काठमाडौं। भैरहवाको पाँचतारे होटल टाइगर प्यालेसमा सञ्चालित क्यासिनोलाई लाइसेन्स दिन ढिलाइ गर्दा करिब चार सय जनाको रोजगारी धरापमा परेको छ ।
पर्यटन विभागले होटल टाइगर वानमा क्यासिनो सञ्चालनका लागि प्रिलाइसेन्स दिएको भए पनि पूर्ण लाइसेन्स नदिँदा क्यासिनो सञ्चालन हुन सकेको छैन । विभागले कानुनी प्रक्रिया पुरा गरी गत असार २८ गते पूर्वस्वीकृति पत्र प्रदान गरेको थियो ।
टाइगर वान प्रालिले रुपन्देहीमा सञ्चालन गर्दै आएको टाइगर प्यालेस रिसोर्टमा एचएसएल मेनेजमेन्ट सर्भिसेज प्रालिले क्यासिनो सञ्चालन गर्दै आएको थियो ।
होटल परिसरमा रहेको क्यासिनो सञ्चालन गर्दै आएको कम्पनी बन्द भएपछि नयाँ कम्पनीबाट लाइसेन्सको प्रक्रिया अघि बढाए पनि विभागले लाइसेन्स दिन ढिलाइ गरेको छ । लाइसेन्स पाउन ढिलाइ भएपछि कार्यरत सयौं बेकामे भएका छन् भने करोडौको सरकारी राजश्व पनि नोक्सान भइरहेको छ।
टाइगर वान प्रालिले रुपन्देहीमा सञ्चालन गर्दै आएको टाइगर प्यालेस रिसोर्टमा एचएसएल मेनेजमेन्ट सर्भिसेज प्रालिले क्यासिनो सञ्चालन गर्दै आएको थियो। एचएसएल मेनेजमेन्ट सर्भिसेज प्रालिमा सिल्भर हेरिटेज प्रालिको ९० प्रतिशत र टाइगर काठमाडौं इन्भेष्टमेन्ट प्रालिको १० प्रतिशत शेयर रहेको थियो। पुरानो एचएसएल मेनेजमेन्ट सर्भिसेज प्रालि बन्द भए पछि कानुनी प्रक्रिया पु(याएर रोयल टाइगर रिक्रिएसन प्रालिले लाइसेन्सका लागि आवेदन दिएको थियो ।
एचएसएल मेनेजमेन्ट सर्भिसेज प्रालि बन्द भए पनि उक्त कम्पनीमा १० प्रतिशत सेयर रहेको समूहले नयाँ लाइसेन्स रोक्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेदेखि पर्यटन विभागका महानिर्देशक रुद्र पण्डितलाई दबाब दिँदै आएको छ । लाइसेन्स रोक्नका लागि मन्त्री पाण्डे र विभागका महानिर्देशक पण्डित विरुद्ध विभिन्न सञ्चारमाध्यममा गलत प्रचार गरेर लाइसेन्स रोक्न प्रयास गरिरहेको छ ।
पुरानो कम्पनी बन्द भए पछि टाइगर काठमाडौं इन्भेष्टमेन्टका सञ्चालक बताउने सुनिलजंग रायमाझी लाइसेन्स रोक्न माग गर्दै अदालत पनि पुगेका थिए । होटल टाइगर वानका सञ्चालकलाई धम्काएर उनले निःशुल्क रुपमा १० प्रतिशत सेयर माग गर्दै आएका छन् ।
एचएसएल मेनेजमेन्ट सर्भिसेज प्रालिले क्यासिनोको लाइसेन्सको जरिवाना र रोयल्टी बापतको बक्यौता रकम करिब ५० करोड रुपैयाँ सरकारलाई बुझाएको छ । उक्त रकम एचएसएल मेनेजमेन्ट सर्भिसेज प्रालिमा सेयर भएको काठमाडौं इन्भेष्टमेन्टले तिनुपर्ने भए पछि काठमाडौं इन्भेष्टमेन्टका सञ्चालक सञ्चितकृष्ण श्रेष्ठले टाइगर प्यालेसका सञ्चालकलाई लिखित रुपमा उक्त कम्पनी हस्तान्तरण गरेका थिए ।
श्रेष्ठले हस्तान्तरण गरेको कम्पनी विभिन्न बहाना बनाएर सुनिलजंग रायमाझीले लिएर अहिले क्यासिनाको लाइसेन्स रोक्न लागि परेका छन् । क्यासिनोको लाइसेन्स रोक्न माग गर्दै रायमाझीले पाटन उच्च अदालत, ललितपुरमा मुद्दा दायर गरेका थिए । उच्च अदालतले लाइसेन्स वितरण रोक्नु नपर्ने फैसला गरे पनि रायमाझीले विभिन्न निकायलाई प्रभावित गरेर क्यासिनोको नयाँ लाइसेन्स रोक्न प्रयत्न गर्दै आएका छन् ।
स्वदेशमा पुँजी अभावले विदेशी लगानी ल्याउनका लागि विभिन्न प्रयत्न गर्दै आएपनि टाइगर प्यालेसको लगानीलाई निरुत्साहित गर्न खोज्ने स्वार्थ समूहले विभिन्न दबाब दिएर लाइसेन्स रोक्न खोज्दै आएका छन् ।
रायमाझीले आफूले सेयर खरिद गरेका सञ्चितकृष्ण श्रेष्ठसँग सेयर माग्न जानुपर्नेमा लाइसेन्स रोक्नका लागि अदालतदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्मलाई प्रभावित पार्ने प्रयास गरेका छन् । लाइसेन्स रोक्न माग दाबी गर्दै अदालतमा मुद्दा दायर गरेको भए पनि अदालतले लाइसेन्स वितरण रोक्नु नपर्ने आदेश गरेको थियो । अदालतबाट आफ्नो पक्षमा फैसला नभए पछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आफैले बेनामे उजुरी हालेर अख्तियारमा दबाब दिएर पत्र पठाउन लगाएको पाइएको छ ।
“माफियाहरुले केही अनलाईन पत्रिकाको प्रयोग गरि राष्ट्रसेवक कर्मचारी तथा उच्च अधिकारीहरुमाथि आर्थिक चलखेलको आरोप लगाउने, निराधार हल्ला फिँजाउने, झुटा र कपोकल्पित समाचार लेख्न लगाई मानमर्दन गरिरहेका छन्, यो सरासर गलत हो‘, रिसोर्ट संचालक दीपक गौतमले भने “आफैंले लेख्न लगाएका समाचार सामग्री नाम मात्रका अनलाइन पत्रिकामा प्रकाशन गर्न लगाई सम्वन्धित अधिकारीलाई लिंक पठाई त्रास देखाउने, म्यासेजमा धम्की दिने काम भइरहेको छ ।
जसका कारण नियमानुसार पाउनुपर्ने क्यासीनोको लाइसेन्स रोकिएको छ ”। उनले थपे “यस्ता कृयाकलाप अव हामीलाई सह्य छैन यसको कानुनी उपचारका लागी साईबर व्युरो, प्रेस काउन्सिल र आवस्यक परे सम्मानित अदालत सम्म पनि पुग्ने छौं ”।
स्वदेशमा पुँजी अभावले विदेशी लगानी ल्याउनका लागि विभिन्न प्रयत्न गर्दै आएपनि टाइगर प्यालेसको लगानीलाई निरुत्साहित गर्न खोज्ने स्वार्थ समूहले विभिन्न दबाब दिएर लाइसेन्स रोक्न खोज्दै आएका छन् ।
अष्ट्रेलियन कम्पनी सिल्भर हेरिटेज ग्रुप लिमिटेडले सञ्चालन गर्दै आएको टाइगर प्यालेसमा एउटा स्वार्थ समूहले विदेशी कम्पनीलाई लगातार दुःख दिएको थियो।
अष्ट्रेलियन कम्पनी सिल्भर हेरिटेज ग्रुप लिमिटेडले सञ्चालन गर्दै आएको टाइगर प्यालेसमा एउटा स्वार्थ समूहले विदेशी कम्पनीलाई लगातार दुःख दिएको थियो। पाँचतारे स्तरको टाइगर प्यालेस रिसोर्ट हत्याउन एउटा समूह सक्रिय भए पछि उक्त कम्पनी नेपालबाट बाहिरिने निर्णयमा पुग्यो । त्यस पछि आएका गैर आवासीय नेपाली लगानीकर्ताहरुलाई पनि नेपालका केही बिचौलियाले दुःख दिँदै आएका छन् ।
आफ्नो जन्मभूमिमा रोजगारी सिर्जनाका साथै राजस्व वृद्धिमा पनि सघाउनु पर्छ भनेर गैर आवासीय नेपाल संघ अमेरिकाका पूर्व अध्यक्ष बुद्धि सुवेदी, गैर आवासीय नेपाली अभियन्ता कुल आचार्य, गैर आवासीय नेपाली संघ क्यानाडाका पूर्व अध्यक्ष दीपक गौतम लगायतले टाइगर प्यालेस रिसोर्ट खरिद गरेर सञ्चालन गर्ने प्रयत्न गरि रहंदा पनि उक्त स्वार्थ समूहले दुःख दिन छाडेको छैन ।
“नियमित रुपमा व्यवसाय संचालनमा आएमात्र अन्य समस्याहरु समाधान हुँदै जानेछन्, तर व्यवसाय नै बन्द गरेर त राज्यले के पाउला ररु” अध्यक्ष सुबेदीले गुनासो गरे ।