काठमाडौं । देशभर मनसुन सक्रिय भएसँगै विभिन्न क्षेत्रमा भारी वर्षा भइरहेको र बाढी पहिरोका घटना बढिरहेका छन्।
बाढी पूर्वानुमान महाशाखाले आज दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी र आसपासका जिल्ला भई बहने अधिकांश साना नदीमा बहाब बढ्ने तथा केही नदीमा आकस्मिक बाढीको जोखिम रहेको बताएको छ।
आज आज झापा, मोरङ, सुनसरी, मकवानपुर, सिन्धुपाल्चोक, दोलखा, बारा, गोरखा, कास्की, अर्घाखाँची, पर्वत, स्याङ्जा, पाल्पा, गुल्मी, प्युठान, म्याग्दी, पर्सा, चितवन, नवलपरासी, कपिलवस्तु, रुपन्देही, जाजरकोट, सुर्खेत, अछाम, बाजुरा, बैतडी, बझाङ र आसपासका जिल्ला भई बहने अधिकांश नदीमा बाडीको जोखिम रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
आज दिउँसो देशभर साधरणतया देखि पूर्णतया बदली रहने छ। सबै प्रदेशका धेरै स्थानमा चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी, बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा मधेस प्रदेशका एक/दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।