काठमाडौं । सोमबार सेयर बजारमा तीव्र उतारचढाव देखिएको छ। अघिल्लो कारोबार दिन आइतबार २०८५.९४ को बिन्दुमा बन्द भएको सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सोमबार ११ बजेर ६ मिनेटमै बढेर २५०४.५३ को बिन्दुमा पुग्यो। लगत्तै घटेर ११ बजेर १५ मिनेटमा नेप्से २४६१.९४ को बिन्दुसम्म झर्यो र पुनः बढेर ११ बजेर २२ मिनेटमा २५०१.३० को बिन्दुसम्म पुग्यो।
दिनैभरी उच्च उतारढाव हुँदा नेप्से २४४१.५६ को न्यून बिन्दुसम्म झर्यो भने बढीमा २५०४.५३ को बिन्दुसम्म पुग्यो। यसअघि २८ महिना पहिले अर्थात् २०७८ चैत २० मा नेप्से २५१३ बिन्दुमा थियो। सोमबार पटकपटक तलमाथि गरे पनि कारोबार बन्द हुँदा भने नेप्से २.१५ अंकले बढेर २४८८.०९ को बिन्दुमा बन्द भएको छ। अघिल्लो कारोबार दिन आइतबार भने नेप्से ६१.६१ अंकले बढेको थियो।
सोमबार अघिल्लो दिनको तुलनामा कारोबार रकम भने घटेको छ। आज नेप्सेमा कुल १३ अर्ब ८३ करोड रुपैयाँ बढीको कारोबार भएको छ। अघिल्लो दिन आइतबार भने कुल १५ अर्ब १० करोडको कारोबार भएको थियो। यस्तै, गत साताको अन्तिम कारोबार दिन बिहीबार पनि नेप्सेमा १५ अर्ब ४७ करोडको कारोबार भएको थियो।
सोमबार नेप्सेमा देखिएको उच्च उतारचढावले लगानीकर्ता नाफा बुक गर्नतर्फ केन्द्रीत भएको संकेत गरेको छ। असार १६ मा २०३७.०९ को बिन्दुमा रहेको नेप्से १६ कारोबारबाट ४५१ अंकले बढ्दै २४८८.०९ बिन्दुमा आएकाले सबैको प्रोटफोलियो सकरात्मक भएको छ। त्यसैले यहि मौका छोपेर लगानीकर्ता नाफा बुकमा केन्द्रित भएको देखिन्छ।
सोमबार कारोबारमा आएकामध्ये ११५ कम्पनीको सेयर मूल्य बढ्दा १२१ कम्पनीको घटेको छ। यस्तै, ६ कम्पनीको सेयर मूल्य भने स्थिर छ। आज मुक्तिनाथ कृषि कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लाग्दा नेपाल फाइनान्सको सेयर मूल्य ८.६७ प्रतिशतले बढेको छ।
सोमबार गणपती लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। यस कम्पनीको सेयर मूल्य ९.९४ प्रतिशतले र स्कील्स हाइड्रोपावरको सेयर मूल्य ८.६६ प्रतिशतले घटेको छ।
सोमबार उत्पादन समुहमा लगानीकर्ताको बढी आकर्षण देखिएको छ। यस समुहको सेयर मूल्य २.१६ प्रतिशतले बढ्दा जलविद्युत समुहको सेयर मूल्य १.७४ प्रतिशतले बढेको छ। यस्तै, बैंकिङ समुहको सेयर मूल्य १.२३ प्रतिशतले घट्दा विकास बेंक समूहमा ०.६३ प्रतिशतको गिरावट आएको छ।
नेपाल सेयर धनी संघका अध्यक्ष घनश्याम पाण्डे नेप्से सूचक करिब ४०० अंकले बढ्दा हरेक समूहको सेयर मूल्य बढेको र लगानीकर्ताले नाफा बुकमा पनि ध्यान केन्द्रीत गरेको बताउँछन्। ‘आज नेप्सेमा निकै उतारचढाव आएको छ। यसले नाफा बुक गर्न लगानीकर्ता हतारिएको जस्तो पनि देखिन्छ,’ अध्यक्ष पाण्डे भन्छन्, ‘तर, तीव्र उतारचढावले नेप्से उकालो लाग्ने संकेत पनि गर्छ। यसर्थ, हतारिहाल्नुपर्ने अवस्था भने बनिसकेको छैन।’
उनले कारोबार रकम पनि राम्रै अवस्थामा भएकाले बजार तत्कालै संकुचन आउने सम्भावना पनि नरहेको बताए। सोमबार कारोबारमा आएकामध्ये ११५ कम्पनीको सेयर मूल्य बढ्दा १२१ कम्पनीको घटेको छ। यस्तै, ६ कम्पनीको सेयर मूल्य भने स्थिर छ। आज मुक्तिनाथ कृषि कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लाग्दा नेपाल फाइनान्सको सेयर मूल्य ८।६७ प्रतिशतले बढेको छ।
सोमबार गणपती लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। यस कम्पनीको सेयर मूल्य ९।९४ प्रतिशतले र स्कील्स हाइड्रोपावरको सेयर मूल्य ८।६६ प्रतिशतले घटेको छ।
सोमबार उत्पादन समुहमा लगानीकर्ताको बढी आकर्षण देखिएको छ। यस समुहको सेयर मूल्य २।१६ प्रतिशतले बढ्दा जलविद्युत समुहको सेयर मूल्य १।७४ प्रतिशतले बढेको छ। यस्तै, बैंकिङ समुहको सेयर मूल्य १।२३ प्रतिशतले घट्दा विकास बेंक समुहमा ०।६३ प्रतिशतको गिरावट आएको छ।