काठमाडौं। स्मार्ट फोन ब्रान्ड रियलमीले आफ्नो लाइनअपमा दुई नयाँ स्मार्टफोन रियलमी नार्जो ७०प्रो–फाइभ जी र रियलमी १२ एक्स फाइभ जी नेपाली बजारमा ल्याउने तयारी गरेको छ।
रियलमी १२एक्स फाइभजीमा १२० हर्जको अल्ट्रा स्मूथ एमोलेड डिस्प्ले छ, जसले २००० निट्ससम्मको पीक ब्राइटनेस दिन्छ। त्यस्तै, रियलमी नार्जो ७०–प्रो फाइभजीमा पनि २००० निट्सको पीक ब्राइटनेस र १२० हर्जको अल्ट्रा स्मुथ एमोलेड डिस्प्ले छ, जसले अद्वितीय भिजुअल क्वालिटी र भ्युइङ एक्स्पिरियन्स दिने कम्पनीको दाबी छ।
दुवै स्मार्टफोनमा ५००० एमएएचको शक्तिशाली ब्याट्री छ, जसले गर्दा प्रयोगकर्ताले फोन आरामसँग चलाउन सक्छन्। नार्जो ७०–प्रो फाइभजीको फ्ल्यागसिप सोनी आइएमएक्स ८९०ओआइएस क्यामेरा र मास्टर सट एल्गोरिदमले उत्कृष्ट फोटोग्राफी अनुभव दिने कम्पनीले जनाएको छ।
यसमा २००० निट्सको पीक ब्राइटनेस र १२०हजर्को अल्ट्रा स्मूथ एमोलेड डिस्प्ले रहेको छ, जसले उत्कृष्ट भिजुअल क्ल्यिारिटी दिन्छ। त्यस्तै, यसमा भएको डाइमेन्सिटी ७०५० फाइभजी चिपसेटले फोनको हरेक फंक्सन हाई पर्फर्मेन्स र स्मुथ हुन्छन्।
५००० एमएएच्को शक्तिशाली ब्याट्री र ६७ वाटको सुपरभोक चार्जको साथ आउन लागेको नार्जो ७०–प्रो फाइभजी पावर र पर्फर्मेन्सको सम्मिश्रण हो।
रियलमी १२एक्स फाइभ जीमा रहेको एड्भान्स्ड ६ एन्एम् डाइमेन्सिटी ६१००प्लस फाइभ जी चिपसेटले दमदार प्रदर्शन र प्रभावकारिता दिन्छ। ९५० निट्सको पीक ब्राइटनेस र १२० हर्जको एफएचडी प्लस डिस्प्ले भएको रियलमी १२एक्स फाइभजीले चुस्त र जीवन्त भ्युइङ एक्स्पिरियन्स दिने कम्पनीले बताएको छ।
रियलमी१२ एक्स फाइभजीको ५० एमपी कलर एआई क्यामेराले मिहीनताका साथ उत्कृष्ट फोटो लिन सकिनेछ। त्यस्तै, ५००० एमएएचको शक्तिशाली ब्याट्री र ४५ वाटको सुपरभोक चार्जले दिनभर फोन पावरमा राख्छ।
रियलमी नार्जो ७०–प्रो फाइभजी र रियलमी १२एक्स फाइभजीले रियलमीको इनोभेसनप्रतिको प्रतिबद्धतालाई जारी राख्दै प्रयोगकर्तालाई शक्तिशाली प्रदर्शन र आकर्षक डिजाइनका स्मार्टफोन उपलब्ध गराउने कम्पनीको भनाइ छ।