काठमाडौं । एनआईसी एशिया बैंक २७ वर्षमा प्रवेश गरेको छ। बैंक साउन ५ गतेदेखि स्थापनाको २६ वर्ष पार गरी २७ वर्षमा लागेको हो। 'बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’नारासहित अघि बढेको बैंक २७औं वार्षिकोत्सव मनाउन लागेको छ।
२७ वर्षअघि आजकै दिन सम्पूर्ण सरोकारवालाको पहिलो रोजाईको बैंक बन्ने दृढ संकल्पका साथ सुरु भएको यात्रा यहाँसम्म आइपुग्दा देशकै सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बन्न सफल भएको बैंकले जनाएको छ।
यस दौरानमा स्नेह एवं भरोसा दर्शाइ सबैको 'बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि' बन्न अतुलनीय योगदान दिने समस्त ग्राहकवर्ग, नियामक निकायहरू, शेयरधनी महानुभावहरू, कर्मचारीहरू लगायत सम्पूर्ण सरोकारवालाहरू प्रति अत्यन्त अनुगृहीत रहँदै बैंकले सादर नमन एवं धन्यवाद व्यक्त गरेको छ।
बैंकले आगामी दिनमा अझ विश्वस्तरीय, अत्याधुनिक, प्रविधिमैत्री, ग्राहकमैत्री तथा अनुकरणीय अनुभव सहितको बैंकिङ सेवा एवं सुविधा प्रदान गर्दै सबै सरोकारवालाको पहिलो रोजाईको बैंक बन्ने अठोटसमेत गरेको छ।
हाल बैंकले ३६० शाखा, ६७० एटीएम, ११८ विस्तारित काउन्टर एवं ५१ शाखा रहितसञ्जालबाट बैंकिङ सेवा दिँदै आएको छ।
देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्याउन उत्तरदायी बैंकिङको अभ्यास गर्दै स्थापना कालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल २६ अर्ब ५९ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको र गत अर्थिक वर्ष २०८०/८१ मा मात्रै २ अर्ब ८९ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाएको बैंकले जनाएको छ।