काठमाडौं । एक जमाना थियो, विद्यालयको कालोपाटीमा खरीले लेखेर विद्यार्थी पढाइन्थ्यो। विद्यार्थीको हातमा किताब, पाटी र खरीमात्रै हुन्थे। तर, जमाना फेरिएको छ। विश्व परम्परागत शिक्षा प्रणालीबाट फड्को मार्दै आधुनिक शिक्षा प्रणालीमा प्रवेश गरेसँगै डिजिटल शिक्षाको प्रयोग बढेको छ। बच्चैबाट विद्यार्थीको हात हातमा मोबाइल हुन थालेको छ। ल्यापटप र कम्प्युटर चलाउन थालेका छन्।
तै पनि, नेपालको शिक्षा प्रणालीले समयको यो बेगलाई राम्रोसँग समात्न सकेको छैन। विद्यालयमा प्रविधिबारे आवश्यक सिकाई नहुँदा विद्यार्थी प्लस टु पुगिसक्दासमेत ‘स्मार्ट’ बन्न सकेका छैनन्। साथै सुचना प्रविधि क्षेत्रमा आइरहेका नविनतम प्रविधिले ल्याइरहेका चुनौति सामना गर्न र अवसरको सदुपयोग गर्न तयार पनि छैनन्। प्लस टुपछि आइटी शिक्षा रोज्ने विद्यार्थीसमेत एकैपटक ज्ञानको भारी बोक्न बाध्य छन्।
यिनै कुरालाई मध्यनजर गर्दै विश्वव्यापी रुपमा प्रविधिमा नेतृत्व गरिरहेको आइबिएम कम्पनीले तयार पारेको विश्वस्तरको विद्यालय कार्यक्रम नेपालमा पनि ल्याइएको छ। भारतको चर्चित शिक्षा–प्रविधि कम्पनी ट्रान्सन्यूरनसँगको सहकार्यमा एसियन इ–लर्निङले कक्षा ५ देखि १२ कक्षाका विद्यार्थीहरुका लागि तयार गरिएको आइबिएमको कार्यक्रम नेपाल आएको हो।
आर्टिफिसियल इन्टेलिजेन्स, साइबर सुरक्षा र ब्लकचेन गरी तीनवटा नविनतम सूचना प्रविधिका क्षेत्रहरु समेटेर नेपाललगायत दक्षिण एसियामै पहिलोपटक सुरु गरिएको यो कार्यक्रममा ४० देखि ६० घण्टाका विभिन्न सात वटा कोर्सहरु समावेश छन्। यो कोर्स लिनका लागि सुरुवाती चरणमा मासिक ८५० रुपैयाँदेखि माथिल्लो कोर्षसम्मका लागि २१५० रुपैयाँ शुल्क तोकिएको छ।
यो अत्याधुनिक तथा समय सापेक्ष कोर्सको डिजाइन तथा निर्माण गरेको आइबिएम प्रविधि कम्पनीहरु मध्य सवैभन्दा बढी (एक लाख २२ हजार भन्दा बढी) यूएस पेटेन्ट आफ्नो नाममा दर्ता गरेको कम्पनी हो। सन १९८१ मा विश्वमै पहिलो मध्यको पर्सनल कम्प्युटर बजारमा ल्याएको आइबिएमले संसारको सबैभन्दा उच्च गतिका सुपर कम्प्युटरहरु निर्माण गरेको छ।
एआई र मेशिन लर्निङ्ग लक्षित वाट्सन सुपर कम्प्युटर निर्माण गरेर एआइ क्षेत्रमा नेतृत्व गरेको आइबिएम हामीले दैनिक जीवनमा प्रयोग गरिरहेका एटिएम, डिरयाम, फ्लपी डिस्क, हार्ड डिस्क ड्राइभ लगायत अनगिन्ति प्रविधिको समेत आविष्कारक हो। यस कम्पनीका ६ जना बहालवाला तथा पूर्व कर्मचारीले विभिन्न आविष्कारका लागि ६ वटा विश्वप्रसिद्ध नोबेल पुरस्कार समेत पाइसकेका छन् ।
यसभित्र विश्वस्तरको सिकाई सामाग्री, आइबिएमकै प्रशिक्षकबाट फेस टु गेष्ट लेक्चररको पनि व्यवस्था पनि गरिएको छ। त्यस्तै डिस्कभररको उद्देश्य विद्यार्थीहरुलाई कार्यक्रमभित्र विश्वस्तरको सिकाई सामाग्रीसहित आइबिएमकै प्रशिक्षकबाट फेस टू फेस कक्षा, इन्डष्ट्रीबाट फेस कक्षा, इन्डष्ट्रीका गेष्ट लेक्चररसहित भर्चुअल ल्याबका साथै सामूहिक गतिविधि लगायतका नयाँ र सिर्जनशिल उदयमीका रुपमा स्थापित हन सकोस भन्ने छ।
यसभित्र हप्तामा एक दिन एक देखि डेढ घन्टा पढाउनेगरी ४० देखि ६० घन्टासम्मको कोर्स डिजाइन गरिएको छ। विश्व वजारमा त विभिन्न प्रक्षेपणअनुसार सन् १०.८ खर्ब डलर, ५ सय अर्ब डलर र १.२ खर्ब डलरको हुन अनुमान गरिएको छ।
हाम्रो भावी पिढीं यो २०३० सम्म आर्टिफिसियल इन्टेलिजेन्स (एआइ), साइबर सुरक्षा र ब्लक चेन प्रविधिको आकार क्रमशः अवसरबाट बञ्चित पनि नहोस् र उसले नवीन प्रविधिको प्रयोग सुरक्षित, विश्वसनीय र नैतिक हिसाबले गर्न सकोस भन्ने हेतुले पनि हामीले यो कोर्स नेपालमा लिएर आएको बताइएको छ। आइबिएमको यो विश्वस्तरको कार्यक्रम नेपालमा ल्याएको एसियन इ–लर्निङले यी कोर्ष प्रदेस तथा स्थानीय सरकारसँगको सहकार्यमा देशमा सामुदायिक विद्यालयमा समेत पुर्याउने लक्ष्य लिएको छ।