काठमाडौं। राकुराले ५ दशकभन्दा बढीको अनुभवमा आधारित नेक्स्ट जेनरेसन चिया उत्पादन लन्च गरेको छ। नयाँ उत्पादनले नेपालको चिया उद्योगमा नयाँ मापदण्ड स्थापित गर्नुका साथै विश्वमा नेपाली चियालाई नयाँ उचाइ दिने कम्पनीको विश्वास छ।
राकुराले सार्वजनिक गरेको म्याजिक नटु टी-ब्याग अत्याधुनिक ट्यान्डेम एयर(नटेडु प्रविधि प्रयोग गरेर उत्पादन गरिएको कम्पनीले बताएको छ। नयाँ गैरताप सिल गरिएको, दुई खण्ड भएको चियाको थैलीको डिजाइनले विश्वकै पहिलोमध्ये एक र नेपालको एकमात्र पूर्ण प्लास्टिक र ग्लुमुक्त टी(ब्याग हुने कम्पनीको दाबी छ।
उक्त प्रविधि र नयाँ अत्याधुनिक, अनब्लिच्ड फिल्टर कागज (जसमा क्लोरिन, एपिक्लोरोहाइड्रिन र अन्य हानिकारक पदार्थरहित)ले नयाँ उत्पादनलाई उत्कृष्ट स्वच्छ स्वादको चिया अनुभव दिनेछ भने घरमै कम्पोस्ट गर्न मिल्ने चियाको थैली बनाउँछ।
म्याजिक नट चिया थैलीमा विश्वकै पहिलो प्रमाणित जैविक, अनब्लिच्ड धागोजस्ता नवीनता पनि समावेश छन् (जसले गैरजीएमओ कपास र हानिकारक रसायन नभएको सुनिश्चित गर्छ भने अपडेट गरिएको इजी-होल्ड ट्याग समात्न बढी आरामदायक र फुड ग्रेड कागज र मसीबाट बनेका छन्।
राकुराले पछिल्लो जुस रड्स प्रविधिको विकासका साथ आफ्नो सबै चियालाई पूर्ण प्राकृतिक तथा प्रमाणित जैविक, चिया इन्फ्युजन मात्र हुने पनि घोषणा गरेको छ।
कम्पनीले २१ नयाँ प्रकारका चिया उत्पादन गरेको छ। राकुराका टी-ब्याग अब ताजा प्याकहरूमा आउनेछन्। राकुराले सन् २०३० सम्म वा सोभन्दा चाँडै कार्बन र प्लास्टिक तटस्थ बन्ने प्रतिबद्धता जनाएको कम्पनीका प्रबन्ध निर्देशक निराज राठीले भने।
मूल्य र उपलब्धता
राकुरा नेक्स्ट जेनेरेसन चियाको थैलीहरू क्लासिक, प्रिमियम, प्राकृतिक चिया र जडीबुटी इन्फ्युजन्स साथै सेलेक्सन श्रेणीमा उपलब्ध हुनेछ, जसको मूल्य भेरियन्टको आधारमा प्रतिप्याकेट १७९ देखि २७९ रूपैयाँसम्म हुनेछ।
यी चिया आउँदो सातादेखि काठमाडौंका सबै प्रमुख पसल, मार्ट र सुपरमार्केटमा उपलब्ध हुनेछन् भने एक महिनाभित्र देशभर र अनलाइनबाट पनि खरिद गर्न सकिनेछ।