काठमााडौं। मंगलबार सेयर बजारका १३ समूह नै सकरात्मक बनेका छन्। साताको कारोबारको तेस्रो दिन मंगलबार व्यापार समूहमा सर्वाधिक अर्थात् ५.०६ प्रतिशतको वृद्धि भएको छ भने जीवन बिमा समूहको सेयर मूल्य ४.४५ प्रतिशतले बढेको छ।
यस्तै, निर्जीवन बिमा समूहको सेयर मूल्य ४.३७ प्रतिशत, जलविद्युत समूहको ३.९७, लगानी समूहको ३.८७ र होटल तथा पर्यटन समूहको सेयर मूल्य ३.१४ प्रतिशतले बढेको छ। फाइनान्स समूहको सेयर मूल्य २.५३ प्रतिशत, विकास बैंक समूहको २.९६ प्रतिशत र बैंकिङ समूहको सेयर मूल्य २.३९ प्रतिशतले बढेको छ।
मंगलबार सबै समूह सकारात्मक बन्दा सेयर बजार सूचक नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ७५.३३ अंक अर्थात् ३.०२ प्रतिशतले बढेर २५६३.४३ बिन्दुमा पुगेको छ। अघिल्लो कारोबार दिन सोमबार भने नेप्से २.१५ अंकले बढेर २४८८.०९ बिन्दुमा बन्द भएको थियो। मंगलबारकाे सूचक १६ चैत २०७८ यताकै उच्च हाे।
आज नेप्सेमा कुल १४ अर्ब बराबरको कारोबार भएको छ। अघिल्लो कारोबार दिन सोमबार भने कुल १३ अर्ब ८३ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो। मंगलबार कारोबारमा आएकामध्ये २२० कम्पनीको सेयर मूल्य बढ्दा २० कम्पनीको घटेको छ। यस्तै, २ कम्पनीको सेयर मूल्य भने स्थिर छ।
मंगलबार पाँच कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ, जसमा बोटलर्स नेपाल बालाजु, समृद्धि फाइनान्स, मान्डु हाइड्रोपावर, ह्वाथवे इन्भेस्टमेन्ट नेपाल र नेपाल वेयरहाउजिङ कम्पनी रहेका छन्। यस्तै, ४ कम्पनीको सेयर मूल्य ९ प्रतिशत बढीले वृद्धि भएको छ।
साहस उर्जाको सेयर मूल्य ९.९९ प्रतिशत, ग्लोबल आईएमई ब्यालेन्स फन्ड–१को ९.९८, हिमालयन उर्जा विकास कम्पनीको ९.९६ र युनिभर्सल पावर कम्पनीको सेयर मूल्य ९.८३ प्रतिशतले बढेको छ। मंगलबार गणपती लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक अर्थात् ५.८३ प्रतिशतले घटेको छ।