काठमाडौं । नेपालमा मोटुल लुब्रिकेन्ट बिक्री–वितरण सुरु गरेको ६ महिनामै आईएमई इलेक्ट्रिक, ‘मोटुल इन्डिया एलिट क्लब’मा समावेश भएको छ।
नेपालका लागि मोटुल लुब्रिकेन्टको आधिकारिक वितरक आईएमई इलेक्ट्रिकले गत डिसेम्बर २०२३ देखि नेपालमा मोटुल लुब्रिकेन्ट बेच्न थालेको थियो। छोटो समयमै उत्कृष्ट बजार हिस्सा लिन सफल भएपछि आईएमई इलेक्ट्रिकले अन्तर्राष्ट्रिय स्तरको प्रशंसा प्राप्त गरेको हो।
विश्वव्यापी रूपमा ‘सिन्थेटिक लुब्रिकेन्टको विशेषज्ञ’को पहिचान कायम गरेको मोटुल फ्रेन्च कम्पनी हो। कम्पनीले पर्फमेन्स प्रोडक्टको उत्पादन र बजारीकरणका लागि विशेषज्ञता हासिल गरेको छ। विगत १५० वर्षभन्दा लामो समयदेखि मोटुल क्वालिटी, इनोभेसन र रेसिङका लागि पर्यायवाची बनेको छ।
मोटुल इन्डियाले चेक रिपब्लिकको प्रागमा आयोजना गरेको कन्फ्रेन्समा आईएमई इलेक्ट्रिक सहभागी भएको थियो। उक्त कन्फ्रेन्समा भारत, नेपाल, बंगलादेश र श्रीलंका टप पर्फमेन्स गरेका डिष्ट्रिब्युटर सहभागी थिए।
उल्लेख्य बिक्री बढाएबापत डिष्ट्रिब्युटर तथा डिलरलाई मान्यता प्रदान गर्न सो कन्फ्रेन्स आयोजना गरिएको थियो। आईएमई इलेक्ट्रिकले गरिरहेको द्रुत विकास र यसले नेपालमा लुब्रिकेन्ट बजारमा पारेको प्रभावलाई सो मान्यताले पुष्टि गरेको छ।
आईएमई मोटर्स तथा आईएमई इलेक्ट्रिकका सीईओ हेमन्त पुराणिकले मोटुल इन्डियाको प्रतिष्ठित एलिट क्लबमा समावेश भई सम्मानित हुन सकेकोमा खुसी व्यक्त गरे। आईएमई इलेक्ट्रिकले नेपाली लुब्रिकेन्ट बजारमा मार्केट लिडर बन्ने क्रमलाई तीव्रता दिइरहेको र यसका लागि मोटुलको रणनीतिक साझेदारी तथा ग्राहक सन्तुष्टिका लागि गरिएको कार्यलाई समेत सीईओ पुराणिकले धन्यवाद दिए।
मोटुल इन्डियाका सीईओ नागेन्द्र पाईले ‘महत्त्वपूर्ण उपलब्धि सहित एलिट क्लबमा समावेश हुन सफल भएकोमा आईएमई इलेक्ट्रिक टिमलाई बधाई दिएको कम्पनीले जनाएको छ।