काठमाडौं । बिगमार्टले १५औं वार्षिकोत्सवको अवसरमा एक महिनासम्म विभिन्न छुट तथा उपहार घोषणा गरेको छ। बिगमार्टले ग्राहकका लागि १५ तोला सुन, १५ वटा स्मार्ट फोन, आकर्षक छुट र अफर ल्याएको हो।
छुट तथा उपहार अभियान जुलाई महिनाभर रहने छ। बिगमार्टको आउटलेटमा गएर उत्सव अभियानमा जो कोही सहभागी हुन सक्नेछन्। १५ वर्षसम्मको अनवरत यात्रामा साथ, समर्थन र हौसला दिने ग्राहकप्रति कृतज्ञता व्यक्त गर्दै उपहार योजना ल्याइएको बिगमार्टले जनाएको छ।
नेपालको खुद्रा बजारमा बिगमार्टले १५ वर्ष पार गरेको अवसरमा १५ जना भाग्यशाली ग्राहकलाई १५ तोला सुन (प्रति व्यक्ती एक तोला) र १५ वटा स्मार्टफोन (प्रति व्यक्ती एक थान) प्रदान गर्नेछ। एक महिना अवधिमा बिगमार्टमा ७५० रुपैयाँ वा सोभन्दा बढीको किनमेल गर्ने ग्राहक स्वतः भाग्यशाली ‘ड्र’ मा प्रवेश गर्नेछन्।
यसबाहेक बिगमार्टमा किनमेल गर्दा स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्ने ग्राहकले १० प्रतिशत डिस्काउन्ट वा सय रुपैयाँ छुटमध्ये जुन कम हुन्छ त्यो तत्काल प्राप्त गर्नेछन्।
१५ वटा स्मार्टफोन जित्नको लागि बिगमार्टका आउटलेटमा राखिएका फोटोबुथमा आफ्नो फोटो खिच्नुपर्नेछ। बिगमार्टले आधिकारिक सोसल मिडिया पेजमा ती फोटो अपलोड गर्नेछ। अपलोड गरिएका फाटो आफ्नो सामाजिक सञ्जालमार्फत सेयर गर्नुपर्नेछ।
बिगमार्टले किराना, ताजा उत्पादन, घरायसी वस्तुसहित विभिन्न उत्पादन उपलब्ध गराउँदै आएको छ।