काठमाडौं। नेपाल टेलिकमले साउन १ देखि लागू हुने गरी मनसुन अफर सञ्चालनमा ल्याएको छ। अफरअन्तर्गत विभिन्न आकर्षक प्याक तथा सुविधा उपलब्ध गराइने टेलिकमले जनाएको छ।
अफरअन्तर्गत प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिने समयावधि रहेको १९९ देखिका कम्बो प्याकेज उपलब्ध हुनेछन्। १९९ मा २०० मिनेट अल–नेट भ्वाइस र २ जीबी डाटासहितको कम्बो १९९ प्याक सञ्चालन ल्याइएको छ।
कम्पनीले २९९ मा ३०० मिनेट अल–नेट भ्वाइस, ४ जीबी डाटा र २० अन–नेट एसएमएससहितको कम्बो २९९ प्याक र ४९९ मा ५०० मिनेट अल–नेट भ्वाइस, ८ जीबी डाटा र १०० अल–नेट एसएमएस सहितको कम्बो ४९९ प्याक उपलब्ध गराउनेछ।
यस्तै, प्रिपेड र पोस्टपेड जुनसुकै मोबाइल प्रयोगकर्ताका लागि सजिलो अनलिमिटेड प्याकअन्तर्गत ६९९ मा अनलिमिटेड अल–नेट भ्वाइस, १५ जीबी डाटा र २०० अल–नेट एसएमएससहितको सजिलो अनलिमिटेड ६९९ रुपैयाँको प्याक प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनको समयावधि रहनेछ।
टेलिकमका अनुसार डाटा प्याकअन्तर्गत १ दिन देखि २८ दिनसम्म समयावधिको २९ देखि ९९९ रुपैयाँ १ जीबीदेखि १०० जीबीसम्मका आकर्षक डाटा प्याक अफरअन्तर्गत ग्राहकले उपभोग गर्न सक्नेछन्। पोस्टपेडमा ३७३ वा सोभन्दा बढी मूल्यको प्याकेज खरिद गर्दा मासिक रुपमा तिनुपर्ने रेन्टल चार्ज पनि प्याकेजमै समावेश गरिएको टेलिकमले जनाएको छ।
यस्तै, कम्पनीकै नेटवर्कमा कल गर्न सकिने नयाँ प्याकेज, जुनसुकै नेटवर्कमा कल गर्न सकिने गरी अल–नेट प्याकेजका साथै ४९ रुपैयाँमा १ दिनका लागि १ एमबीपीएस अनलिमिटेड डाटा प्याकेज र ५९ मा अनलिमिटेड अन–नेट भ्वाइस एवं ५ एमबीपीएससम्मको अनलिमिटेड डाटासहितको अनलिमिटेड नाइट कम्बो प्याक तथा १९९ मा भ्वाइस तथा डाटा सुविधासहितको अनलिमिटेड विक्ली कम्बो प्याक उपलब्ध गराएको कम्पनीले बताएको छ।