काठमाडौं । चौधरी ग्रुपअन्तर्गतको सिजी मोटर्सले देशभर १७५ वटा चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ।
नेपालको ईभी यातायात क्षेत्रमा सिजी मोटर्सले उत्कृष्ट सेवा र व्यापक चार्जिङ स्टेसन नेटवर्कमार्फत उल्लेखनीय सेवा विस्तार गर्दै आएको छ। कम्पनीले अझै चार्जिङ स्टेसन थप्ने योजना बनाएको छ।
निकट भविष्यमा नै दोब्बर चार्जिङ स्टेसन बनाउने गरी काम गरिरहेको कम्पनीको भनाइ छ। नेपालकै सबैभन्दा ठूलो चार्जिङ नेटवर्क र उत्कृष्ट सर्भिस तथा पार्टस सेवाका कारण सिजी मोटर्सले ब्रान्ड छविलाई निरन्तर उचाइमा पुर्याइरहेको कम्पनीको दाबी छ।
बालाजु यातायातका सोमप्रसाद तुलाचनले सिजीको चार्जिङ स्टेसन र सर्भिस नेटवर्कले सवारी सञ्चालनमा निर्धक्कता थपेको बताए। ‘समय-समयमा मेरा गाडी काठमाडौं भन्दा बाहिर जानेगरेका छन्। सिजीको सर्भिस नेटवर्कले गर्दा कुनै समस्या हुँदैन, ढुक्कसँग गाडी पठाउन सक्छु,’ तुलाचन उनले भने। सिजी मोटर्सले ग्राहकको सन्तुष्टिलाई पहिलो प्राथमिकता दिएको जनाएको छ।
चार्जिङ स्टेसन थपिएका कारण ईभी चलाउन सहज भएको अन्नपूर्ण यातायातका तोयनाथ पोखरेलले बताए। ‘चार्जिङ स्टेसनको संख्या बढ्दै जानु र सेवा शुल्क कम हुनु परिवर्तनकारी हो। काठमाडौंका ३ स्थानमा सिजीको सर्भिस स्टेसन राखेकाले हामीलाई जुन कुनै स्थानबाट सहजै सर्भिस तथा स्पेयर उपलब्ध भइरहेको छ,' उनले भने।
कम्पनीले रोडसाइड असिस्टेन्स सेवा पनि सञ्चालन गरिरहेको छ। सावारीसाधनलाई छिटो र प्रभावकारी सेवा तथा सहयोग गर्न कम्पनी सधैँ तयार रहेको जनाएको छ।
सिजी मोटर्सको नेपालभर १५ भन्दा बढी सर्भिस स्टेसन रहेको छ। विर्तामोड, इटहरी, लाहान, जनकपुर, सिन्धुली, सुर्खेत, विरगंज, हेटौंडा, चितवन, पोखरा, बुटवल, नेपालगञ्ज, धनगढी साथै काठमाडौंमा, हात्तीवन, चावहिल र भक्तपुरमा सर्भिस स्टेसन छन्।
कम्पनीले किङलङ र केवाइसी ईभी भ्यान मर्मतका लागि देशका विभिन्न १५ स्थानमा सर्भिस सेन्टर सञ्चालन गरिरहेको छ। ती सेन्टरमा उच्च प्रशिक्षित प्राविधिकले सेवा उपलब्ध गराइरहेको कम्पनीले जनाएको छ।