काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले अन्तर्राष्ट्रिय श्रम संगठनको सहकार्यमा स्याहार अर्थतन्त्रको सान्दर्भिकता विषयक रोजगारदाता तालिम आयोजना गरेको छ।
निजी क्षेत्रमा स्याहार अर्थतन्त्रको सान्दर्भिकता विषयक तीनदिने रोजगारदाता तालिम कैलालीको धनगढीमा सुरु भएको हो।
बुधबारबाट सुरु भएको तालिम तीन दिनसम्म चल्नेछ। अन्तर्राष्ट्रिय श्रम संगठन (सशक्त महिला समृद्ध नेपाल) परियोजना र नेपाल उद्योग वाणिज्य महासंघ काठमाडौंबीच भएको सम्झौताअनुसार महासंघ सुदूरपश्चिम प्रदेशको आयोजनामा तीन दिने तालिमा सुरु भएको हो।
निजी क्षेत्रमा स्याहार अर्थतन्त्रको सान्दर्भिकता विषयक रोजगारदाता तालिम उद्घाटन सत्रको अध्यक्षता नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेश कार्यसमिति सदस्य तथा लम्की उद्योग वाणिज्य संघ अध्यक्ष पदमराज चौलागाईंले गरेका थिए।
कार्यक्रममा महासंघ केन्द्रीय सदस्य तथा महिला उद्यमी विकास समिति संयोजक कमला श्रेष्ठ, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव प्रमोद भट्टराई तथा सामाजिक विकास मन्त्रालयका निमित्त सचिव गगन देव भट्ट पनि उपस्थित थिए।
तीन दिनसम्म सञ्चालन हुने तालिमको उद्देश्यबारे महासंघका सहायक निर्देशक हरि पौडेलले सहभागीलाई जानकारी गराएका थिए।
तालिमको प्रमुख प्रशिक्षकको रुपमा आस्था भट्ट रहेकी छन्।
कार्यक्रममा स्याहार अर्थतन्त्रमा सरकार र निजी क्षेत्र गम्भीर भएर आवश्यक कार्यविधि बनाई प्रत्यक्ष आर्थिकमा नजोडिएको तर ठूलो हिस्सा अर्थतन्त्र र आर्थिक क्रियाकलापसँग जोडिएको विषय भएको हुँदा यसलाई राष्ट्रको विषय बनाउन आवश्यक रहेकामा सरोकारवालाले जोड दिए। तालिममा सुदूरपश्चिमका उद्योगी व्यवसायी सरकारी तथा गैरसरकारी गरी ३० जना सहभागी छन्।