काठमाडौं । एसियन थाई फुड्स प्रालिले टु पीएम चाउचाउका थप दुई भेरियन्ट सार्वजनिक गरेको छ।
कम्पनीले टु पीएम चाउचाउका ब्रान्ड एम्बासडरसमेत रहेका मास्टर सेफ सन्तोष शाहको रेसिपीअनुसार तयार पारिएको टु पीएम चाउचाउका दुई नयाँ भेरियन्ट भेज मसला करी र चिकन मसला करी बजारमा ल्याएको हो।
चाउचाउको स्वाद, गुणस्तर र प्याकेजिङ उत्कृष्ट रहेको कम्पनीले बताएको छ।
टु पीएम चाउचाउको यी दुई नयाँ भेरियन्ट विकास गर्न धेरै समय लागेको मास्टर सेफ सन्तोषले बताए।
केही समय अघिदेखि उत्पादन रोकिएको टु पीएम चाउचाउको पुनः उत्पादन तथा बिक्री वितरण सुरु गरेको कम्पनीले जनाएको छ ।
विगत २५ वर्षमा कम्पनीले रमपम, प्रीति र टु पीएमजस्ता ब्रान्ड बजारमा उपलब्ध छन्।
अकबरे चिकन चाउचाउ ५० रुपैयाँमै किन्न सकिने कम्पनीले जनाएको छ।
यससँगै अकबरे भेज, कोरियन रामेन, किमची भेज, किमची चिकन, नापोलिटाना, सि फुड, चिज मसरुमजस्ता उत्पादन पनि बजारमा रहिरहने कम्पनीले बताएको छ।
कम्पनीले स्न्याक्सतर्फ प्रिमियम चिज बल्स, अकबरे स्टिक्स, फायर बल्स, स्रिम्प क्रैकर, अनियन रिंग, पञ्जाबी तड्का, फायर क्रैकर, लेमन मिन्ट स्टिक्स, मसला स्टिक्स, पास्ताजस्ता उत्पादन गर्दै आएको छ।
स्थानीय रूपमा उब्जाइएको अकबरे खुर्सानी प्रयोग गरेर टु पीएम अकबरे चाउचाउ उत्पादन गरिँदै आएको कम्पनीका प्रबन्ध निर्देशक महेश जाजुले बताए।
६० ग्रामको प्याकेज २० रुपैयाँमा उपलब्ध हुने चाउचाउले उपभोक्तालाई ‘आहा क्या मिठो’ भन्न बाध्य पार्ने जाजुको दाबी छ। कम्पनीका उत्पादन हाल २७ बढी देशमा निर्यात हुने गरेको छ।