काठमाडौं । ओमोडाको आधिकारिक बिक्रेता एसपीजी अटोमोवाइलले नेपालगञ्जमा नयाँ सोरुम सञ्चालनमा ल्याएको छ। कम्पनीले नेपालगञ्जको करकन्दोमा नयाँ सोरुम सञ्चालन गर्नुका साथै ओमोडा ई–५ सार्वजनिक गरेको छ।
ओमोडाले डिलर नेटवर्कको विस्तार गर्दै विभिन्न क्षेत्रका ग्राहकलाई सहज सेवा प्रदान गर्ने उद्देश्यका साथ नयाँ सञ्चालन गरिएको जनाएको छ।
नयाँ सोरुम उद्घाटन समारोहमा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट, नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामी, सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी (एसपीजीएच) अध्यक्ष चिन्तामणि न्यौपानेलगायत व्यक्तिको उपस्थिति थियो।
नयाँ सोमरुबाट गाडी किन्ने ग्राहकले बजेट अगाडिकै पुरानो मूल्य ६१ लाख ९९ हजार रुपैयाँमा ओमोडा ई–५ खरिद गर्न सक्नेछन्। ड्यूल टोन कलरको गाडीको मूल्य ६२ लाख ४९ हजार रहेको छ।
ओमोडा ई–५ मा रहेको ६१ किलोवाट आवरको ब्लेड ब्याट्रीले सिंगल चार्जमा ४३० किलोमिटरसम्म रेन्ज दिन्छ। यसमा १८० एमएमसम्म ग्राउन्ड क्लियरेन्स रहेको छ। ओमोडा ई–५ मा ९९ किलोवाटको मोटर र लेभल २.५ एडास फिचर पाउन सकिन्छ। ओमोडा ई–५ नेपालमा सफल इलेक्ट्रिक एसयूभी हो।
‘हामी ओमोडा ई–फाइभले पाइरहेको बजार प्रतिक्रियाबाट निकै उत्साही छौं। ग्राहकहरूलाई विद्युतीय सवारीसाधनमा भएको पछिल्लो प्रगतिको आदानप्रदान गर्दै नयाँ गाडी प्रदर्शनी गर्ने तथा खरिदमा उचित फाइनान्सिङ गर्ने लगायतका सबै ठाउँमा प्राप्त गर्न सकिने सुविधा सुनिश्चित गर्ने हाम्रो प्रतिबद्धता हो,’ गौरव शारडाले भने, ‘नेपालगञ्ज क्षेत्रमा रहेका ग्राहक र उपभोक्ताको चाहना अनुसार नै हामीले नयाँ सोरुम सञ्चालनमा ल्याएका हौं।’
नेपालगञ्जमा एसपीजी अटोमोबाइल्सको डिलरको रूपमा सिद्धार्थ टेक प्रालिलाई नियुक्त गरेको हो।