काठमाडौं। बिवाइडी डल्फिन र टाटा नेक्सन ईभी समान मूल्य पर्ने गाडी हुन्। चिनियाँ विद्युतीय अटोब्रान्ड बिवाइडी डल्फिनलाई नेपालमा साइमेक्स इंकले बिक्री वितरण गर्दै आएको छ। भारतीय ब्रान्ड टाटा नेक्सन ईभी भने सिप्रदी टे«डिङले बिक्री वितरण गर्दै आएको छ।
यी दुई गाडीबीचको मूल्य अन्तर करिब १ लाख रुपैयाँभन्दा कम छ। मध्यम मूल्य रहेका यी दुई गाडीबीच नेपालमा उच्च प्रतिस्पर्धा चलिरहेको छ। बढ्दो प्रतिस्पर्धासँगै ग्राहकले आफ्नो छनोटअनुसारको ईभी खरिद गर्न पाउने अवस्था बजारमा सिर्जना भएको छ। मूल्यमा धेरै अन्तर नभएकाले आधा करोड हाराहारी बजेट लिएर गाडी खरिद गर्न लागेका ग्राहक बिवाइडी डल्फिन र टाटा नेक्सन ईभी कुन रोज्ने भन्ने द्विविधामा पर्ने गरेका छन्।
अहिले बजारमा उपलब्ध बिवाइडी डल्फिनको मूल्य ३९ लाख ८० हजार छ भने टाटा नेक्सन ईभीको मूल्य ३८ लाख ९९ हजार रुपैयाँ छ। दुई मोडलबीचमा ८१ हजार रुपैयाँ मूल्यअन्तर रहेका यी गाडीको विशेषता र फिचरमा निकै फरक छ। गाडी खरिद गर्दा ग्राहकले फिचर र विशेषतालाई नजिकबाट नियाल्ने गर्दछन्।
ब्याट्री तथा मोटर
४५ किलोवाट आवर लिथियम आयोन ब्याट्री रहेको डल्फिनमा ७० किलोवाट मोटर जडान गरिएको छ। बिवाइडीको मोटरले १८० न्युटन मिटर टर्क जेनेरेट गर्छ। डल्फिनले ९ सेकेन्डमा १०० किलोमिटर प्रतिघण्टाको स्पीड भेट्याउँछ। साथै, यसको टप स्पीड क्षमता भने १५० किलोमिटर प्रतिघन्टासम्म छ। यसको ब्याट्रीमा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटर वारेन्टी दिइएको छ।
टाटा नेक्सन ईभीमा ३०.२ किलोवाट आवर लिथियम आयोन ब्याट्री र ९५ किलोवाटको मोटर जडान गरिएको छ। यसको मोटरले २४५ न्यूटन मिटरको टर्क जेनेरेट गर्छ। नेक्सन ईभीले ९.९ सेकेन्डमा १०० किलोमिटर प्रतिघन्टाको स्पीड भेट्टाउछ। साथै टप स्पीड १२० किलोमिटर प्रतिघन्टा रहेको छ।
यसको ब्याट्रीमा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटर र गाडीमा ३ वर्ष वा १ लाख २५ हजार किलोमिटरको वारेन्टी रहेको छ।
चार्जिङ समय
डिसी चार्जर प्रयोग गरी बिवाइडी डल्फिन ४२ मिनेटमा २० देखि ८० प्रतिशत चार्ज गर्न सकिन्छ। नेक्सन ईभी ६० मिनेटमा शून्यदेखि ८० प्रतिशत चार्ज हुन्छ।
ग्राउन्ड क्लियरेन्स
बिवाइडी डल्फिनको ग्राउन्ड क्लियरेन्स १७५ एमएम छ भने नेक्सन ईभीको ग्राउन्ड क्लियरेन्स २०५ एमएम छ।
रेन्ज
यी दुई मोडलको रेन्ज पनि फरक छ। एक पटकको फुल चार्जमा डल्फिनले ३४० किलोमिटर रेन्ज दिन्छ भने नेक्सन ईभीले ३०० किलोमिटरसम्म रेन्ज दिन्छ।
आकार
डल्फिनको लम्बाइ ४२९०, एमएम चौडाइ १७७० एमएम र उचाइ १५७० एमएम छ। यसमा २७०० एमएमको ह्ीवलबेस छ। नेक्सन ईभीको लम्बाइ ३९९३ एमएम चौडाइ १८११ एमएम र उचाइ १६०६ एमएम छ। जसमा बिवाइडी डल्फिन २९७ एमएम लामो छ।
यस्तै, डल्फिनको चौडाइ ४१ एमएम ठूलो छ। तर, नेक्सन ईभीको उचाइ डल्फिनको भन्दा ३६ एमएम अग्लो छ। ह्वीलबेस पनि नेक्सन ईभीको छोटो रहेको छ। नेक्सन ईभीमा २४९८ एमएमको ह्वीलबेस छ।
क्याबिन फिचर
डल्फिनमा १२.८ इन्चको फ्लोटिङ टच स्क्रिन कन्सोल, ३६० डिग्री क्यामेरा, इलेक्ट्रिकल्ली एड्जस्ट सिट, ५ इन्चको फुल एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर छ। एसी तथा म्यजिक सिस्टमका लागि फिजीकल सुइच रहेका छन्।
सेन्टर कन्सोलमा मोबाइलका लागि स्पेस छ। ६ वटा स्पिकर, ६ वटै एयरब्याग, एबीएस, इबीडी, इएससी, ट्रयाक्सन कन्ट्रोल, रियर भ्यू क्यामेराजस्ता फिचर छन्।
नेक्सन ईभीमा १०.२५ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम राखिएको छ। ट्राइयरो थिममा तयार भएको इन्टेरियरमा लेदरले मोरिएको फ्ल्याट बटम स्टेरिङ ह्वील, आर्मरेस्टसहितको ठूलो रेन्टर कन्सोल, कप र छाता होल्डर, ग्लोब बक्स, कुल्ड बक्स, हर्मनको ७ इन्च फ्लोटिङ इन्फोटेन्टमेन्ट सिस्टम, हर्मनको ८ स्पिकर, स्टेरिङ माउन्ट कन्ट्रोल बटम, ७ इन्चको डिजिटल टिएफटी इन्ट्रुमेन्ट क्लस्टर, भ्वाइस अलर्ट सिस्टमलगायत फिचर पाउन सकिन्छ।