काठमाडौं। सवा अर्ब रुपैयाँ लगानीमा सिन्धुलीको मूलकोट र खोटाङको हलेसीमा एकैसाथ दुई रिसोर्ट सञ्चालनमा आएको छ। हस्पिटालिटी क्षेत्रमा आक्रामक बनेको होटल पौवा ग्रुपले मूलकोट र हलेसीमा रिसोर्ट सञ्चालन गरी पूर्वमा समेत उपस्थिति देखाएको हो।
सिन्धुलीको सुनकोसी किनारमा अवस्थित मूलकोटमा ४५ रोपनीमा ५० करोड लगानीमा ‘पौवा बिच रिसोर्ट’ र खोटाङको हलेसीमा ४५ रोपनी क्षेत्रफलमा ४० करोडभन्दा बढीको लगानीमा पौवा रिसोर्ट सञ्चालनमा ल्याइएको होटलका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले जानकारी दिए।
‘जहाँबाट आतिथ्यको सुरुआत हुन्छ‘ मन्त्रलाई आत्मसात् देशभर पौवालाई विस्तार गरिरहेको पौवा ग्रुपका मूलकोट र हलेसीसहित गरी रिसोर्ट संख्या १५ पुगेका छन्।
मुलकोटमा हाल २२ वटा कोठा रहेको र अर्को वर्ष भित्रमा ५० वटा थपेर चार तारे रिसोर्टको रुपमा अगाडी बढाउने योजना रहेको बताए। रिसोर्टमा स्वीमिङ पुलसँगै सुनकोशीमा ¥याफ्टिङको समेत सुविधा रहेको जनाएको छ।
यस्तै हलेसीमा सुइट रुम,डिलक्स र स्टाण्डर गरी ३८ वटा कोठा सञ्चालनमा रहेको छ। रिसोर्टमा बैवाहिक लगाएतका अन्य कार्यहरु गर्नुपरेमा १००० जना अट्ने सुविधासम्पन्न हल समेत रहेको प्रमुख सञ्चालन अधिकृत(सिओओ) कृष्ण गौतमले जानकारी दिए। होटल पौवाको मुलुक भर रहेका होटल तथा रिसोर्टमा १ हजार ५ सयदेखि २५ हजार रुपैयाँसम्ममा कोठाहरु पाइन्छ।
नेपालको पर्यटन उद्योगलाई थप उचाईमा पु¥याउनका लागि मिसन १०० को योजना सहित अगाडि बढेको होटल पौवा नेपालको पश्चिम क्षेत्रबाट पुर्वतर्फ अगाडि बढेको अध्यक्ष भण्डारीको भनाइ छ।
८ वर्षदेखि पर्यटक उद्योगलाई विस्तार गर्नका लागि होटलमा लगानी गरेको छौ,अध्यक्ष भण्डारीले भने ‘खोटाङको हलेसी महादेव किराँत, बौद्ध र सनातन हिन्दुहरुको संगमस्थल भएकोले हुनाले आन्तरिक र बाह्य धर्मालम्बीहरुलाई लक्षित गरेको हलेसी तुवाचुङ नगरपालिकामा ४५ रोपनी क्षेत्रफलमा रिसोर्ट सञ्चालन गरेका छौं। रिसोर्टबाट ३६० डिग्रीमा हसेलीको भ्यु हेर्न पाइन्छ।’
पौवाका प्रवन्ध निर्देशक विष्णु ज्ञवालीले देशको विकासको संकेत भनेको संस्कार र संकृति भएको बताउदै नेपाली आतिथ्यताको संस्कृति विश्वमै अनुपम छ। ‘हामी पौवाको विस्तार व्यवसाय मात्र होइन हाम्रो संकृतिलाई समेत विस्तार गर्ने उद्देश्य राखेका छौ।’ ज्ञवालीले भने, ‘नेपालको एक वर्षमा १६ लाख विदेशी पर्यटक नेपाल भित्राउने लक्ष्य दिएको छ।’ अहिले पौवाको देशभर १५ वटा पौवा चेन बनाइसकेको छ।
‘मिसन १००’ को यात्रा
विश्व शान्तिका दुत गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट होटल पौवाको पहिलो यात्रा सुरु भएको थियो। पौवाले रुपन्देहीकै भैरहवा र बुटवल, कपिलवस्तुको गोरुसिङ्गे, दाङको भालुवाङ, लमही र घोराही, कर्णाली प्रदेशको जुम्ला, पाल्पाको तानसेन, गुल्मीको रेसुङ्गा, सुदूरपश्चिमको धनगढी, पर्यटकीय राजधानी पोखरा, काठमाडौको गौशाला हुँदै पुर्वी नेपालमा प्रवेश गरेको हो। पौवाको ड्रिम प्रोजेक्टको रुपमा कैलाश मानसरोवर यात्राको मुख्य प्रवेशद्वार नेपालगन्जमा पाँच तारे होटल ‘पौवा वेस्ट्रन’को निर्माण भैरहेको छ।
पौवाले अहिलेसम्म ३ वटा मोडेलमा आफ्नो सेवा विस्तार गर्दै आएको छ, जसअन्तर्गत पहिलो मोडेलमा आफ्नै लगानी र स्वामित्वमा सेवा दिने, दोस्रो स्थानीय साझेदारसँग संस्थागत साझेदारीमा सेवा दिने र तेस्रो मोडेलमा ब्यवस्थापन जिम्मा लिएर पौवाको ब्राण्डमा सेवा दिने गरि संस्थाले सेवा प्रवाह गरिरहेको छ।
एक दशकमा १०० शाखा विस्तारको लक्ष्यसहित ‘मिशन १००’ योजना बनाएको होटल पौवा देशभर नेपाली आतिथ्यतासहितको चेन होटलको रुपमा फैलिँदै गएको छ।