काठमाडौं। लक्ष्मी सन्राइज बैंकले नयाँ ब्रान्ड भिडियो फिल्म ‘हाम्रो बचतको सही लगानी’ सार्वजनिक गरेको छ।
२ मिनेट २० सेकेन्डको भिडियोले बैंकमा जम्मा हुने हरेक सानादेखि ठूला बचतले कसरी देशको उज्ज्वल भविष्यमा योगदान दिन्छ भन्ने कुरा भावनात्मक रूपमा दर्शाएको बैंकले जनाएको छ।
फिल्मको पहिलो दृश्यमा एक बालिका आफ्नी आमाबाट बचत गर्न प्रेरित भएको देख्न सकिन्छ। उनले जम्मा गरेको स–साना बचत मिसिएर जलविद्युतजस्ता ठूला परियोजनामा लगानी भई कुनै दुर्गम क्षेत्रमा एक विद्यार्थीले बिजुलीको प्रकाशमुनि पढ्न पाउँछ।
लक्ष्मी सन्राइज बैंकमा गरिएको बचतले कसरी परिवार, व्यवसाय र समग्रमा समुदायलाई सशक्त बनाउँदै साझा समृद्वितर्फ अघि बढाउँछ भन्ने दृश्यमा देखाइएको छ।
बैंकमा ग्राहकले विश्वास देखाएर निक्षेप गरेको रकम ठूला परियोजनामा मात्र नभई साना परियोजनालाई पनि प्राथमिकता दिँदै विभिन्न कर्जा प्रवाह गर्ने गरिन्छ।
यस्ता कर्जाले कुनै किसानको बाली फस्टाएको, कुनै उद्यमीको व्यवसाय सफल भएको तथा कुनै इलमीको नयाँ उद्यमको सुरुआतका कथा पनि भिडियो फिल्ममा समेटिएको छ।
फिल्ममार्फत बैंकमा बचत गर्न किन जरुरी छ, बैंकमा गरिएको बचत कहाँ–कहाँ प्रयोग हुन्छ र यसले देश विकास तथा उद्यमीहरुको प्रवर्द्धनमा कस्तो र कसरी भूमिका खेल्छ भन्ने देखाइएको छ। बचत गर्ने बैंकका ग्राहक नै देशको समृद्धिको सारथि भएको देख्न सकिन्छ।
फिल्मले बचत तथा बैंकिङलाई साझा समृद्वितर्फको यात्राको रूपमा पुनः परिभाषित गर्ने लक्ष्मी सन्राइजको प्रतिबद्वतामा सहभागी हुन सबैलाई प्रेरित गर्ने विश्वास बैंकको छ।
यस्तो छ भिडियो