काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपाली ग्राहकका लागि जुलाई ज्याकपट अफर सुरु गरेको छ। अफरको साथ ग्राहकले रेड्मी नोट १३ सिरिज मोडेलमा ४००० सम्म छुट प्राप्त गर्न सक्नेछन्।
ग्राहकले रेड्मी नोट १३, रेड्मी नोट १३ प्रो र रेड्मी नोट १३ प्रो प्लस ५जीमा १ देखि ३१ जुलाईसम्म शाओमीका नेपालभरका रिटेल आउटलेटमा र सबै आधिकारिक मी स्टोरमा छुट पाउन सक्नेछन्।
‘नेपाली ग्राहकलाई उत्कृष्ट मूल्यमा अत्याधुनिक प्रविधि उपलब्ध गराउन प्रतिबद्ध छौं। टेक्नोलोजी सबैको लागि पहुँचयोग्य हुनुपर्छ भन्नेमा विश्वास गर्छौं। यस्ता अफरले इनोभेटिभ र हाई–क्वालिटी स्मार्ट्फोन अझ धेरैका लागि उपलब्ध गराउने हाम्रो लक्ष्य छ,’ अफर बारे शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले भने।
ग्राहकले रेड्मी नोट १३, रेड्मी नोट १३ प्रो र रेड्मी नोट १३ प्रो प्लस ५ जिमा धेरै पैसा खर्च नगरिकन प्रिमियम सुविधा र शीर्ष–स्तरीय प्रदर्शनको आनन्द लिन सक्छन्।
यस्ता छन् अफर
रेड्मी नोट १३
६/१२८ जीबी : पुरानो मूल्य २४,९९९, अफर मूल्य २३,९९९ मात्र
८/२५६ जीबी : पुरानो मूल्य २७,९९९, अफर मूल्य २६,९९९ मात्र
रेड्मी नोट १३ प्रो
८/२५६ जीबी : पुरानो मूल्य ३४,९९९, अफर मूल्य ३२,९९९ मात्र
१२/५१२ जीबी : पुरानो मूल्य ३९,९९९, अफर मूल्य ३५,९९९ मात्र
रेड्मी नोट १३ प्रो प्लस ५जी
८/२५६ जीबी : पुरानो मूल्य ४७,९९९, अफर मूल्य ४५,९९९ मात्र
१२/५१२ जीबी : पुरानो मूल्य ५२,९९९, अफर मूल्य ५०,९९९ मात्र