काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित प्रविधि अवार्डको रूपमा परिचित आइसिटी अवार्डको नवौं संस्करणको लागि अनलाइन नोमिनेसन (आवेदन) आज साउन १ गतेदेखि खुल्ला भएको छ।
लिभिङ विथ आइसिटीले हरेक वर्ष आयोजना गर्दै आइरहेको आइसिटी अवार्डमा यस वर्ष थप एक विधासहित १४ विधामा नोमिनेसन खुल्ला गरिएको हो। सोसियल इनोभेसन आइसिटी अवार्ड २०२४ यस वर्ष थप गरिएको विधा हो।
प्रविधि क्षेत्रका स्टार्टअप, इनोभेसन, प्रडक्टसँगै सरकारी तथा निजी संस्थाका डिजिटल सेवाहरू र डिजिटल शिक्षालाई यस अवार्डले समेटेको छ। योगदानको आधारमा विभिन्न क्षेत्रका व्यक्तिलाई फरक फरक अवार्ड विधा अन्तर्गत नोमिनेसन र छनौट गरिनेछ। गत दुई वर्षदेखि दक्षिण एसियाली देशलाई लक्षित गरेर साउथ एसिया स्टार्टअप अवार्ड पनि आइसिटी अवार्डभित्र समावेश भएको छ।
दर्जनौँ प्रि इभेन्ट र छनौट प्रक्रियाका ३० बढी मिटिङ र विभिन्न वैज्ञानिक प्रक्रिया अपनाएर आइसिटी अवार्डका विजेताको छनौट गरिनेछ। १५ बढी जुरी सदस्य र १० बढी जुरी सल्लाहकार रहनेछ।
अवार्डमा क्याटेगोरी ए अन्तगर्त स्टार्टअप, इनोभेसन र प्रडक्टलाई समावेश गरिएको छ। यस अन्तर्गत स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टार इनोभेसन आइसिटी अवार्ड र सोसियल इनोभेसन आइसिटी अवार्ड विधा रहेका छन् । यी विधामा स्वयं प्रतिस्पर्धी आफैले आवेदन दर्ता गर्नुपर्नेछ।
क्याटेगोरी बी अन्तर्गत आइसिटीमार्फत समाज र राष्ट्रको लागि पुर्याएको योगदानको आधारमा अवार्डमा आवेदन लिने गरिन्छ।
अवार्डको अनलाइन नोमिनेशन दर्ता गर्न सकिने आयोजक लिभिङ विथ आइसिटीले जानकारी दिएको छ। नोमिनेशन दर्ता गर्ने अन्तिम मिति भदौ १५ गतेसम्म रहेको छ।
यी हुन आइसिटी अवार्ड २०२४ का लागि
१. स्टार्टअप आइसिटी अवार्ड २०२४
२. प्रडक्ट आइसिटी अवार्ड २०२४
३. राइजिङ स्टार इनोभेसन आइसिटी अवार्ड २०२४
४. सोसियल इनोभेसन आइसिटी अवार्ड २०२४
५. प्रोफेसनल एक्सिलेन्स आइसिटी अवार्ड २०२४
६. पायोनियर आइसिटी अवार्ड २०२४
८. आन्टरप्रेनर आइसिटी अवार्ड २०२४
९. वुमन आइकन आइसिटी अवार्ड २०२४
१०. डिजिटल एजुकेसन आइसिटी अवार्ड (पब्लिक सेक्टर) २०२४
११. डिजिटल एजुकेसन आइसिटी अवार्ड (प्राइभेट सेक्टर) २०२४
१२. डिजिटल गभर्नेन्स आइसिटी अवार्ड २०२४
१३. डिजिटल सर्भिसेस आइसिटी अवार्ड २०२४
१४. साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड २०२४