बिगमार्ट सुपरमार्केटले सेवा थालनी गरेको १५औं वार्षिकोत्सव अवसरमा महिना दिनसम्मै विभिन्न छुट तथा उपहार अभियान घोषणा गरेको छ। वार्षिकोत्सव छुट तथा उपहारको अभियान जुलाई महिनाभर सञ्चालन हुनेछ। नेपालमा सञ्चालनमा रहेका सुपरमार्टमध्ये ग्राहक रोजाइमा पर्दै आएको बिगमार्टका म्यानेजर साजन पौडेल यस्ता छुट तथा उपहार अभियानले व्यवसाय विस्तारमा सघाउ पुग्ने बताउँछन्। यसअघिका वार्षिकोत्सवमा सार्वजनिक गरिएका अफर, सेवा–सुविधाले बिगमार्टको व्यवसाय विस्तारमा सघाउ पुगेको उनी ठान्छन्। कम्पनीको बजार विस्तार र आगामी योजनाका विषयमा केन्द्रित रहेर बिगमार्ट सुपरमार्केटका बजार व्यवस्थापक पौडेललाई क्यापिटल नेपालले सोधेका ५ प्रश्नः
बिगमार्टले १५औं वाषिकोत्सव मनाउँदै छ। तपाईंहरुले ग्राहक लक्षित कस्ता योजना र अफर ल्याउनुभएको छ?
बिगमार्टले नेपालकै ठूलो मार्केट ‘लिड’ गरेको छ। नेपालको खुद्रा बजारमा बिगमार्टले १५ वर्ष पूरा गरेको अवसरमा १५ भाग्यशाली ग्राहकलाई १५ तोला सुन (प्रतिव्यक्ति एक तोला) र १५ वटा स्मार्टफोन (प्रतिव्यक्ति एक थान) दिइनेछ। यसबाहेक बिगमार्टमा किनमेल गर्दा स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्ने ग्राहकले १० प्रतिशत डिस्काउन्ट वा १०० रुपैयाँ छुटमध्ये जुन कम हुन्छ, त्यो तत्काल प्राप्त गर्न सक्छन्। यो अवसरमा सबै ग्राहकको लागि केही न केही छ भन्ने सुनिश्चित गर्न थुप्रै सामानको मूल्यमा विशेष छुट दिइएको छ।
ग्राहकका लागि १५ तोला सुन र १५ वटा स्मार्ट फोन जित्ने मौका ल्याउनुभएको छ। कस्ता ग्राहकले यो अफर जित्न सक्छन्?
यो एकमहिने अवधिमा बिगमार्टमा ७५० रुपैयाँ वा सोभन्दा बढीको किनमेल गर्ने ग्राहक स्वतः लक्की ‘ड्र’ मा प्रवेश गर्र्नुछनेछ। यसरी १ महिनासम्म ग्राहकले सामान किनेको भौचर लक्की ड्र बक्समा राखेर पोष्ट क्याम्पियन सकिएपछि बिगमार्टले लकि ड्र गरेर १५ जनालाई एक–एक तोला गरेर १५ तोला सुन दिने घोषणा गरेको छ। १५ वटा स्मार्टफोन जित्न बिगमार्टका आउटलेटमा राखिएका फोटो बुथमा आफ्नो फोटो खिच्नुपर्नेहुन्छ। बिगमार्टले आधिकारिक सोसल मिडिया पेजमा ती फोटो अपलोड गर्नेछ। अपलोड गरिएका फाेटो ग्राहकले आफ्नो सामाजिक सञ्जालमार्फत सेयर गर्नुपर्नेछ। बिगमार्टले छानेर भाग्यमानी ग्राहकलाई स्मार्ट फोन दिइनेछ।
तपाईंहरुले ग्राहक लक्षित योजना बेलाबेला ल्याइरहनुहुन्छ। यसले बिक्री वितरणमा कत्तिको सहयाेग पुग्छ?
बिगमार्टले ल्याएको अफरले बिक्री वितरणभन्दा पनि ग्राहकलाई सन्तुष्टि दिने लक्ष्य हाे। बिक्री पनि राम्रै हुन्छ। यस्ता अफरले ६० प्रतिशत व्यापार वृद्धि हुनेभन्दा पनि यसमा दिगो ग्राहकले के पाए भन्ने कुरा हुन्छ। बिगमार्टले यस्तो योजना बार्षिकोत्सव, दशै, तिहार, नयाँ वर्ष, आमाको मुख हेर्ने दिनलगायतलाई लक्षित गरी अफर ल्याउने गरेका छौं। अन्यमा एक साता, तीन दिनको गरेर अफर ल्याएका हुन्छौं। चाडपर्वलाई लक्षित गरी मात्र नभई हरेक बुधबार र शनिबार पनि छुट दिइने गरेको छ। बिगमार्टको एउटा राम्रो पक्ष भनेको ग्राहकलाई छुटका लागि कुनै पनि किसिमको कार्ड प्रयोग गरिँदैन। बिगमार्टमा टेलिफोन नम्बर सिस्टम छ। त्यसैले कुनै खाले छुट सुविधा दिएको छ भने फोन नम्बरबाटै रजिष्टर गर्छन्। रजिष्टर गर्नेबित्तिकै जति पनि छुट हुन्छ, त्यो सबै लिन पाइन्छ।
खासगरी यस्ता अफर र योजना घोषणा गर्नुको कारण के हो? ग्राहकलाई बिगमार्टमा जाेडिन यसले थप मद्दत गर्छ?
हामीले बिगमार्टसँग ग्राहकलाई जोडिराख्न बाह्रैमास विभिन्न अफर ल्याइरहेका हुन्छौं। यसले खरिदकर्ता ग्राहक र हाम्रो सम्बन्ध थप बलियो हुन्छ। अफरले कुनै पनि नयाँ ग्राहक आउँदा बिगमार्टसँग निरन्तर जोडिने सम्भावना रहिरहन्छ। त्यसले गर्दा बिगमार्टलाई पनि मद्दत हुन्छ। त्यो ग्राहकलाई पनि राम्रो अफर भयो भने सबैलाई सहयोग पनि हुन्छ।
आगामी दिनमा ग्राहकलाई सन्तुष्टि दिन लागि तपाईंहरुसँग कस्ता योजना छन्?
हामीसँग अहिले जति स्रोत छ, त्योभन्दा अझै थप गर्दै जाने योजना बिगमार्टको छ। धेरै ठाउँमा अझै बिगमार्ट पुग्न सकेको छैन। उपत्यकामा मात्र नभएर उपत्यकाबाहिर पनि धेरै ठाउँमा जान बाँकी छ। अहिलेको अवस्थामा पोखरा, चितवन र काठमाडौं उपत्यकामा बिगमार्टको स्टोर छ।अझै धेरै ठाउँमा शाखा विस्तार गर्ने योजना बिगमार्टले बनाइरहेको छ। त्यो हिसाबले पनि बिगमार्टले अझै धेरै ग्राहकलाई सुविधा दिन सक्छ। बिगमार्टका पोखरामा ५, चितवनमा १, काठमाडौं, भक्तपुर र ललितपुरमा गरी ८९ वटा शाखा छन्। यी सबै शाखा खरिद गर्ने ग्राहकले १५औं वार्षिकोत्सव अवसरमा १५ तोला सुन र १५ वटा स्मार्ट फोन जित्ने अफर सहभागी हुन सकिन्छ।