काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत फाइनान्स कम्पनीमध्ये सबैभन्दा बढी चुक्ता पुँजी आईसीएफसी फाइनान्स कम्पनीको छ। यस कम्पनीको पुँजी १ अर्ब १८ करोड ३४ लाख रुपैयाँ छ। दोस्रो बढी चुक्ता पुँजी भएको रिलायन्स फाइनान्सको पुँजी १ अर्ब १२ करोड रुपैयाँ छ।
फाइनान्समा सबैभन्दा कम पुँजी भएको कम्पनी भने मल्टीपर्पोज फाइनान्स कम्पनी हो। यस कम्पनीको पुँजी ६१ करोड १० लाख रुपैयाँ छ। तर, फाइनान्समा सबैभन्दा बढी १ अर्ब १८ करोड पुँजी भएको आईसीएफसीको भन्दा ९ लघुवित्त (माइक्रोफाइनान्स) कम्पनीको पुँजी बढी छ। जसमा एउटै माइक्रोफाइनान्सको पुँजी साढे ३ अर्ब रुपैयाँभन्दा बढी छ।
फाइनान्स कम्पनीभन्दा बढी पुँजी भएका ९ माइक्रो फाइनान्स कम्पनीको न्यूनतम सेयर मूल्य (सोमबारको कारोबारअनुसार) ६३० रुपैयाँ प्रतिकित्तादेखि १ हजार ३०८ रुपैयाँ प्रतिकित्तासम्म छ। पछिल्लो समय फाइनान्स र माइक्रोफाइन्स समुहमा लगानीकर्ताको आकर्षण बढी रहेकाले पनि यी कम्पनीको सेयर मूल्य अंकितमूल्यभन्दा निकै माथि छ।
साना किसान विकास लघुवित्त
साना किसान विकास लघुवित्त वित्तीय संस्था (एसकेबीबीएल)को पुँजी ३ अर्ब ८० करोड ६३ लाख रुपैयाँ छ। यो माइक्रोफानान्स कम्पनीमा सबैभन्दा बढी पुँजी भएको कम्पनी हो। यसको कुल ३ करोड ८० लाख ६३ हजार ७३९ कित्ता सेयर नेप्सेमा सूचीकृत छ। जसको ३० प्रतिशत अर्थात् १ करोड १४ लाख १९ हजार १२२ कित्ता सेयर सर्वासाधारणको स्वामित्वमा छ भने ७० प्रतिशत अर्थात् २ करोड ६६ लाख ४४ हजार ६१७ कित्ता सेयर संस्थापकको स्वामित्वमा छ। अन्तिम कारोबार दिन सोमबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८०० रुपैयाँमा कारोबार भएको छ।
छिमेकी लघुवित्त
छिमेकी लघुवित्त वित्तीय संस्था (सिबिबिएल)को पुँजी २ अर्ब ९७ करोड ७१ लाख रुपैयाँ छ। यस कम्पनीको २ करोड ९७ लाख ७१ हजार ७२१ कित्ता सेयर नेप्सेमा सूचीकृत छ। जसको ४९ प्रतिशत अर्थात् १ करोड ४५ लाख ८८ हजार १४३ कित्ता सेयर सर्वसाधारण र ५१ प्रतिशत अर्थात् १ करोड ५१ लाख ८३ हजार ५७८ कित्ता सेयर संस्थापकको स्वामित्वमा छ। अन्तिम कारोबार दिन सोमबार यस कम्पनीको सेयर प्रतिकित्ता ८१८ रुपैयाँमा कारोबार भएको छ।
एनआईसी एसिया लघुवित्त
एनआईसी एसिया लघुवित्त वित्तीय संस्था (एनआईसीएलबीएसएल)को पुँजी १ अर्ब ७३ करोड ९४ लाख रुपैयाँ छ। यस कम्पनीको १ करोड ७३ लाख ९४ हजार ४०० कित्ता सेयर नेप्सेमा सूचीकृत छ। जसको ३२.१३ प्रतिशत अर्थात् ५५ लाख ३३ हजार ५६० कित्ता सेयर सर्वसाधारणको स्वामित्वमा र ६७.८७ प्रतिशत अर्थात् १ करोड १८ लाख ६० हजार ८४० कित्ता सेयर संस्थापकको स्वामित्वमा छ। अन्तिम कारोबार दिन बिहीबार यस कम्पनीको सेयर प्रतिकित्ता ६३० रुपैयाँमा कारोबार भएको थियो।
डिप्रोक्स लघुवित्त
डिप्रोक्स लघुवित्त वित्तीय संस्था (डिडिबीएल)को पुँजी १ अर्ब ७० करोड ६१ लाख रुपैयाँ छ। यस कम्पनीको १ करोड ७० लाख ६१ हजार ९७१ कित्ता सेयर नेप्सेमा सूचीकृत छ। जसको ४९ प्रतिशत अर्थात् ८३ लाख ६० हजार ३६६ कित्ता सेयर सर्वसाधारणको स्वामित्वमा र ५१ प्रतिशत अर्थात् ८७ लाख १ हजार ६०५ कित्ता सेयर संस्थापकको स्वामित्वमा छ। अन्तिम कारोबार दिन सोमबार यस कम्पनीको सेयर प्रतिकित्ता ७७० रुपैयाँमा कारोबार भएको छ।
स्वाभिमान लघुवित्त
स्वाभिमान लघुवित्त वित्तीय संस्था (एसडब्लुबीबीएल)को पुँजी १ अर्ब ४५ करोड रुपैयाँ छ। यस कम्पनीको १ करोड ४५ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत छ। जसको ४० प्रतिशत अर्थात् ५७ लाख ९९ हजार ९९८ कित्ता सेयर सर्वसाधारणको स्वामित्वमा र ६० प्रतिशत अर्थात् ८७ लाख २ कित्ता सेयर संस्थापकको स्वामित्वमा छ। सोमबार यस कम्पनीको सेयर प्रतिकित्ता ८४३ रुपैयाँमा कारोबार भएको थियो।
नेरुडे मिरमिरे लघुवित्त
नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्था (एनएमएलबीबीएल)को पुँजी १ अर्ब ३९ करोड ७७ लाख रुपैयाँ छ। कम्पनीको १ करोड ३९ लाख ७७ हजार ६४३ कित्ता सेयर नेप्सेमा सूचीकृत छ। जसको ४८.५१ प्रतिशत अर्थात् ६७ लाख ८१ हजार १३७ कित्ता सेयर सर्वसाधारणको स्वामित्वमा र ५१.४९ प्रतिशत अर्थात् ७१ करोड ९६ लाख ५०६ कित्ता सेयर संस्थापकको स्वामित्वमा छ। सोमबार कम्पनीको सेयर प्रतिकित्ता ६६३ रुपैयाँमा कारोबार भएको छ।
जीवन विकास लघुवित्त
जीवन विकास लघुवित्त वित्तीय संस्था (जेबीएलबी)को पुँजी १ अर्ब ३४ करोड ७५ लाख रुपैयाँ छ। यस कम्पनीको १ करोड ३४ लाख ७५ हजार १८९ कित्ता सेयर नेप्सेमा सूचीकृत छ। जसको ३२.५० प्रतिशत अर्थात् ४ लाख ३७ हजार ९६६ कित्ता सेयर सर्वसाधारणको स्वामित्वमा र ६७.५० प्रतिशत अर्थात् १ करोड ३० लाख ३७ हजार २२३ कित्ता सेयर संस्थापकको स्वामित्वमा छ। सोमबार कम्पनीको सेयर प्रतिकित्ता १ हजार ३०८ रुपैयाँ प्रतिकित्तामा कारोबार भएको थियो।
मेरो माइक्रोफाइनान्स
मेरो माइक्रोफाइनान्स (मेरो) वित्तीय संस्थाको पुँजी १ अर्ब ३२ करोड रुपैयाँ छ। कम्पनीको १ करोड ३२ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत छ। जसको ४०.६० प्रतिशत अर्थात् ५३ लाख ५९ हजार २०० कित्ता सेयर सर्वसाधारणको स्वामित्वमा र ५९.४० प्रतिशत अर्थात् ७८ लाख ४० हजार ८०० कित्ता सेयर संस्थापकको स्वामित्वमा छ। सोमबार कम्पनीको सेयर प्रतिकित्ता ६७७ रुपैयाँमा कारोबार भएको छ।
फस्र्ट माइक्रोफाइनान्स लघुवित्त
फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था (एफएमडिबिएल)को चुक्ता पुँजी १ अर्ब २३ करोड ३८ लाख रुपैयाँ छ। कम्पनीको १ करोड २३ लाख ३८ हजार २७० कित्ता सेयर नेप्सेमा सूचीकृत छ। जसको ४९ प्रतिशत अर्थात् ६० लाख ४५ हजार ७५२ कित्ता सेयर सर्वसाधारणको स्वामित्वमा छ भने ५१ प्रतिशत अर्थात् ६२ लाख ९२ हजार ५१८ कित्ता सेयर संस्थापकको स्वामित्वमा छ। सोमबार यस कम्पनीको सेयर प्रतिकित्ता ६६० रुपैयाँमा कारोबार भएको छ।