काठमाडौं। मोबाइल ब्रान्ड शाओमीले नेपालमा रेडमी १३ सार्वजनिक गरेको छ। शक्तिशाली मिडियाटेक हेलियो जी९१ अल्ट्रा प्रोसेसर, १०८ मेगापिक्सेल क्यामेरा र लङ लास्टिङ ब्याट्री सुविधा रहेकाले रेड्मी १३ ले निर्वाध प्रयोगको ग्यारेन्टी दिने कम्पनीले जननाएको छ।
प्रयोगकर्तालाई अत्याधुनिक प्रविधिमा अभ्यस्त गराउने उद्देश्यले रेडमी १३ नेपाली बजारमा सार्वजनिक गरिएको शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले बताए।
उत्कृष्ट प्रदर्शन
रेडमी १३ मा एडभान्स्ड चिपसेट, १२ एनएमको चिपमा बनेको अक्टाकोर सिपीयूमा कोर्टेक्स ए ५५ कोर र हाई पर्फर्मेन्स कोर्टेक्स ए ७५ कोर भएकाले २.०० गिगाहर्जसम्मको अधिकतम फ्रिक्वेन्सी दिन्छ।
६.७९ इन्चको फुल एचडी डिस्प्ले
रेडमी १३ मा ६.७९ इन्चको फुल एचडी प्लस डट डिस्प्ले, ९० हर्जसम्मको रिफ्रेस रेटले स्मुथ स्क्रोलिङ र एनिमेसन, लो ब्लु लाइट र फ्ल्यासरहित डिस्प्लेले मोबाइलको लामो समय प्रयोग सुनिश्चित गर्ने कम्पनीको दाबी छ।
पर्याप्त स्टोरेज र र्याम विकल्प
६ जीबी र्याम, १२८ जीबी स्टोरेज र ८ जिबी र्याम २५६ जिबी स्टोरेजसहित विकल्पमा रेडमी १३ उपलब्ध हुनेछ। यसबाहेक माइक्रोएसडी कार्डमार्फत १ टिबीसम्म स्टोरेज बढाउन सकिन्छ।
पातलो र स्टाइलिस डिजाइन
सुन्दरताका साथ डिजाइन गरिएको रेडमी १३ प्रयोग गर्न निकै सहज हुनेछ। १६८.६ एमएमको हाइट, ७६.२८ एमएम विड्थ र ८.३ एमएम मोटाइका साथ रेडमी १३ को तौल २०५ ग्रामको रहेको कम्पनीले जनाएको छ।
एडभान्स्ड क्यामेरा प्रणाली
उत्कृष्ट क्यामेरा सेटअपसहित रेडमी १३ बाट उत्कृष्ट फोटो र भिडियो खिच्न सकिनेछ। यसको रियर क्यामेरामा सामसुङ सुपर–क्लियर आइएसओ सेल एचएम ६ सहितको १०८ मेगापिक्सेलको क्यामेरा समावेश छ। मुख्य क्यामेरामा ६ पी लेन्स र १.७५ को एपेरेचर रहेको भने २.४ एपेरेचरको २ मेगापिक्सेलको म्याक्रो क्यामेरा पनि स्मार्टफोनमा उपलब्ध हुनेछ।
फिल्म क्यामेरा, कस्टम फ्रेम, १०८० एमपी मोड, एचडीआर मोड, नाइट मोड, पोटे«ट मोड र टाइम–ल्याप्सजस्ता सुविधाले स्मार्टफोनलाई थप उपयोगी बनाउने दाबी कम्पनीको छ।
लामो समयसम्म चल्ने ब्याट्री
रेडमी १३ मा ५०३० एमएचको शक्तिशाली ब्याट्री उपलब्ध हुनेछ। यसले ३३ वाटको फास्ट चार्जिङ सपोर्ट गर्दछ। स्मार्टफोनले सुविधाजनक टाइप–सी पनि सपोर्ट गर्छ।
सुरक्षा फिचर
रेडमी १३ मा सुरक्षा सुविधालाई प्राथमिकतामा राखिएको छ। साइड फिंगरप्रिन्ट सेन्सरले छिटो र सुरक्षित अनलक सुनिश्चित गर्नुका साथै एआई फेस अनलकले छिटो र सुरक्षित पहुँचका लागि नयाँ विकल्प दिने कम्पनीको भनाइ छ।
मूल्य
रेडमी १३ ६ जीबी प्लस १२८ जीबी र ८ जीबी प्लस २५६ जीबी भेरियन्टमा मिडनाइट ब्ल्याक, पर्ल पिंक र ओसन ब्लु रंगमा नेपाली बजारमा उपलब्ध गराइनेछ। कम्पनीले ६ जीबी प्लस १२८ जीबी र ८ जीबी प्लस २५६ जीबी भेरियन्टको मूल्य क्रमशः १८ हजार ९९९ २१ हजार ९९९ रुपैयाँ पर्ने जनाएको छ।