काठमाडौं। यस वर्षको नाडा अटो शोमा करिब एक दर्जन ब्रान्डले नयाँ गाडी भित्र्याउने पक्का भएको छ। नाडा अटोमोबाइल्स एसोशिएसन अफ नेपाल (नाडा)ले आगामी भदौ ११ देखि १६ सम्म आयोजना गर्ने नाडा अटो शोमा एक दर्जन ब्रान्डले नयाँ गाडी ल्याउने पक्का भएको हो।
यद्यपि, अटो शो सुरु हुन अझै डेढ महिना बाँकी रहेकाले अन्य थुप्रै ब्रान्डले पनि नयाँ गाडी भित्र्याउने देखिन्छ।
नाडा अटो शो–२०२४ मा नेपाल भित्रिने पक्का भएमध्ये सबैजसो गाडी विद्युतीय रहेका छन्। गत वर्ष १५औं संस्करणको नाडा अटो शोमा पनि ईभीकै वर्चस्व थियो। यस वर्ष पनि त्यसले निरन्तरता पाउने देखिएको छ। इन्धन गाडीतर्फ हालसम्म महिन्द्राले नयाँ ब्रान्ड ल्याउने तयारी गरेको जनाएको छ। अन्य ब्रान्डले नयाँ चार पांग्रे ल्याउने निश्चित नगर्दा एकमदै कम इन्धन गाडीले मात्रै अटो शोमा उपस्थिति जनाउने देखिन्छ।
गत वर्षको नाडा अटो शोमा बिवाइडी, एमजी–४, कोमेट इभि, सेरेस–३, नेटा भी, टाटा टियागोलगायतका गाडीप्रति ग्राहकको बढी आकर्षण देखिएको थियो। यी ब्रान्डको वर्षभरीको बिक्रीवितरण पनि निकै राम्रो रहेको छ। सोहीअनुसार यस वर्षपनि नयाँनयाँ ब्रान्डबीच उच्च प्रतिस्पर्धा हुने देखिन्छ। मूल्य, फिचर, आकार लगायतका विषयमा उत्कृष्ट रहने ब्रान्डले नै अटो शो र त्यसपछिको करिब एक वर्ष बजारमा राम्रो उपस्थिति जनाउने देखिन्छ। विगतका वर्षजस्तै यस वर्ष पनि दर्जन बढी नयाँ ब्रान्डबिच तिब्र प्रतिस्पर्धा हुने देखिन्छ।
१ करोड ४५ लाखको अवतार–११
आगामी भदौमा आयोजना हुने नाडा अटो शो २०२४ मा विशेष आकर्षणको रुपमा देख्न सकिने अवतार–११ ले नेपाली बजारमा प्रवेश गरिसकेको छ। दुई व्यवसायीक घराना सिजी मोटर्स र एमएडब्लु राइड मिलेर नेपाल ल्याएको अवतार–११ को मूल्य १ करोड ४५ लाख रुपैयाँ तोकिएको छ। अवतार–११ मा ९०.३८ किलोवाट आवर ब्याट्री प्याक दिइएको छ। उक्त ब्याट्रीलाई सिंगल चार्जमा ५५५ किलोमिटर चलाउन सकिने सीएलटीसीले प्रमाणित गरेको छ। अवतार–११ मा २३० किलोवाटको रियर ह्वील ड्राइभ मोटर उपलब्ध छ।
कम्पनीले अवतार–११ मोडल ७५० हाइभोल्टेज प्लेटफर्ममा बनाएको हो। हाइभोल्टेज प्लेटफर्ममा बनेको कारण यसले २४० किलोवाटको फास्ट चार्जर सपोर्ट गर्छ। यसलाई १० मिनेट चार्जगर्दा २०० किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ। यसको इन्टेरियरमा १०.२५ इन्चको डिजिटल इन्ट्रुमेन्ट क्लस्टर, १५.६ इन्चको इन्फोटेन्मेन्ट स्क्रीन दिएको छ। पछाडि बस्ने यात्रुको लागि छुट्टै १०.२५ इन्चको डिस्प्ले स्क्रीन समेत दिइएको छ। यसमा प्रयोग भएका सबै स्क्रीनहरु हुवावेको सफ्टवेरले संचालन गर्छ। यसको लम्बाई ४८८० एमएम, चौडाई १९७० एमएम, उचाई १६०१ एमएम र ह्वीलबेस २९७५ एमएम छ।
प्रिमियम एसयूभीमा २ वटा वायरलेस मोबाइल चार्जिङ प्याड, रोड न्वाइज क्यान्सिलेसन तथा एक्टिभ साउण्ड इनह्याचमेन्ट सिस्टम सहितको १४ वटा स्पीकर पाउन सकिन्छ।
शारडा ग्रुपले ल्याउँदै जिकर एक्स
शारडा ग्रुपले ल्याउने तयारी गरेको जीकर एक्समा ६९ किलोवाट आवरको ब्याट्री प्याक दिएको छ। यसले एक पटकको फुल चार्जमा ४०० किलोमिटर रेन्ज दिने कम्पनीको दावी छ। जीकर एक्समा १४.६ इन्चको सेन्टर कन्ट्रोल स्क्रीन, ८.८ इन्चको इन्ट्रुमेन्ट क्लस्टर र ५.७ इन्चको रियर क्लाइमेट सेटिङ टचस्क्रीन रहेको छ। साथै यसमा हेडअप डिस्प्ले समेत दिइएको छ।
यो एसयूभीको लम्बाई ४४५० एमएम, चौडाई १८३६ एमएम र उचाई १५७२ एमएम तथा ह्विलवेश २७५० एमएम र ग्राउण्ड क्लियरेन्स १७५ एमएमको छ।
जेको जे–६
जेको जे–६ चिनियाँ चेरी ब्रान्ड अन्तर्गतको सब ब्रान्ड हो। यस गाडीलाई आगामी नाडा अटो शोमा शारडा ग्रुपले ल्याउने तयारी गरेको छ। जेको जे–६ ओमोडाको स्टलमा राख्ने तयारी शारडा ग्रुपले गरेको छ। यो ५ सिट क्षमताको इलेक्ट्रिक एसयूभी हो। यस एसयूभीमा ६९.८ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री जडान गरिएको छ।
यसले ३८५ न्युटन टर्क जेनेरेट गर्छ। जेको जे–६ ले सिंगल चार्जमा ५०१ किलोमिटर रेन्ज दिने दावी गरिएको छ। यसको लम्बाई ४४०६ एमएम, चौडाई १९१० एमएम र उचाई १७१५ एमएम रहेको छ। यसको ह्ीलबेस २७१५ एमएम छ।
महिन्द्रा यसयूभी थ्रीएक्सओ
महिन्द्रा गाडीको नेपालको लागि आधिकारिक विक्रेता अग्रि इनकर्पाेटेड प्रालिले नाडा अटो शो २०२४ मा नयाँ यसयूभी थ्रीएक्सओ ल्याउने तयारी गरेको छ। यो एसयूभीमा भर्टिकल हेडल्याम्प सेटअप, रिडिजाइन ग्रिल, अपडेटेड बम्पर, कनेक्टेड टेललाइट, नयाँ डिजाइनको डिउलटोन अलोय ह्वील जस्ता एक्टेरियर फिचर छन्।
नयाँ यसयुभी थ्रीएक्सओमा इन्टेरियरमा १०.२५ इन्चको फ्लोटिङ टचस्क्रीन इन्फोटेन्मेन्ट सिस्टम, १०.२५ इन्चको इन्टुमेन्टल क्लस्टर, ३६० डिग्री क्यामरा, हर्मन कार्डनको ७ वटा स्पीकर, भेन्टीलेटेड सिट, रियर एसी भेन्ट, प्यानारोमिक सनरुफ पाउन सकिन्छ।
महिन्द्राले यसमा १.५ लिटर डिजेल इन्जिन, १.२ लिटरको टर्बो पेट्रोल र १.२ लिटरकै डाइरेक्ट इन्जेक्सन टर्बो पेट्रोल गरी तीन फरक इन्जिन दिएको छ। तर, नेपाल भने १.२ लिटर टर्बो पेट्रोल इन्जिनमा रहने अनुमान गर्न सकिन्छ। यसमा ६ स्पीड म्यानुअल र ६ स्पीड अटोमेटिक गियरबक्स दिइएको छ।
राडार आरडी–६
राडार गाडी नेपालमा आउन लागेको नयाँ ब्रान्ड हो। नेपालमा राडार ब्रान्ड चौधरी ग्रुप अन्तर्गतको सिजी माटर्सले २०२४ को नाडा अटो शोमा ल्याउने तयारी गरेको छ। यसको लम्बाई ५२६० एमएम, चौडाई १९०० एमएम, र चौडाई १८३० एमएम रहेको छ। साथै यसको ह्ीलबेस ३१२० एमएम छ।
आरडी ६ मोडलको पिकअपमा २०० किलोवाट पिक पावरको सिंगल र डुअल मोटर छ। यो पिकअपले २२७ पीएस पावर जेनेरेट गर्छ। यो गाडी ६३ किलोवाट आवर एलएफपी, ८६ किलोवाट आवर (एनएमसी) र १०० किलोवाट आवर (एनएमसी) गरी तीन ब्याट्री विकल्पमा उपलब्ध छ। राडार आरडी ६ ले एक पटकको फुल चार्जमा ४०० देखी ६०० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ।
त्यस्तै यो पिकअपले ११ किलोवाटको एसी चार्जर र १२० किलोवाटको डीसी फास्ट चार्जर सपोर्ट गर्छ। राडार आरडी ६ रियर ह्वील ड्राइभ र फोर ह्वील ड्राइभ अप्सनमा उपलब्ध छ।
एक्सपेङ
एक्सपेङ नेपाली बजारमा भित्रिने तयारीमा रहेको नयाँ ब्रान्ड हो। यो ब्रान्ड आगामी अटो शोका लागि सिजी मोटर्सले ल्याउने तयारी गरेको छ। एक्सपेङको जी ६ मा ६६ किलोवाट आवर र ८७.५ किलोवाट आवर गरी दुई ब्याट्री प्याक छ। कम्पनीका अनुसार यसमा भएको ब्याट्रीको फुल चार्जले ५८० देखी ७५५ किलोमिटरसम्मको रेन्ज दिने छ। यसले ४८० किलोवाटसम्मको डीसी फास्ट चार्जर सपोर्ट गर्छ।
यसमा २१८ किलोवाटका सिंगल मोटर रियर ह्ील ड्राइभ र ३५८ किलोवाटको ड्युल मोटर अलह्ील ड्राइभ सिस्टम दिएको छ। यसले ६६० न्युटन टर्क जेनेरेज गर्छ। एक्सपेङ जी ६ मा टुइन स्पोक ओभल सेपको स्टेरिङ ह्ील, १०.२ इन्चको इन्स्ट्रमेन्ट क्लस्टर र १५ इन्चको इन्फोटेन्मेन्ट डिस्प्ले एक्सपेङ एक्समार्ट ४.० अपरेटिङ सिस्टम र हिटपम्प वेस्डको एयर कन्डिसन सिस्टम छ।
लिपमोटर
चिनियाँ विद्युतीय ब्रान्ड लिपमोटरका मोडल टी–०३ र सी–१० सांग्रीला मोटर्सले नाडा अटो शोमा ल्याउने तयारी गरेको छ। दुई मोडलको लागि सांग्रीला मोटर्सले स्टल बुकिङ समेत गरिसकेको जनाएको छ। यी मध्ये एक मोडल टी–०३ एमएडब्लुले नेपाल ल्याइसकेको छ।लिपमोटर टी–०३ मा ५५ किलोवाट र ८० किलोवाट मोटर पावर उपलब्ध छ। यसमा ३१.९ किलोवाट आवर र ४१ किलोवाट आवर क्षमताको ब्याट्री छ। यसमा भएको ब्याट्रीले एकपटकको फुल चार्जमा ३१० देखी ४०३ किलोमिटरसम्मको रेन्ज प्रदान गर्दछ।
यसमा ४५ किलोवाटको फाष्ट चार्जर ६.६ किलोवाटको एसी चार्जर सपोर्ट गर्छ। यो ५ डोर प्योर इभी ह्याचब्याक हो। यसमा ३ वटा ड्राइभिङ र ३ वटा स्टेरिङ मोडहरु उपलब्ध छन्।
सी–१०
सांग्रीला मोटर्सले नाडा अटो शो २०२४ मा ल्याउन लागेको सी–१० यसयूभी गाडी हो। यसमा ५२.९ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ। एक पटकको फुल चार्जमा ४१० किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ। सी–१० को लम्बाई ४७३९ एमएम, चौडाई १९०० एमएम, र उचाई १६८० एमएम छ। यसको ह्वीलबेस २८२५ एमएम छ। यो गाडीको ग्राउन्ड क्लियरेन्स १८० एमएम रहेको छ।
काई एक्स–३ प्रो
चिनियाँ विद्युतीय ब्रान्ड काई एक्स–३ प्रो केही समय अगाडी लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी ई–मोविलिटीले नेपाल भित्र्याएको थियो। र कम्पनीले नाडा अटो शोमा काई एक्स–३ प्रो प्रदर्शनीको लागि राख्ने जनाएको छ। यो एसयुभीमा ५३.६ किलोवाट आवरको लिथियम आयोन फस्फेट ब्याट्री र १२० किलोवाट क्षमताको मोटर जडान गरिएको छ। यो गाडीले अधिकतम २८० एनएम टर्क जेनेरेट गर्दछ।
यो गाडी एकपटको फुल चार्ज गर्दा ४०१ किलोमिटर रेन्ज दिने कम्पनीले दावी गरेको छ। यसलाई ७ किलोवाट क्षमताको एसी चार्जरले ८ घन्टामा फुल चार्ज गर्न सकिन्छ। साथै, १०० किलोवाटसम्मको चार्जर सपोर्ट गर्ने एसयूभीलाई ३० मिनेटमा ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिने कम्पनीले जनाएको छ।
काई एक्स–३ प्रोको लम्बाई ४४०० एमएम, चौडाई १८३१ एमएम र उचाई १६५३ एमएम रहेको छ। ५ सिट क्षमताको यो गाडीमा २६३२ एमएमको ह्वीलवेस छ। यसमा १८३ एमएमको ग्राउन्ड क्लियरेन्स छ।
चांगन लुमिन
आगामी नाडा अटो शो २०२४ मा चांगनको लुमिन मिनी इभी एमएडब्लु वृद्धि मोटोकर्पले ल्याउने तयारी गरेको छ। एमडब्लु वृद्धिले नेपाल ल्याउन लागेको लुमिन मिनी इभी २१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। चांगान लुमिन मिनी ईभीमा ३५ किलोवाटको मोटर तथा २८.०८ र १७.६५ किलोवाट आवरको सीएटीएलको ब्याट्री प्याक छ।
यसको टप भेरियन्टले एक पटकको फुलचार्जमा ३०१ किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ। यसको लम्बाइ ३२७० एमएम, चौडाइ १७०० एमएम र उचाइ १५४५ एमएम छ। यसको ह्वीलबेस १९८० एमएम छ। यसलाई डीसी फास्ट चार्जरले ३५ मिनेटमा ३० बाट ८० प्रतिशतसम्म रिचार्ज गर्न सकिन्छ। निकै आकर्षक इन्टेरियर रहेको लुमिन ईभीमा थ्री स्पोक स्टेरिङ ह्वील, १०.२५ इन्चको फ्लोटिङ टचस्क्रीन, रिभर्स क्यामरा, मोबाइल फोन इन्टरकनेक्सन, भोइस कन्ट्रोल जस्ता हाइटेक फिचर पाउन सकिन्छ।