किङ लटमा पार्किङ गर्न सक्नेछन्। यो फिचर युनिक र पार्किङ सहयोगी पनि रहेको छ।
यसमा भएको यो अटो पार्किङ फिचर अरु प्रिमियम गाडीभन्दा फरक हो। र यस अटो पार्किङलाई एडभान्टेज र युनिक फिचरको रुपमा लिन सकिन्छ।
यसमा मेट्रिक्स लेजर हेडलाइट, रियर मोसन सेन्सर बेस्ड रियर टेलगेट ओपनर, फूल साइज प्यानारोमिक सनरुफ र मुनरुफ, लक्जरी टुलेभल फोल्डेबल रियर सिट उपलब्ध छ। यसले उपभोक्तालाई आरामदायी यात्राका लागि सहयोग गर्दछ।
रेन्ज
रेन्जका हिसाबले अहिलेसम्म नेपाल आएको सबैभन्दा बढी रेन्ज दिने मोडलमा स्काईवेल इटी–५ पर्छ। स्काईवेलमा जडित गरिएको ब्याट्री तथा मोटरले उच्च गति १६० प्रती घण्टाको स्पिडमा गाडी दौडाउन सकिन्छ। साथै यसको एकपटकको फुल चार्जले ६२० किलोमिट रेन्ज दिन्छ। गाडीको ग्राउन्ड क्लियरेन्स १९७ एमएम छ।
इन्टेलिजेन्ट स्टाइलिस र सेफ्टी
स्काईवेल ईटी–५ विशेषगरी इन्टेलिजेन्ट स्टाइलिस, इन्जोइमेन्ट, इन्टेलिजेन्ट कनेक्टिभिटी, ड्राईभीङ, सेक्युरिटी, इलेक्ट्रोनिक र इन्टेलिजेन्ट जोयमा आधारित रहेर प्योर ईभी प्ल्याटफर्ममा बनेको गाडी हो। यी विशेषताले स्काईवेल ईटी–५लाई विद्युतीय एसयूभीलाई प्रिमियम क्याटागोरी दिएको छ।
६५ बढी देशमा उपलब्ध
विद्युतीय सवारीप्रति उपभोक्ताको बढ्दो चाहनालाई सम्बोधन गर्न कम्पनीले प्रिमियम ब्रान्डको विद्युतीय एसयूभी ल्याएको हो। स्काईवेलका विद्युतीय सवारी जर्मनी, इजरायल, टर्की, रसियालगायत ६५ बढी देशमा बिक्री हुँदै आएको छ।
भेहिकल टु लोड
यस फिचरले ग्राहकले कारबाटै पावर बाहिर ल्याई इन्डक्सन चुलो बाल्ने, टेन्टमा लाइट बाल्ने, इलेक्ट्रिक अन्य उपकरण प्रयोग गर्न र गाडीमा रिजर्व पावर प्रयोग गर्न सकिन्छ। त्यसैगरी अन्य कुनै पनि इलेक्ट्रिक सवारीलाई चार्ज सापटी पनि दिन मिल्ने रहेकाले यस गाडीमा प्रिमियम फिल हुन्छ।
स्काईवेल ठूलो ब्याट्री, मोटर तथा प्रिमियम फिचरले भरिपूर्ण एसयूभी भएकै कारण यो गाडी ईभी प्रयोगकर्ताका लागि उपयुक्त भएको कम्पनीको दाबी छ। नेपालमा यस गाडीको मूल्य १ करोड ९ लाख रुपैयाँ पर्छ।
भक्तपुरमा सर्भिस सेन्टर रहेको स्काईवेलले काठमाडौंको नक्साल र उपत्यकाबाहिर इटहरीमा पनि सोरुम तथा सर्भिस सेन्टर बनाउँदै छ। हाल प्रिमियम सेग्मेन्टको गाडी किन्ने ग्राहकले भक्तपुरबाट सेवा लिइरहेका छन्।