काठमाडौं। विन्डम होटल्स एन्ड रिसोर्टले भारतको जमशेदपुरमा नयाँ होटल सञ्चालनमा ल्याउने भएको छ। वीन्डम होटल्स एन्ड रिसोर्टले सीएसएन डेभलपर्स प्रालिसँग भारतको झारखण्डस्थित जमदेशपुरमा माथिल्लो मिडस्केल होटल परियोजना खोल्न हस्तारक्षर गरेको हो।
जमशेदपुरको प्रख्यात विकासकर्ता सीएसएन डेभलपर्सले जमशेदपुरको आदित्यपुरमा विश्वस्तरीय विन्डम गार्डेन होटल खोल्न विन्डम होटल्स एन्ड रिसोर्टसँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गरेको छ।
फ्रेन्चाइजी सम्झौतापछि भारतको पहिलो औद्योगिक सहर र प्रमुख उत्पादन केन्द्रमा आतिथ्य अनुभवलाई माथि उठाउन सहयोग गर्ने बताइएको छ।
कार्यक्रममा सीएसएन डेभलपर्सका निर्देशक धीरेन्द्र प्रसादले अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त विन्डम ब्रान्डसँगको सम्बन्धले सहरमा विश्वस्तरीय सुविधा उपलब्ध गराउने प्रयासलाई सहज तुल्याउने बताए।
विन्डम गार्डेन करिब ५५ कोठा हुनेछ। भोजन र बार, बैठक कोठा, व्यापार केन्द्र, फिटनेस केन्द्र, पौडीपोखरी पनि होटलमा रहनेछन्।होटल हाल निर्माणको उन्नत चरणमा रहेकाले २०२५ फेब्रुअरीसम्म सञ्चालनमा आउने अपेक्षा गरिएको छ।
जमशेदपुर झारखण्डको सबैभन्दा ठूलो र भारतको पहिलो योजनाबद्ध औद्योगिक सहर हो। यो सहर शाही दरबार, पुरातन मन्दिर र पर्यटकलाई आकर्षण गर्ने वनका लागि पनि परिचित छ।
होटल स्थापनाले करिब ७५ जनालाई रोजगारी मिल्ने र स्थानीय अर्थतन्त्रमा पनि योगदान पुर्याउने बताइएको छ। विन्डम होटल एन्ड रिसोर्ट संसारको सबैभन्दा ठूलो होटल फ्रेन्चाइज कम्पनी हो। यसका ९५ भन्दा बढी देशमा करिब ९ हजार बढी होटल छन्।