काठमाडौं । प्रभु बैंक र एवन ग्रेटर नेपाल यातायातबीच नगदरहित भुक्तानी प्रणाली सहकार्य सम्झौता भएको छ।
सम्झौतापछि ट्याक्सी व्यवसायीले बैंकमा रहेको खाताबाट सहज रकम झिक्न, खाताको पूर्ण जानकारी मोबाइल एप्लिकेसनबाटै प्राप्त गर्न सक्नेछन्।
विभिन्न बैंक/वित्त तथा अन्य गेट–वेमार्फत रकमान्तर तथा भुक्तानी गर्न, महसुल तथा शुल्क भुक्तानी गर्न, सार्वजनिक यातयातमा हुने भुक्तानीलाई विद्युतीय भुक्तानी प्रणलीमा आवद्ध गराउन बैंक र कम्पनीबीच सम्झौता भएको हो ।
सम्झौतामा बैंकका गण्डकी प्रदेश प्रमुख व्यवसाय केन्द्र अधिकृत शान्ति शेरचनको उपस्थितिमा प्रमुख प्रदेश अधिकृत राजु राना मगर र एवन ग्रेटरका अध्यक्ष अर्जुन पौडेलले हस्ताक्षर गरे।
सार्वजनिक यातायातका सेवाग्राहीले ट्याक्सी चालकलाई बैंकले उपलब्ध गराएको क्युआरमार्फत विना झण्झट सजिलै ट्याक्सी भाडा भुक्तानी गर्न सकिने छ।
व्यवसायमा आबद्ध २०० भन्दा बढी ट्याक्सी चालकका लागि बैंकले क्युआर, डेबिट कार्ड तथा डिजिटल सचेतनासँग सम्बन्धित सामग्री उपलब्ध गराउने छ।
हाल बैंकले ३०७ शाखा, २८६ एटीएम र ७० एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको छ।