आफ्नो घरपछि सबैभन्दा धेरै समय कहाँ बिताउनुहुन्छ ? अधिकांशको जवाफ हुन्छ– कार्यालय अथवा अफिस । यसर्थ आफ्नो अधिक समय र ऊर्र्जा खर्च गर्ने ठाउँको वातावरण सधै“ सुन्दर, सुरक्षित र उत्साहजनक नै हुनुपर्छ ।
तपाइले काम गर्ने कार्यालयको वातावरण उत्साहजनक र सुन्दर छ भने कर्मचारी सधै“ अनुकूल मुडमा रहन्छन् र त्यसले उनीहरुको उत्पादकत्व बढाउन पनि मद्दत गर्छ । कार्यालय भनेको व्यवसाय तथा कम्पनीको ट्रेडमार्क पनि हो । यसकारण कार्यालयबाट त्यो कुरालाई झल्काउने किसिमको व्यवस्थापन आवश्यक पर्छ । यस्तो वातावरण तयार गर्न अफिसको इन्टेरियर डिजाइनले खास भूमिका खेल्छ ।
कार्यालयको इन्टेरियर डिजाइनका लागि धेरै कुरा ध्यान दिनुपर्छ । व्यक्तिगत घरलाई जस्तो आफू अनुकूलको सजावट दिन मिल्दैन । कार्यालयभित्रका स–साना कुराले पनि व्यवसाय र कम्पनीको पहिचानलाई प्रतिनिधित्व गर्नुपर्छ । अफिसका लागि केही उत्कृष्ट इन्टेरियर डिजाइन टिप्स यस्ता छन् :
उत्साहजनक स्पेस
कार्यालयमा उत्साहजनक वातावरण तयार गर्न धेरै तङ्खवको भूमिका हुन्छ । त्यसमा इन्टेरियर डिजाइनको पनि विशेष भूमिका हुन्छ । कोठा शान्त छ, मजबुतीको आभास गराउने किसिमका रंग भित्तामा प्रयोग भएका छन् र कार्यालयमा आवश्यक सम्पूर्ण सामग्री उपलब्ध छन् भने त्यसले कर्मचारीको मुडमा उत्साह ल्याउँछ ।
यसका लागि कार्यालयको स्पेसमा विविधीकरण ल्याउनुहोस् । विशेष कार्य सम्पादन हुने क्षेत्र डेस्क कार्यालयको एउटा महङ्खवपूर्ण पाटो हो । त्यसैले यो स्पेसलाई सधैँ आकर्षक बनाउनुहोस् । डेस्कहरुबीच सहकार्य गर्ने किसिमको वातावरण तयार गर्न धेरै दूरीको फरक नबनाउनुहोस् । कामको दौरान आराम आवश्यक हुने भएकाले कार्यालयमा लाउन्ज पनि हुन आवश्यक छ । यसले आराम, प्राइभेट समय बिताउन र कार्यालय क्षेत्रमा शान्तिपूर्ण वातावरण कायम गर्न मद्दत गर्छ ।
आरामदायी फर्निचर र शारीरिक मोबिलिटी
कार्यालयमा लामो समय बिताउनुपर्ने हुँदा बस्ने कुर्सी आरामदायी हुन आवश्यक छ । त्यसैले कार्यालयको इन्टेरियर डिजाइनमा एड्जस्टेबल कुर्सी पनि महङ्खवपूर्ण कुरा हो । कर्मचारीलाई मानसिक रुपमा मात्र होइन, शारीरिक रुपमा कहिल्यै पनि निस्क्रिय बस्ने वातावरण बन्न दिनु हुँदैन । यसलै एक साथ काम गर्ने ठाउँ, लाउन्ज हुन आवश्यक छ ।
यसले अन्तरक्रिया, सहप्रयोग, सहयोगको वातावरण सिर्जना गर्छ । कर्मचारीमा शारीरिक मोबिलिटी ल्याउन प्रिन्टर तथा बुक ¥याक अलिक टाढा राखिदिनुहोस्, जसले उनीहरुले आफ्नो डेस्कभन्दा केही कदम हि“ड्ने बानी बसाउँछन् । यसले शारीरिक मोबिलिटी ल्याउनुका साथै कर्मचारीको स्वास्थ्य र उत्पादकत्वमा वृद्धि गर्छ ।
तार व्यवस्थापन
अहिलेको समय अधिकांश कार्यालय परम्परागत खाता तथा ढड्डाबाट डिजिटलाइज प्रणालीमा गइसकेको छ । यससँगै आधुनिक कार्यालय कम्प्युटर, प्रिन्टर, मोनिटर तथा अन्य विद्युतीय उपकरण धेरै रहेका छन् । यस्तोमा तार, पावर केबल तथा विभिन्न उपकरण असरल्ल छरिएका हुन्छन् । कार्यालयको स्वरुप बिगार्ने यस्ता उपकरणलाई ठीक ठाउँमा लुकाएर वा समेटेर राख्नुपर्छ । त्यस्ता तारलाई इन्ट्रिग्रेटेड केबलिङ सिस्टम प्रयोग गरी व्यवस्थापन गर्न सकिन्छ ।
स्टोरेज स्पेस
अफिस डिजाइनका लागि काम गरिरहँदा स्टोरेजको स्पेसलाई सधै“ ख्याल राख्नुपर्छ । यसका लागि पेडेस्टल डेस्क अर्थात् घर्रा भएका डेस्क, स्टोरेज वाल अर्थात् भित्ते दराज, फिलिङ क्याबिनेट आदि राख्नुपर्छ । यसले थोरै स्पेसमा धेरै कुरा अटाउन मद्दत गर्छ ।
सही रंग छनोट गर्नुहोस्
केही रंग यस्ता हुन्छन्, जसले मानिसको मुडमा नाटकीय ढंगले असर गर्छ र कर्मचारीको उत्पादकत्वमा पनि प्रभाव पार्छ । यसका लागि कर्मचारीको ऊर्जा वृद्धि गर्न भित्तामा सुन्तला वा रातो रंग प्रयोग गर्न सकिन्छ । तर रातो रंगमा लामो समय बस्दा यसले टाउको दुख्ने समस्या सिर्जना गर्ने हुँदा सुन्तला रंग उत्कृष्ट छ ।
ध्यान वृद्धि गर्न नीलो रंगको प्रयोग गर्न सकिन्छ र आरामदायी, शान्त तथा सुन्दर वातावरण तयार गर्न हरियो रंग प्रयोग गर्न सकिन्छ । भित्तामा कलात्मक चित्र छन् भने त्यसले पनि कर्मचारीको मुडलाई सहयोग गरी सिर्जनात्मकताको विकास गर्छ ।
सही प्रकाश
प्राकृतिक प्रकाश अर्थात् सूर्यको प्रकाशको कमीले मानिसको मुड र उत्पादकत्वमा ठूलो प्रभाव पार्ने वैज्ञानिक रुपमै सावित भइसकेको छ । यसकारण कृत्रिम प्रकाश प्रयोग गरेर लागत बढाउनभन्दा झ्याल, ढोका, स्काइ लाइट र ग्लास पार्टिसनलाई सुधार गरेर प्राकृतिक प्रकाश भित्र छिर्ने वातावरण तयार गर्नु उपयुक्त हुन्छ ।
कार्यालयको प्रत्येक कोठामा ठूला झ्याल र खुल्ला स्थान हुन आवश्यक छ । झ्याल–ढोकाबाट छिर्र्ने पर्याप्त प्राकृतिक हावा र प्रकाशले टाउको र आ“खामा पर्ने नकारात्मक प्रभाव रोकथाम गर्छ ।
बिरुवा लगाउनुहोस्
अफिस परिसरमा फूल र बिरुवा रोप्नु राम्रो कुरा हो । यसले ती स्थानलाई जीवन्त बनाउँछ, नयाँ रंग दिन्छ र वातावरणलाई ताजा तथा स्वागतयोग्य बनाउँछ । यसको मस्तिष्कमा पनि सकारात्मक असर पर्छ । अझ केही बिरुवाले त हावाको गुणस्तरतालाई पनि सुधार्छ । यसकारण कार्यालय परिसरमा मात्र नभएर प्रत्येक कर्मचारीको डेस्कमा पनि गमलाको फूल वा बिरुवा राख्न सकिन्छ ।