काठमाडौं । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले हालसम्म देशभर करिब साढे ८५ प्रतिशत धान रोपाइँ सकिएको तथ्यांक सार्वजनिक गरेको छ। मन्त्रालयले यो वर्ष १३ लाख ९८ हजार २७३ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने अनुमान गरेकामा ११ लाख ८१ हजार ४७० हेक्टर क्षेत्रफल अर्थात् ८४.५ प्रतिशत रोपाइँ सकिएको छ।
मन्त्रालयले साउन ६ सम्म प्रकाशित धान रोपाइँ बु्लेटिनमा उक्त विवरण सार्वजनिक गरेको हो।
गत वर्ष साउन ६ सम्म ६९ प्रतिशत धान क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको तत्यांक मन्त्रालयसँग छ।
यो वर्ष हालसम्म सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा १ लाख ७४ हजार ५७६ हजार हेक्टरमा रोपाइँ हुनुपर्नेमा हालसम्म १ लाख ६८ हजार १५६ हजार अर्थात् ९६.३ प्रतिशत रोपाइँ सम्पन्न भएको छ।
यस्तै, सबैभन्दा कम रोपाइँ मधेसमा ८०.६ प्रतिशत भएको छ। मधेसमा ३ लाख ८३ हजार १५० हेक्टरमध्ये ३ लाख ८९ हजार १ हेक्टरमा रोपाइँ सम्पन्न भएको मन्त्रालयले जनाएको छ।
कोसी प्रदेशमा २ लाख ७६ हजार ३८६ हेक्टरमध्ये २ लाख २८ हजार ५१४ हेक्टर (८२.७ प्रतिशत) बागमतीमा १ लाख १४ हजार ५६१ हेक्टर क्षेत्रफलमध्ये ९५ हजार ९८८ हेक्टर (८३.८ प्रतिशत), गण्डकीमा ९६ हजार ५३ हेक्टर क्षेत्रफलमध्ये ८० हजार ९३२ हेक्टर अर्थात् ८४.३ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ।
मन्त्रालयका अनुसार लुम्बिनीमा ३ लाख ११ हजार ६४३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेकामा हालसम्म २ लाख ६० हजार २४ हेक्टरमा धान रोपाइँ भएको छ।
कर्णालीमा ४१ हजार ९०४ हेक्टरमा रोपाइँ हुँदै आएकामा हालसम्म ३८ हजार ९५५ हेक्टरमा रोपाइँ भइसकेको मन्त्रालयको विवरणमा उल्लेख छ।