काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले बोनस तथा करलयागत कर्मचारीप्रति असमान रहेका विषयमा सरकारले सहयोगपूर्ण नीति लिनुपर्ने बताएका छन्। राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३५औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै नेता पाण्डेले जनताको सेवा गर्दा कर्मचारीले आफूले पाउनुपर्ने सुविधा डटेर लिनुपर्ने बताए।
यस्तै राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालका अध्यक्ष लक्ष्मीप्रसाद पाण्डेयले कर्मचारीको तर्फबाट उचित ढंगले राखिएका सम्पूर्ण माग व्यवस्थापनले सम्बोधन गर्नुपर्ने अन्यथा ट्रेड युनियन ऐन अनुसार अगाडि बढ्ने चेतावनी दिएका छन्।
कार्यक्रममा पेशागत महासंघ नेपालका अध्यक्ष पुण्यप्रसाद ढकालेले हक हितको लागि उठाइएका मागप्रति महासंघ सँधै साथमा रहेको बताए।
यस्तै नेकपा एमाले उपत्यका विशेष प्रदेश कमिटीका अध्यक्ष प्रेमकुमार पराजुली, बैंक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ नेपाल राष्ट्रिय समितिका अध्यक्ष धर्मराज मैनाली, बैंक सञ्चालक समितिका अध्यक्ष दिलीपकुमार ढुंगाना, प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, कर्मचारी संघ नेपालका पूर्वअध्यक्ष कमल खरेल, नेपाल राष्ट्र बैंक कर्मचारी संघका अध्यक्ष गीता पोखरेल, नेपाल वित्तीय संस्था कर्मचारी संघ रावा बैंकका अध्यक्ष ईश्वर बहादुर सिंह, नेपाल राष्ट्रिय कर्मचारी संगठन रावा बैंकका अध्यक्ष दिपेन्द्र कार्कीले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए। कार्यक्रममा पेसागत हक, हित तथा संस्थाको सम्बर्द्धनका विषयमा रुपमा उठान गरिएको थियो।
वार्षिकोत्सवको अवसरमा बैंकको केन्द्रीय कार्यालय परिसरमा वृक्षारोपण गरिएको थियो। केन्द्रका साथै संघका विभिन्न प्रदेश समितिमा समेत विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाइएको छ।
गत साउन ४ गते आयोजित रक्तदान कार्यक्रममा ७५ जना बैंक कर्मचारीले रक्तदान गरेका थिए। कार्यक्रममा सुदूर पश्चिम प्रादेशिक समितिलाई कार्यसम्पादन मुल्यांकनमा उष्कृष्ठ भएपावत रनिङशिल्ड प्रदान गरिएको थियो ।
बैंकमा कर्मचारीबीच निबन्ध प्रतियोगिता गरिएकोमा महेशराज भट्ट प्रथम, भावना शर्मा द्वितीय र रुद्रप्रसद अधिकारी तथा राकेशकुमार राय तृतीय भएका छन्। म्युजिकल चेयर खेल प्रतियोगितामा बसन्ता पन्थी प्रथम, द्वितीय अनिषा खनाल र तृतीय दीक्षा खड्का भएका छन्। विजयी प्रतियोगिहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो।
संघले वार्षिकोत्सवकै अवसरमा बरिष्ठ मुटु रोग विशेषज्ञ डा. ओम मुर्ती अनिलसँग अनलाइनबाट स्वास्थ्य सम्बन्धी सचेतना मूलक कार्यक्रम आयोजना गरिएको थियो।