काठमाडौं । सरकारले बिषादीको प्रयोग घटाउन र बिषादी प्रयोगबाट मानव स्वास्थ्यमा हुने हानी र असरबारे सचेतना जगाउँन हरेक बर्ष बिषादी प्रयोग मुक्त सप्ताह मनाउँदै आएको छ । हरेक बर्ष मनाइने सप्ताव्यापी कार्यक्रमले आम किसान बिषादीको प्रयोगमा कत्तिको सचेत भए, अथवा बिषादीको प्रयोग घटाउन गरिएको कार्यक्रमको प्रगति भने शुन्य प्रायः छ ।
सन् २०१३ बाट सुरु भएको बिषादी मुक्त सप्ताह कार्यक्रम यो बर्ष ७ औं पटक मनाउँदैछ । कृषि तथा पशुपन्छी मन्त्रालयअन्तर्गतकाे प्लान्ट क्वारेन्टाइन तथा बिषादी व्यवस्थापन केन्द्रका प्रवक्ता रामकृष्ण सुवेदीका अनुसार यो अवधिमा हरेक बर्ष सो कार्यक्रमका लागि ५ देखि ७ लाख बजेट खर्च हुन्छ । तर, सप्ताहव्यापी कार्यक्रमको प्रभावकारी नदेखिएको सरकारी कर्मचारी नै स्विकार गर्छन् ।
बिषादी प्रयोग मुक्त सप्ताह २०७६ को अवसरमा आयोजित पत्रकार सम्मेलनमा केन्द्रका निमित्त प्रमुख सहदेवप्रसाद हुमागाइले बिषादीको प्रयोग न्युनीकरणमा जनता पनि सचेत हुनुपर्ने बताए । उनले किसानले बिषादीको समुचित प्रयोग गर्न नसक्दा बिषादी आयात बढ्न पुगेको बताए ।
एकल प्रयासले मात्रै बिषादीको प्रयोग न्युनीकरण कार्यक्रम उपलव्धिमूलक हुन नसक्ने भन्दै किसान आफै सचेत हुनुपर्ने उनको भनाइ थियो ।
केन्द्रका अनुसार, गतबर्ष ६३२.४२ टन बिषादी आयात भइ प्रयोग भएको देखिन्छ । जुन, बिषादी आयातमा ८४ करोड रुपैयाँ खर्च भएको केन्द्रको दाबी छ । अघिल्लो बर्षभन्दा गतबर्ष बिषादी आयात बढेको छ । बिषादीको प्रयोग न्युनीकरण र आयात बन्द गर्नुपर्ने कार्यक्रमको उद्धेश्य अनुसार बिषादी प्रयोग मुक्त सप्ताहव्यापी कार्यक्रम हरेक बर्ष मनाइए पनि त्यो व्यवहारिक हुन सकेको देखिएन् ।
६ बर्षमा कार्यक्रमले किसानमा बिषादी प्रयोग न्युनीकरणमा गरिएको उपलव्धि किन हुन सकेन भन्ने पत्रकारको ज्ञिसामा केन्द्रका निमित्त प्रमुख हुमागाइले भने, ‘अझैपनि किसानसम्म सचेतना पु¥याउन सकेका छैनौं । हाम्रो एकल प्रयासले मात्रै हुँदैन् । तर, कोशिस चाहिँ गरिरहेका छौं ।’
केन्द्रले हालसम्म २४ अाेटा खतरानाक बिषादी प्रयाेगमा प्रतिबन्ध लगाएपनि केही समयअघि भने कालीमाटी तरकारी बजारमा रहेकाे प्रयाेगशालाकाे परिक्षणमा खतरनाक बिषादी रहेकाे पुष्टी भएकाे थियाे ।
केन्द्रका प्रवक्ता रामकृष्ण सुवेदीले सानो आकारको बजेटका कारण पनि कार्यक्रम प्रभावकारी हुन नसकेको बताए । तर, ठूलो बजेट कति चाहिन्छ ? भन्ने पत्रकार जिज्ञासामा भने उनले जवाफ दिन सकेनन् ।
केन्द्र हरेक बर्ष बिषादीमुक्त सप्ताह कार्यक्रमअन्र्तगत अन्तरक्रिया, कृषि सुचना प्रसारण, पर्चा, पम्पलेट, स्टिकर तथा पोष्टर वितरण गर्ने गर्छ । यसबर्ष पनि केन्द्रले पुस २१ गतेदेखि २६ गतेसम्म बिषादी प्रयोग मुक्त सप्ताह कार्यक्रम गर्दैछ ।