काठमाडौं । नेपालको पहिलो र सबैभन्दा लोकप्रिय फुड डेलिभरी कम्पनी फुडमाण्डुको स्टुडेन्ट अप्रेन्टिस प्रोग्रामको तेस्रो ब्याच सुरु हुन गइरहेको छ।
कार्यक्रम विद्यार्थीको मार्केटिङ तथा आन्ट्रप्रेनर्शिपको ज्ञान र व्यावहारिकता बीचको दूरीलाई कम गर्न डिजाइन गरिएको हो। फुडमान्डुले योभन्दा अगाडि सफलतापूर्वक २ ओटा स्टुडेन्ट अप्रेन्टिस प्रोग्राम सञ्चालन गरिसकेको छ भने तेस्रो संस्करण अगस्टको महिनाभरि सञ्चालन गर्ने योजना रहेको कम्पनिले जनाएको छ।
कार्यक्रमबारे बोल्दै फुडमान्डुकी ब्रान्ड एण्ड मार्केटिङ म्यानेजर इनेशा भट्टराईले कार्यक्रममार्फत युवा प्रतिभालाई प्रोत्साहन गर्न चाहेको बताइन्। कार्यक्रमले विद्यार्थीलाई व्यावसायिक ज्ञान दिने र उनीहरूको रचनात्मकतालाई प्रोत्साहित गर्ने लक्ष्य राखेको उनको भनाइ छ।
एक महिनासम्म चल्ने प्रोग्राममा सहभागी विद्यार्थी हप्ताको तीन दिन फुडमान्डुको कार्यालयमा उपस्थित हुने गरेका छन्। विद्यार्थीले रचनात्मक सोच बढाउने, योजना बनाउने, बजेटिङ, लजिस्टिक र ग्राहक अन्तरक्रिया सम्बन्धि व्यावहारिक अनुभव हासिल गर्दै आइरहेका छन्।
कार्यक्रमको अघिल्लो संस्करणमा फुडमान्डु टिमको सुपरीवेक्षण र निर्देशनमा विद्यार्थीले मार्केटिङको व्यावहारिक ज्ञान प्राप्त गरेका थिए। उनीहरूले विभिन्न अन्तरक्रियात्मक प्रोजेक्टमा योजना र रणनीति बनाएर फुडमाण्डुको ब्रान्ड सचेतना र उपस्थिति वृद्धि गरेका थिए।
फुडमाण्डुले आगामी ब्याचको लागि विद्यार्थीको मार्केटिङ र आन्ट्रप्रेनर्शिप सम्बन्धि विस्तृत बुझाइ विकास गर्ने योजना बनाएको छ। कम्पनीले ती बुझाइलाई व्यवहारमा कार्यान्वयन गर्न र नयाँ अडियन्स पत्ता लगाउने कुरामा केन्द्रित रहने बताएको छ।
स्टुडेन्ट अप्रेन्टिस प्रोग्रामको तेस्रो ब्याचप्रति इच्छुक विद्यार्थीलाई व्यवहारिक ज्ञान प्रदान गर्न निकै उत्साहित रहेको कम्पनीले जनाएको छ।