काठमाडौं। एभरेष्ट बैंकले क्रेडिट स्वचालन प्रणाली (क्रेडिट–एक्स) लागू गरी सञ्चालनमा ल्याएको छ। बैंकले क्रेडिट एक्स लागू गर्न एसबी सोलुसन्ससँग साझेदारी सम्झौता गरेको हो।
सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र एसबी सोलुसन्सका प्रमुख कार्यकारी अधिकृत सञ्जोग मिश्राले हस्ताक्षर गरे।
यो प्रणालीले आन्तरिक कर्जा स्वीकृति व्यवस्थापन, कर्जा कार्यप्रवाह, जोखिम मूल्यांकन, कर्जाका कागजात र कर्जा स्वीकृति प्रक्रियालाई स्वचालित एवं डिजिटाइज गर्न मद्दत गर्ने बैंकले जनाएको छ।
बैंकहरूले कागजमा निर्भर कर्जा प्रवाहलाई प्रतिस्थापन गर्न सक्नुका साथै ग्राहकसम्बन्धी जोखिम मापदण्ड प्रणालीभित्रै निगरानी गरेर कर्जा जोखिम न्यून गर्न सक्षम हुनुका साथै छिटो कर्जा स्वीकृति प्रक्रियामा सहयोग पुग्ने बैंकको भनाइ छ।
एसबी सोलुसन्स फिनटेक, बैंकिङ उत्पादन प्रक्रियाको कर्जा डिजिटाइजेसन र स्वचालनमा काम गर्दै आएको छ। यसमा क्रेडिट स्वचालन प्रणाली (क्रेडिट–एक्स), अनलाइन कर्जा योग्यता, इन्टा लोन, पेडे लोन, अनलाइन खाता खोल्ने, कागजात व्यवस्थापन प्रणाली, बिक्रेता व्यवस्थापन प्रणाली, व्यवसाय बैंकिङ प्रणाली, ग्यारेन्टीलगायत व्यवस्था हुनेछ।
हाल २५ बढी वित्तीय संस्थान र कर्पोरेट घरानाले एसबी सोलुसन्सद्वारा निर्मित प्रणाली प्रयोग गर्दै आएका छन्।